Monday, May 17, 2021
Home प्रदेश प्रदेश ३ मेलम्ची खानेपानी आयोजनाको सुरुङको अध्ययन गरिँदै

मेलम्ची खानेपानी आयोजनाको सुरुङको अध्ययन गरिँदै

,

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा द्वार पुनः हाल्ने कामसँगै त्यहाँका सबै पूर्वाधार ठीक छ/छैन भनी अध्ययन शुरु भएको छ । दातृ निकायले चारजनाको टोली पठाएको सुरुङमा गेटसँगै अरू पूर्वाधारको अध्ययन अघि बढाएको हो ।

सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पठाइएकामा ३० असारमा दुर्घटना भएको थियो । त्यसपछि सो द्वार निर्माण गर्ने कम्पनीले त्रुटि सच्याउने काम गरिरहेको छ । सुरुङमा पुनः पानी पठाएर परीक्षण गर्नु पहिले दातृ निकायले त्यसको अवस्थाको अध्ययन गर्न थालेको हो ।

एशियाली विकास बैङ्क (एडिब) ले सुरुङको सबै भागको अवलोकन गर्नका लागि चारजना प्रतिनिधि पठाएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनीहरुको अध्ययन प्रतिवेदनका आधारमा अहिले पानी हाल्न ठीक छ÷छैन भनी निर्णय गरिने उनले बताए । पन्तका अनुसार उनीहरु निर्माणस्थलमा रहेर त्यहाँ सुरुङ हेरिरहेका छन् र त्यसकै आधारमा प्रतिवेदन दिनेछन् । उनले भने, ‘पहिले परीक्षण हुँदा पनि दुईजना प्रतिनिधि आएका थिए, दुर्घटना भएर अहिले सच्याउने काम हुँदा पुनः अर्को टोली आएको छ ।’

प्राविधिक टोलीले अध्ययनका लागि सामान्यतया २८ दिन लाग्ने देखिएको छ । एडिबीका ती प्रतिनिधिले डिसेम्बरभित्रमा अध्ययन सकाउने अपेक्षा गरिएको छ । जम्मा २७ किमी लम्बाइको सुरुङसँगै द्वारहरुको अवस्था हेर्न समय लाग्ने बताइएको छ । उनीहरुले सबै ठीक छ अब पानी भर्न मिल्छ भनेपछि पानी हालिने तयारी गरिएको आयोजनाले जनाएको छ ।

सुरुङमा चार द्वारमा सुधार गर्नुपर्नेमा त्यो काम अघि बढाइएको सूचना अधिकारी पन्तले बताने । उनका अनुसार द्वारको फ्रेम सुरुङको भित्तामा अड्याउने काम भइरहेको छ । यसअघि त्यसको प्वाल हाल्ने, रड हाल्ने र फ्रेम हाल्ने काम भएको थियो । फ्रेमलाई कङ्क्रिट राखेर केही दिन हेर्नुपर्ने उनले बताए । फ्रेम हालिसकेर कङ्क्रिट राखिएको र त्यसले आफ्नो क्षमतामा आउन अझै केही समय लाग्ने बताइएको छ । उनले भने, ‘झण्डै २८ दिन हेरेर त्यसको अवस्था ठीक छ भन्ने भएपछि मात्रै पानी पठाउन थालिने छ ।’

परीक्षणका लागि पुनः पानी सुरुङभित्र हाल्न अझै झण्डै १५÷१६ दिन लाग्ने आयोजनाले जनाएको छ । सुरुङ भरिएपछि केही दिनसम्म त्यो पानीलाई भित्र नै थुनेर राखिन्छ । सबै पानी बाहिर निकालेपछि मात्रै त्यसमा समस्या भए÷नभएको थाहा हुने सूचना अधिकारी पन्तको भनाइ छ । सुरुङमा समस्या नभएको भन्ने निश्चित भएपछि मात्रै स्थायी रुपमा पानी पठाइन्छ । उनले भने, ‘दुई महिना यो प्रक्रियाका लागि लाग्छ ।’

सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । उनका अनुसार केही महिनायता सुरुङमा पुनरावलोकनको काम भइरहेको उनले बताए । उनले भने, ‘सम्भावित सबै ठाउँमा पुनरावलोकन भइरहेको छ ।’

सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरु हुने उनले जानकारी दिए । सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र रहेका छन् । यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमार्फत पाइपमा पानी पुग्छ । उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने प्रवक्ता शाक्यले जानकारी दिए । अहिले वाग्मतीको पानीमार्फत परीक्षण भइसकेको छ ।

यसअघि सुरुङ परीक्षणका लागि पानी भर्न थालिएकामा एक सातामा पानी बाहिर निस्केको हो । दुर्घटनाका बारेमा बुझ्का लागि खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले द्वारभित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो । समितिकै सुझावका आधारमा गेटको फ्रेम नयाँ राखिएको छ ।

सो दुर्घनाका कारण कन्सलट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनाल घाइते भएका थिए । दुर्घटनाका कारण इञ्जिनीयर सतीश गोहित र सवारीचालक राधाकृष्ण थापामगर बेपत्ता भएका थिए । तीमध्ये इञ्जिनीयर गोहित घटनाको भोलिपल्ट मृत फेला परेका थिए भने चालक थापामगर अझै बेपत्ता छन् ।

सो दुर्घटनाको जिम्मेवारी परामर्शदाता कम्पनी द्वार निर्माण गर्ने कम्पनी दुवैको भएकाले उनीहरूले जिम्मेवारी लिएका थिए । इटास कम्पनी परामर्शदाताका रूपमा रहेको थियो भने भारतीय कम्पनी पिआइएलले गेट निर्माण गरेको हो । आयोजनामा यस पहिले काम गरेको इटालियन कम्पनी सिएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो । नेपाल सरकारसँग सिएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले द्वार निर्माणको बाँकी काम सम्पन्न गरेको थियो ।

आयोजनाको बाँकी काम सम्पन्न गर्ने गरी जिम्मेवारी लिएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अहिले ‘हेडबक्स’ निर्माण गरिरहेको छ । ‘हेडबक्स’ सकिन अझै छ महिना लाग्ने हुँदा अस्थायी बाँधबाट पानी पथान्तरण गरिनेछ । मेलम्चीको सुरुङमा दुर्घटना भएपछि पनि अरू निर्माणका काम रोकिएको थिएन । बन्दाबन्दीको अवधिमा पनि निर्माणस्थलमा काम भइरहेको थियो ।

विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता भएको थियो । पछिल्लोपटक काम गरेको इटालियन कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । खानेपानी मन्त्रालयले पटकपटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो । पछिल्लो पटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको छ ।

(Visited 111 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

कर्णाली अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना बन्द

सुर्खेत । कारोना संक्रमणको दोस्रो लहरमा कर्णालीमा एकसय जनाले ज्यान गुमाएका छन् । गत बैशाख ११ गतेदेखि आजका दिनसम्म कर्णालीमा कोरोना संक्रमणबाट एकसय बिरामीले...

कोरोना नियन्त्रणमा अन्तर्राष्ट्रिय क्षेत्र सक्रिय

काठमाडौं । अन्तर्राष्ट्रिय क्षेत्रले नेपालमा कोभिड नियन्त्रणका लागि पहल अघि बढाएका छन् । नेपालमा कोभिड–१९ दोस्रो लहर फैलिएसँगै दैनिक संक्रमित र मृत्यु हुने दर...

आमालाई ढुंगा हानेको बद्लामा छोराले गरे बञ्चरो प्रहार गरेर बाबुको हत्या

दैलेख । आमालाई कुटपिट गरेको बदलामा बञ्चरो प्रहार गरेर दैलेखमा एक युवाले बुबाको हत्या गरेका छन् । डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका २१ वर्षीय विकास...

सुनसरीमा सेना परिचालन

इटहरी । सुनसरीमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि जेठ १५ गतेसम्म लागू हुनेगरी फलफूल, तरकारी, माछामासु तथा दूध डेरी...

प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । वैशाख २७...

ट्रेन्डिङ

अबैध पोलिक्लिनिकमा सुत्केरीको मृत्यु

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा अवैध किसिमले अपे्रसन थिएटर सञ्चालन गरिरहेको एक पोलिक्लिनिकको लापरवाहीका कारण सुत्केरी महिलाको मृत्यु भएको छ । शल्यक्रियाको अनुमति नै नपाएको...

नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडाै‌ं ।  धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.१३ अङ्कले घटेर एक...

व्यापार घाटा ८ खर्ब ६३ अर्ब

काठमाडौं । गत फागुनसम्मको अवधिकमा कुल ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको सामान आयात भएको छ । चालू...

बम विस्फोटको जिम्मा विप्लवले लियो

बाजुरा(मार्तडी) । चैत्र ३ गते जगन्नाथ गाउँपालिकाको गेट नजिकै बम विस्फोट गराएको जिम्मेवारी विप्लप समूहले लिएको छ । सरकारद्धारा प्रतिबन्ध गरेको नेत्र विक्रम...

सत्तारूढ पार्टी र सरकारबीच सम्बन्ध

अहिले सत्तारूढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र पार्टीको आन्तरिक सांगठनिक जीवनमा देखापरेका समस्यालाई लिएर बहस उत्पन्न भएको छ । यो बहस र विवादको केन्द्रमा...

अब विद्यालयअगाडि जेब्राक्रसिङ अनिवार्य

काठमाडौं । सरकारले विद्यार्थीलाई सडक पार गराउँदा दुईतिर कर्मचारी राख्नैपर्ने नियम लगाउने भएको छ । विद्यार्थीको सुरक्षाका लागि बिहान विद्यालय प्रवेश गराउँदा र साँझ...

प्रधानमन्त्रीद्वारा सांसद केसीप्रति श्रद्धाञ्जलि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीटमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा...

वाइचुंगले गरे घरमालिकविरुद्ध उजुरी

भारतीय फुटबल टिमका पूर्वकप्तान बाइचुंग भुटियाले पश्चिम बंगालको सिलीगुडीमा एक घरमालिकले लकडाउनको समयमा भाडामा बस्नेसँग गरेको व्यवहारको प्रहरीलाई उजुरी गरेका छन् । सिक्किमका अथिना...

शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक

बैतडी ।  बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै...

ओली-दाहाल छलफल सुरु

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल सुरू भएको छ । दुई अध्यक्षबीच सोमबार नै भेटवार्ता हुने भनिएपनि प्रधानमन्त्रीसमेत रहेका...

उपत्यकामा आजदेखि बिहान १० बजेसम्म पसल खुल्ने, पार्टी प्यालेसमा हुने विवाहमा रोक, अत्यावश्यक बाहेकका कार्यालय बन्द

काठमाडौं । कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा आज बिहानैदेखि लागू हुने गरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ...

जिल्ला प्रशासन कार्यालयमा राजस्व घट्यो

गुल्मी । जिल्ला प्रशासन कार्यालय, गुल्मीमा विभिन्न शीर्षकहरुबाट प्राप्त हुने राजस्वको दर घटेको पाइएको छ । कोरोना भाइरसबाट बच्न गरिएको लकडाउनका कारण जिल्लामा आर्थिक...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)