काठमाडौं । देशभर हालसम्म २ लाख ३२ हजार ८ सय ७२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमितको ९४ दशमलव ३९७ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ ।
शुक्रबार देशभर थप १ हजार ४४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १४ जनाको पीसीआर परीक्षण गरिएको थियो । हालसम्म १८ लाख २० हजार ६१८ जनाको पीसीआर परीक्षण भएको छ ।
शुक्रबार थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ७४ पुगेको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार १४८ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १ हजार २ सय ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यस्तै देशभर ७ हजार ३ सय ४१ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन् । जसअन्तर्गत प्रदेश १ मा ८ सय ९५, प्रदेश २ मा १ सय ४४, बाग्मती प्रदेशमा ४ हजार १ सय ९५ जना, गण्डकी प्रदेशमा २ सय ११, लुम्बिनी प्रदेशमा १ हजार १४, कर्णालीमा ८४ र सुदूरपश्चिममा ७ सय ९८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हाल ३ सय ६० जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसअन्तर्गत ३ सय १० जना आईसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत छन् ।
प्रदेश १ मा ३७ आईसीयू र सात भेन्टिलेटरमा, प्रदेश २ मा ६ आईसीयू र दुई भेन्टिलेटरमा, बाग्मती प्रदेशमा १ सय १६ आईसीयू र २५ भेन्टिलेटरमा छन् ।
गण्डकी प्रदेशमा ८४ जना आईसीयू र नौ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५३ आईसीयू र तीन भेन्टिलेटरमा उपचाररत छन् । कर्णाली प्रदेशमा ७ जना आईसीयू र दुई जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा सात आईसीयू र दुई जना भेन्टिलेटरमा उपचाररत छन् ।