Thursday, May 6, 2021
Home प्रदेश प्रदेश ५ बुटवलमा सयौं परिवारलाई जग्गाधनी पुर्जा

बुटवलमा सयौं परिवारलाई जग्गाधनी पुर्जा

,

बुटवल । बुटवल उपमहानगरपालिकाले विभिन्न वडामा गरी सात सय ५० घरलाई लालपुर्जा वितरण गरिएको छ । वर्षौंअघि नापजाँच भएर त्यत्तिकै रोकिएका साविकका मोतिपुर र सेमलारका गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो । बुटवलका वडा नंं. १४, १५, १६, १७ र १८ का विभिन्न टोलमा पुर्जाविहीन अवस्थामा रहेका छ सय ५० घर परिवारलाई उपमहानगरपालिका गोश्वारा नापी कार्यालयको सहकार्यमा लालपुर्जा वितरण गरेको हो ।

बुधबार बुटवल वडा नं. १४ को बेलभरिया र वडा नं. १८ को मोतिपुर दुबौलीमा मात्रै करिब एक सय ५० घर परिवारलाई लालपुर्जा वितरण गरिएको छ । यसअघि बुटवलकै वडा नं. १५ मा ४८ परिवार, वडा नं. १६ मा ६३ परिवार, वडा नं. १७ मा ९० तथा वडा नं. १८ मा १४७ परिवारलाई पुर्जा वितरण गरिसकिएको छ ।

बुटवल–१४ को सेमलार बेलभरिया र मोतिपुरको दुबैलीमा बुधबार एक संक्षिप्त समारोहका बीच उपमहानगरका प्रमुख शिवराज सुवेदीले त्यस क्षेत्रका ५८ जना घरपरिवारलाई लालपुर्जा वितरण गर्नुभयो । उक्त वडामा यसअघि एक सय ५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिसकिएको छ । बुटवल १८ को दुबौलीमा बुधबारै ८७ वटा लालपुर्जा वितरण गरिएको थियो ।

लालपुर्जा पाउनेमध्येका सबैभन्दा ज्येष्ठ सदस्य बुटवल–१४ का ८० वर्षीय रामप्रसाद उपाध्याय र ७४ वर्षीय प्रभु थारु, वडा नं. १८ का ७५ वर्षीय चित्रकुट थारु र असिया थारुलाई लालपुर्जा हस्तान्तरण गर्दै उपमहानगरपालिकाका प्रमुख सुवेदीले मोतिपुर र सेमलार क्षेत्रलाई नयाँ बुटवलका नमुना बस्तीका रुपमा विकास गर्नेगरि योजना बनिरहेको बताए ।

ती क्षेत्रमा आधुनिक, योजनाबद्ध र व्यवस्थित बस्तीका रुपमा विकास गर्न प्राविधिक अध्यय्न पूरा भइसकेको उहाँको भनाइ थियो । प्राविधिक टोलीको अध्यय्नपछि खेतीयोग्य, आवासयोग्य र खुला क्षेत्रका लागि जग्गा यकिन गर्दै आधुनिक बस्तीका रुपमा विकास गरिने प्रमुख सुवेदीले बताए ।

सो क्रममा उपप्रमुख गुमादेवी आचार्य, नगर प्रवक्ता रामप्रसाद रेग्मी, वडाअध्यक्षहरु १४ का दधिराम न्यौपाने, १८ का हुमनाथ आचार्य र गोश्वारा नापी कार्यालयका टोलीप्रमुख यमप्रसाद पाण्डेसहित त्यहाँका जनप्रतिनिधि र अगुवाहरुको सहभागितामा स्वास्थ्य सुरक्षाको मापदण्डसहित लालपुर्जा वितरण गरिएको थियो ।

बुटवल उपमहानगरमा जनप्रतिनिधि चुनिएयता गाउँ ब्लक जग्गामा रहेका करिब पाँच सय परिवारलाई लालपुर्जा वितरण गरिएको हो । २०२७ सालदेखि कैयन पटक नापजाँच भएर पनि जग्गाको स्वामित्व पाउन नसकेका बुटवलका विभिन्न वडाका बासिन्दालाई जनप्रतिनिधि निर्वाचित भएसंगै नापी कार्यालयको समन्वय र सहकार्यमा लालपुर्जा वितरण गरिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

बुटवलमा अव्यवस्थित बसोबासीको लगत संकलन र नापजाँचको कामसमेत चलिरहेको छ । साथै तिनाउ–दानव कोरिडोर निर्माणका क्रममा विस्थापित र प्रभावित हुने घर परिवारलाई पनि अलग्गै स्थानमा व्यवस्थित गर्ने तयारी भइरहेको छ । अहिले लालपुर्जा वितरण गरिएका क्षेत्र नापी भएर पनि पुर्जाविहीन हुनु परेका समुदायका लागि हो । भूमि बैंक, श्रम बैंक र कृषि उत्पादकत्व बृद्धिका लागि प्राविधिकसहितको विशेष कार्यदलसमेत बनाएर नमुना काम गरिरहेको छ ।

बेलभरिया र मोतिपुरको दुबौलीमा आयोजित पुर्जा वितरण कार्यक्रममा बोल्दै उपप्रमुख गुमादेवी आचार्यले बुटवल उपमहानगरपालिकाले सहरी कृषि प्रवद्र्धनका साथै उत्पादनमूलक क्षेत्रमा जोडिएर व्यवसायिक काम गर्न आग्रह गरिन् । अनुगमन समितिका संयोजक समेत रहेकी उपप्रमुख आचार्यले उपमहानगरले सीप सिकाउने, सीपको सदाुपयोग गर्न सहयोग गर्ने र अनुदानकासमेत व्यवस्था गर्ने बताउँदै पछाडि पारिएका समुदाय र महिलालाई उच्च प्राथमिकतामा राखिएको बताइन् ।

कार्यक्रममा नापी कार्यालय रुपन्देहीका २ नम्बर टोलीप्रमुख यमप्रसाद पाण्डेले वर्षैदेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्रदान गर्न जनप्रतिनिधिको समन्वयकारी र नेतृत्वदायी भूमिकाले सहज भएको बताए । उनले नापीका काममा सहयोग पु¥याउने जनप्रतिनिधि र वडाका अगुवा सबैलाई धन्यवाद पनि व्यक्त गरे ।

जग्गाधनी वितरण कार्यक्रममा वडा नं १४ का अध्यक्ष दधिराम न्यौपाने, वडा नं. १८ का वडाध्यक्ष हुमनाथ आचार्य, जनप्रतिनिधि गोपाल नेपाल, नागरिक अगुवा खुमराज ढकाल, कनैया थारु, नापी कार्यालयका पदाधिकारीलगायत जनप्रतिनिधि तथा राजनीतिक दलका स्थानीय नेता, उपमहानगरका वडाका कर्मचारीहरुको सहभागितामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै पुर्जा वितरण कार्यक्रम गरिएको थियो ।

(Visited 135 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन्। 'समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको...

स्वास्थ्यमा समस्या भएपछि चैनपुरका मेयरलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका मेयर भरत खत्रीलाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि चैनपुरका मेयर...

सुदूरपश्चिममा मृत्युदर भयावहः मृत्यु हुनेमा युवाको संख्या बढी

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबर ३० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । सामान्य ज्वरोपछि साताअघि उनी अस्पताल भर्ना भएकी थिइन्...

अस्पतालले भर्ना लिन नमान्दा युवाको मृत्यु

जनकपुरधाम । धनुषामा एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४०...

रौतहटमा ७१ बेडकोे अस्पताल निमार्ण

रौतहट । दिनप्रतिदन कोरोना संक्रमितको संख्या बढदै गएपछि रौतहटको बिभिन्न ३ स्थानमा ७१ बेडको अस्पताल निमार्ण भएको छ । गौर अस्पतालमा १५ वेडको मोनिटरसहितको एचडियु,...

साताका लोकप्रिय समाचार

उदयपुरमा ६ जना कोरोना संक्रमित थपिए

उदयपुर । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले उदयपुरमा ६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीका अनुसार बिहीबार चार...

भाेलि देखि बेलुका पसल खाेल्न नपाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले भोलिदेखि निषेधाज्ञामा थप कडाइ गर्ने जनाएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले सरकारी र...

वैशाख २३ गतेदेखि सबै अन्तराष्ट्रिय उडान बन्द,भारतसंग हप्तामा दुई दिन उडान हुने

काठमाडौं । सरकारले वैशाख २३ गते राति १२ बजेदेखि लागू हुनेगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । आइतबार साँझ...

इटहरी प्रवेश गर्नेलाई सीमाबाटै फर्काइयो सुनसरीमा कडा बनाउदै लकडाउन

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबारदेखि लागू हुनेगरी ३१ गतेसम्म पूर्णरुपमा लकडाउन गरेपछि इटहरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी...

बुटवल उपमहानगरमा अक्सिजन बैंक स्थापना

बुटवल । बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरेर निशुल्क अक्सिजन सेवा सुरुआत गरेको छ । उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन...

ट्रेन्डिङ

युभेन्टसको पहिलो प्रतिद्वन्द्वी साम्पडोरिया

टुरिन । नयाँ सिजनको इटालियन सिरी ‘ए’को खेल तालिका सार्वजनिक भएको छ । आयोजक इटली फुटबल फेडेरेसनले बुधबार २०२०–२१ को सिजनको खेल तालिका सार्वजनिक...

अमेरिकामा दुई करोड संक्रमित भएको अनुमान, अझ सतर्कताका लागि आह्वान

वासिङ्टन । अमेरिकामा कोरोनाभाइरसबाट झण्डै दुई करोड मानिस सङ्क्रमित भएको हुनसक्ने अनुमान गरिएको छ ।देशमा सङ्क्रमित भित्रिएदेखि अहिलेसम्म कुल सङ्क्रमितको संख्या दुई करोड पुगेको...

बिरामी थप जोखिममा पर्ने सम्भावना

काठमाडौं । निजी तथा सरकारी अस्पतालले अत्यावश्यक स्वास्थ्य सेवा सहज तरिकाले प्रवाह नगर्दा विभिन्न रोगले प्रताडित बिरामी थप जोखिममा पर्ने सम्भावना बढेको छ ।...

डढेलोले सखाप हुँदै वन

काठमाडौं । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले...

धन्य कोरोना ! ती मेरी आमा

आमा ! मलाई थाहा छ, तिमी यतै कतै छ्यौ । मेरो सुत्ने कोठाको भित्तामा झुन्ड्याइएको तिम्रो तस्बिरले मलाई खाना पाकिसक्यो, खान आइज भनी बोलाएको...

गाँजा खान नपाएपछि साथीको हत्या

बनियानी । बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२...

अर्थतन्त्र सन्तुलनका लागि विशेष आर्थिक क्रियाकलाप

कोरोनाको विश्वव्यापी संक्रमणसँगै विश्व अर्थतन्त्र डुब्न थालिरहेको सन्दर्भमा नेपालमा पनि सम्भावित कोरोना संक्रमण र यसले नेपाली अर्थतन्त्रमा पार्न सक्ने प्रभावलाई मध्यनजर गरी सरकारले विशेष...

स्रोत नखुलेको ४९ लाखसहित दुई भारतीय नागरिक पक्राउ

कलैया । बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित...

काठमाडौंमा आफूनिकटलाई ठाकुर–महतोको आमन्त्रण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूनिकट सांसद तथा पार्टी कार्यकारिणी समिति सदस्यलाई काठमाडौं आउन निर्देशन...

२० जना जुवाडे पक्राउ

चितवन ।  जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न...

लाइपजिगको सहज जित

म्युनिख । स्पेनिस मिडफिल्डर ड्यानियल ओल्मोले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि आरबी लाइपजिगले जर्मन बुन्डेस लिगामा होफेनहाइनमाथि २–० को सहज जित निकालेको छ...

नेकपा कार्यदल निष्कर्ष : यथास्थितिमा एमसीसी असम्भव

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न गठन गरेको कार्यदलले पार्टीलाई बुझाएको प्रतिवेदनमा यथास्थितिमा एमसीसी पारित नगर्न सुझाव...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)