महामारीमा सरकारी अस्पताललाई थप प्रभावकरी बनाऊ

कोभिड–१९ महामारी संक्रमणको बेलामा आम जनतामा प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने मुख्य दायित्वमा रहेका सरकारी अस्पताल निकै कमजोर र रुग्ण हुँदै गएका छन् । यसले जनताको स्वास्थ्यमा निकै ठूलो नकारात्मक असर पारिरहेको छ । तत्काल केही र मात्रात्मक रूपमा देखिए पनि दीर्घकालमा यसले गम्भीर समस्या सिर्जना गर्न सक्ने भयसमेत बढेर गएको छ ।

मुलुकमा गरिबीको रेखामुनि रहेकाहरूको संख्या अत्यधिक छ । गरिब विपन्नहरू महँगो शुल्क तिरेर निजी अस्पतालमा जान सक्ने अवस्था रहँदैन । उनीहरू जाने भनेकै सरकारी अस्पताल हो त्यसैले सरकारी अस्पतालको सेवालाई प्रभावकारी बनाउन सकियो भने मात्रै आम नागरिकको मर्मलाई आत्मसात गर्न सकिन्छ । सामान्यतः दैनिक र इमर्जेन्सी सेवा दिँदै आएका सरकारी अस्पताल सेवा र व्यवस्थापनका हिसाबले बिरामीमैत्री हुन सकिरहेका छैनन् । यसले गर्दा कमजोर आर्थिक आयस्रोत भएका जनताहरू सकी नसकी उपचारका लागि महँगो शुल्क तिरेर निजी अस्पताल धाउन विवश भएका छन् । हाल चिकित्सकको सेवामा खटाइ पनि कम देखिइरहेको छ । उनीहरूका लागि आवश्यक उपकरण र सेवासुविधाको अभाव हुँदा पनि स्वभावतः त्यसो हुन गएको देखिन्छ । हाल गम्भीर बिरामीका लागि पनि शल्यक्रिया रोकिएको अवस्था छ । यसले गर्दा बिरामीहरू रोग पालेर बस्ने र बिरामीका अभिभावक अनावश्यक आर्थिक बोझ थाप्लोमा बोकेर बिरामी कुरिरहने अवस्था सिर्जना हुन गएको छ । साथै, सरकारी अस्पतालले अपरेसनका लागि लामो समयसम्म पालो कुराउने बाध्यता आइपरेको छ । सेवा प्रवाहमा अत्यधिक ढिलासुस्तीले महामारीको तनावमा थप तनाव थपेको छ ।

यस कारण बिरामी सरकारी अस्पतालको ओपीडी (बहिरंग विभाग)मा आउन छाडिसकेका देखिन्छन् । बिरामीको संख्या घट्दो देखिनु राम्रो हो तर अस्पताल नै नआउनु भनेको राम्रो कुरा होइन । यसले नेपाली जनस्वास्थ्यमा दीर्घकालीन रूपमा ठूलो स्वास्थ्य संकट सिर्जना गर्ने देखिन्छ । बिरामीहरूको अत्यधिक चाप रहने सरकारी अस्पताल काठमाडौंमा वीर अस्पताल, प्रसूति गृह र चितवनमा भरतपुर अस्पतालमा पनि अहिले बिरामीको चाप कम देखिन्छ । अति जरुरी स्वास्थ्य सेवा लिनेहरूका लागि पनि अस्पतालको सेवा निकै कमजोर छ । त्यसपछिका सेवा लिने ठूला अस्पतालहरूमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शहीद गंगालाल हृदयरोग निवारण केन्द्र, भेरी अस्पताल, डडेल्धुरा अस्पताल, कान्ति बाल अस्पताल, मनमोहन अस्पतालआदि रहेका छन् । हाल यी अस्पतलबाट गरिने सेवा प्रवाहमा प्रभावकारिता आउन सकिरहेको छैन । यसका पछाडि व्यवस्थापनको कमजोरी मुख्य रूपमा रहेको छ । व्यवस्थापन पक्ष सुधारियो भने अस्पतालले दिने सेवासुविधामा पनि गुणात्मकता आउने देखिन्छ । सरकार र यस मातहतका निकाय हाल कोभिड महामारीको विषयमा अल्झिइरहँदा यसले नियमित र इमर्जेन्सी उपचारसेवाको ’boutमा ध्यान दिन सकिरहेको देखिँदैन । दैनिक स्वास्थ्य जीवनमा ध्यान दिन सकिएन भने यसले पार्ने प्रभाव महामारीको भन्दा पनि खतरनाक हुनेमा सचेत रहनुपर्छ ।

यतिबेला सबै पक्ष महामारीसँग एक भएर लड्नुछ । यसका लागि चिकित्सकहरूमा सकारात्मक सोचको विकास र सरकारमा आवश्यक उपकरण र सेवासुविधाको व्यवस्थापन गर्न सक्ने हैसियत हुनु जरुरी छ । केही कुरा नमिलेको अवश्य देखिन्छ । महामारीले विशिष्टीकरण खोजेको छ । जस्तो कि कोभिड अस्पताहरूको निर्माण र कोभिड–१९ संक्रमितहरूको छुट्टै उपचार । सरकारले हरेक अस्पतालमा कोभिड कक्ष निर्माण गर्ने निर्देशन दिएपछि यसले चिकित्सकहरू तथा अन्य बिरामीलाई सकस बनाएको छ । परिणामतः हुनसक्ने र हुनुपर्ने शल्यचिकित्सकीय कामहरू पनि हुन पाएका छैनन् । चिकित्सक तथा बिरामीहरू कोभिड–१९ का बिरामी एकै अस्पतालमा रहँदा मानसिक रूपमा आघात पु¥याएको पनि देखिन्छ । यी र यस्तै व्यवस्थापकीय, सेवा सुविधा र उपकरण, मानसिक तथा शारीरिक समस्याहरूको पहिचान र सम्बोधनसँगै सरकारी अस्पतालले दिँदै आएको कमजोर सेवालाई माथि उठाउन जरुरी भइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनलाई हराउँदै धनगढीको मेयर बने स्वतन्त्र उम्मेदवार गोपाल हमाल