अमेरिकामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान

न्यूयोर्क । कोरोना भाइरस संक्रमणले सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरिएको छ । अमेरिकाले पहिलो चरणमा जोखिम क्षेत्रका व्यक्ति, स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर जोखिमयुक्त काम गर्नेहरु र ज्येष्ठ नागरिकलाई खोप दिन लागेको छ ।

पहिलो चरणको खोप वितरण सकिएपछि केही दिनमै दोस्रो चरण सुरु गरिने र यसले धेरैको ज्यान जोगाउने विश्वास

पहिलो दिन विभिन्न राज्यका १ सय ४५ ठाँउमा खोप लगाउने व्यवस्था मिलाइएको छ । मंगलबार अन्य ४ सय २५ ठाउँमा खोप दिइने बताइएको छ । अमेरिकाको खाद्य तथा औषधि विभाग ‘एफडीए’ अमेरिकाले फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोपलाई आकस्मिक प्रयोगमा अनुमति दिए लगत्तै खोप अभियान सुरु भएको हो ।

पहिलो चरणमा ३३ करोड जनसंख्या भएको अमेरिकाका झण्डै ३० लाख नागरिकलाई खोप दिइनेछ । पहिलो चरणको खोप वितरण सकिएपछि केही दिनमै दोस्रो चरणको वितरण पनि सुरु गरिने र यसले धेरैको ज्यान जोगाउने विश्वास गरिएको छ ।

फाइजरको खोपलाई अमेरिकासहित, बेलायत, क्यानडा, साउदी अरेबिया र बहराइनले अनुमति दिइसकेका छन् । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा अहिलेसम्म एक करोड ६७ लाख भन्दा बढी संक्रमित भएका छन् । संक्रमितमध्ये तीन लाखभन्दा भन्दा धेरैको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका ४ पालिकामा रेशम चौधरीको पार्टी, ३ मा काँग्रेस अगाडि