Friday, April 23, 2021
Home Not-to-be-missed सुदूरपश्चिम सेमिफाइनलमा

सुदूरपश्चिम सेमिफाइनलमा

,

धनगढी । आयोजक सुदूरपश्चिम–११ चौथो संस्करणको नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा मंगलबार आयोजक सुदूरपश्चिम–११ स्पोटर््स क्लबले भारतको कञ्चनजंघा फुटबल क्लबलाई ४–२ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । आयोजकले सिधै एक खेलबाटै अन्तिम चारमा पुग्न सफल भएको हो । सुदूरपश्चिमको जितमा विक्रमसिंह ठकुरीले दुई तथा फिलिप तामाङ र दीपेश श्रेष्ठले गोल गरे । कञ्चनजंघाका अभिषेक दर्जी र छिरिङ तामाङले गोल गरे पनि हार टार्न सकेनन् ।

खेलको १०औं मिनेटमा विक्रमको गोलबाट घरेलु टोलीले खेलमा अग्रता बनाएको थियो । उद्धव खत्रीको पासमा विक्रमले डी–बक्सभित्रबाट दोस्रो बारमा उत्कृष्ट गोल गरे । १९औं मिनेटमा फिलिपले गोल गर्दै आयोजकको अग्रता दोब्बर बनायो । कञ्चनजंघाका गोलरक्षक निगम सिंह अघि बढेको अवस्थामा फिलिपले सहजै खाली पोस्टमा गोल गरे । २३औं मिनेटमा विक्रमले व्यक्तिगत दोस्रो गोल गर्दा आयोजकले २३ मिनेटभित्रै ३–० को आरामदायी अग्रता बनाएको थियो ।

२८औं मिनेटमा अभिषेकको पेनाल्टी गोलबाट कंचनजंघाले अग्रता ३–१ मा झा¥यो । सुदूरपश्चिमका धनबहादुर थापाले डी–बक्सभित्र अमिर लामालाई खराब ट्रयाकल गरेपछि पाएको पेनाल्टीलाई अभिषेकले गोलमा परिणत गरे । ३९औं मिनेट कञ्चनजंघाका छिरिङले गोल गर्दा पहिलो हाफ ३–२ को अवस्थामा ल्याए । डी–बक्सनजिकै आयोजकका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई छिरिङले जाली चुमाए । ४६औं मिनेटमा दीपेशले गोल गर्दै सुदूरपश्चिमलाई ४–२ को अग्रता दिलाए । दीपेशले वान भर्सेस वानको अवस्थामा आकर्षक गोल गरे । त्यसपछि दुवै टिमले गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेनन् ।

खेलको म्यान अफ दि म्याच आयोजकका विक्रम चुनिए । उनले १० हजार नगदसहित ट्रफी प्राप्त गरे । आयोजक सुदूरपश्चिम–११ का प्रशिक्षक रोहित भण्डारीले सोचेअनुसारको नतिजा भए पनि खेलाडीहरू केही नयाँ भएकाले तालमेल राम्ररी मिल्न नसकेको बताए । कञ्चनजंघा फुटबल क्लबका प्रशिक्षक डिंकर क्षत्रीले राम्रो खेलेको भन्दै खेलको सुरुवातमा भएका गल्तीका कारण जितबाट वञ्चित भएको बताए ।

अब सुदूरपश्चिम–११ ले फाइनल प्रवेशका लागि विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा बुधबार थ्री स्टार र नव जन जागृति क्लबबीच प्रतिस्पर्धा हुनेछ । फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई वेनाली मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५–१५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०–१० हजार पुरस्कार प्रदान गरिनेछ ।

(Visited 181 times, 1 visits today)
Loading comments...

आजको समाचार

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

साताका लोकप्रिय समाचार

गीतकार उपाध्यायले बनाए ५१ विश्व कीर्तिमान

काठमाडौं । गीत संगीतबाटै विश्वमा सबैभन्दा बढी विश्व रेकर्ड कायम गर्ने व्यक्तिको सूचीमा नेपाली गीतकार डीआर (धर्मराज) उपाध्याय परेका छन् । उनले गीत संगीतसम्बन्धी...

ह्यास फोटो नेपालमा बारपाक

काठमाडौं । नेपाल पर्यटन बोर्डले नियमित रूपमा आयोजना गर्ने गरेको फोटो नेपाल प्रदर्शनी यसपटक बारपारका फोटाको अनलाइन प्रदर्शनी हुने भएको छ । २०७२ सालको...

नेपालको लगातार दोस्रो जित

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियाले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको घरेलु...

चेन्नइ शीर्ष स्थानमा

नयाँदिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । बुधबार राति भएको खेलमा चेन्नइले कोलकाता नाइट राइडर्सलाई...

कोरोना नियन्त्रणका लागि सहयोग गर्न दलहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सम्मपन्न सर्वदलीय बैठकमा...

ट्रेन्डिङ

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै सवैभन्दा धेरै पुगेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार...

अनुमतिबिनै धमाधम छायांकन

काठमाडौं । अभिनेता अनमोल केसी शुक्रबार नयाँ फिल्म ‘ए मेरो हजुर–४’ तयारीमा थिए । तर, स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय, चलचित्र विकास बोर्डलगायतले छायांकनका...

पिर्लो युभेन्टस फर्किए

एजेन्सी । इटालियन लेजेन्ड तथा पूर्व मिडफिल्डर आन्द्रे पिर्लोलाई युभेन्टसको प्रशिक्षक बनेका छन् । युभेन्टसले आफ्ना पूर्व भेट्रान मिडफिल्डर पिर्लालाई यू–२३ टोलीको मुख्य प्रशिक्षक...

केपी ओली शरीरमा निस्केको गलगाँड जस्तै भए : माधव नेपाल

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सपना चकनाचुर पारेर छोड्ने बताएका छन् । उनले आफुहरु...

फूलबुट्टे सारी…अनामिकाको छमछमी

काठमाडौं । यसपटकको तीजमा नयाँ गीत निकाल्ने क्रममा नयाँ गीत फूलबुट्टे सारी...बिहीबार रिलिज भएको छ । जसमा विन्दु परियारको स्वर, शान्तिप्रियको शब्द र सुदीप...

च्याम्पियन्स लिगमा बार्सिलोनाको अपमान

लन्डन । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइन खेलमा बार्सिलोना जर्मनी क्लब बायर्न म्युनिखसँग पराजित मात्र भएन अपमानितसमेत भयो । गए राति सम्पन्न खेल बार्सिलोनाका लागि...

एकैदिन थपिए २४ कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक सय ३४ पुगेको छ...

अझै पनि हाजिर गर्छन् र टाप कस्छन् कर्मचारी

काठमाडौं । देशभरका सरकारी कार्यालयमा कर्मचारीले समय पालना नगरी कार्यालयको काममा चरम ठगी गरेको पाइएको छ । अहिले पनि कतिपय सरकारी कार्यालयमा हाजिर गर्ने...

चितवनमा उपचारका क्रममा २ कोरोना संक्रमितको मृत्यु

चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको...

ओली कार्यशैलीविरुद्ध दाहाल–नेपाल कडा रूपमा प्रस्तुत हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह भेलाले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली...

सरकार भूमिहीन नागरिकलाई पुर्जा दिन आतुर छ : मन्त्री तुम्बाहाङ्फे

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नेपाल सरकार भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा दिन आतुर रहेको बताएकी छन् । भूमिसम्बन्धी समस्या...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)