Sunday, June 13, 2021
Home खेल राप्ती र नारायणी फाइनलमा भिड्ने

राप्ती र नारायणी फाइनलमा भिड्ने

,

चितवन । चितवनमा जारी गौतम बुद्ध कप प्रतियोगितामा राप्ती टिम पहिलो जितसँगै फाइनलमा प्रवेश गरेको छ । आइतबार राप्तीले बागमती टिमलाई ११ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । राप्तीको जितले नारायणी पनि फाइनलमा प्रवेश गर्दा बागमदी दुई हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

जितका लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको बागमती १९ ओभर ४ बलमा १ सय १८ रनमा अल आउट भयो । बागमतीका अलराउन्डर सोमपाल कामीले २८ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३५ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् । बागमतीका ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल चौथो ओभरको पहिलो बलमा ठूलो सट खेल्ने क्रममा १३ रनमा क्याच आउट भए । अर्का ओपनर सुनिल धमला ११ रनमा क्याच आउट भए । नवौं ओभरको चौथो बलमा अनिलकुमार शाह २२ रनमा क्याचआउट भए । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल १३ रनमा क्याटआउट भएपछि ६०–४ को अवस्थामा पुगेको थियो । भिम सार्की ५ रनमा आउट हुन पुग्दा बागमती १३.५ ओभरमा ९४–५ को अवस्थामा पुगेको थियो । १९औं ओभरमा विक्रम सोब ८ रनमा क्याचखाउट भए ।

पवन सरार्फ १० रनमा बोल्ड आउट भएपछि बागमतीको जितको सम्भावना टाढिएको थियो । भुवन कार्की, कमलसिंह ऐरी, अभिनाश बोहरा र जीतेन्द्र मुखियाले समान २–२ विकेट लिए ।

त्यसअघि गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा टस हारेर ब्याटिङ थालेको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो । राप्तीका ओपनर अमित श्रेष्ठले सर्वाधिक २६ रनको योगदान दिए । ओपनर कुशल भुर्तेल ३ रनमा एलबिडब्लू आउट भए । दोस्रो विकेटका लागि अमित र शरद भेषावकरले ४० रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । शरदले २१ रन जोडे ।

सागरले नै ११ औं ओभरको पाँचौं कप्तान विनोद भण्डारी २१ रनमा बोल्डआउट भए । लोकेश बम १५ रनमा क्याच आउट भए । भुवन कार्कीलाई शून्यमा बोल्ड आउट गर्दा राप्ती १४ ओभर ३ बलमा ९३–६ को अवस्थामा पुगेको थियो । कमलसिंह ऐरी १६, जीतेन्द्र मुखिया ९ र अभिनाश बोहराले ७ रनको योगदान दिए । सोमपाल कामी, सागर ढकाल र राशिद खानले समान दुई विेकट लिए ।

विक्रम सोब र ललित नारायण राजवंशीले समान १ विकेट लिए । पहिलो खेलमा बागमती नारायणीसँग सुपर ओभरमा पराजित भएको थियो । तीन टोलीबीच भएको यस गौतम बुद्ध कपमा लिग चरणको अन्तिम खेलमा सोमबार राप्ती र नारायणी भिड्ने छन् । फाइनलमा पनि यी दुई टोलीबीच मंगलबार प्रतिस्पर्धा हुने छ ।

(Visited 127 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

साताका लोकप्रिय समाचार

सिन्धुलीमा एकैदिन १३३ जनाले जिते कोरोना

सिन्धुली । सिन्धुलीमा एकैदिन १ सय ३३ जनाले कोरोना जितेका छन । होम आइसोलेसन तथा संस्थागत आईसोलेसनमा उपचार गराईरहेका ३८ महिला र ९५ जना...

भारतीय सिमा सुरक्षा बल ‘एसएसबी’को एकल दादागिरी

  महेन्द्रनगर । कञ्चनपुरमा झण्डै डेढ वर्षदेखि हुलाकी सडक निर्माणको काम भारतीय सिमा सुरक्षा बल (एसएसबी) को अवरोधका कारण प्रभावित भएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकाको...

‘ओलीकाे प्रस्तावमा इमानदारिता देखिएन’

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ट नेता माधवकुमार नेपाल समूहले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा ‘ इमानदारिता नदेखिएको’ आरोप लगाएको...

मनसुन मङ्गलबारसम्म देशव्यापी हुने, सतर्क रहन आग्रह

  काठमाडाैं । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन...

सिल्भा ब्राजिली टोलीमा

रियो दि जेनेरियो । अनुभवी डिफेन्डर थियागो सिल्भालाई समेट्दै घरेलु मैदानमा यसैसातादेखि आयोजना हुने कोपा अमेरिका कपका लागि ब्राजिल फुटबल कन्फेडेरेसन (सीबीएफ) ले ब्राजिलको...

ट्रेन्डिङ

कालिकोटमा थपिए ७ जना कोरोना संक्रमित

कालिकोट । जिल्लामा थप सात जनामा कोरोनाको पुष्टि भएको छ । जिल्लाको महाँवै गाँउपालिका वडा नंं ४ की चार महिने बालकसहित थप सात जनामा...

वीउ विजन किनबेचमा ४६ लाख भ्रष्टाचार, सात जनाविरुद्ध मुद्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक धर्मराज अधिकारी सहित सात जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता...

उदयपुरमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५२ पुग्यो

उदयपुर । उदयपुरमा आइतबार एक महिला सहित ५ जनामा कोराना पोजेटिभ देखिएको छ । भारतको बिभिन्न स्थानबाट आएर त्रियुगा नगरपालिका– ३ स्थित त्रियुगा जनता...

मन्त्रिपरिषद बैठक बस्दै, विदेशमा रहेका नेपाली ल्याउने विषयमा छलफल हुने

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बैठक बस्न भएको छ । बैठकमा विदेशमा रहेका नेपालीलाई...

निर्देशन अवज्ञामा स्थानीय सरकार

अघिल्लो साता मौसममा आएको प्रतिकूल प्रभावका कारण विद्यार्थीको स्वास्थ्यलाई ख्यालमा राखेर संघीय सरकारले १७ चैतदेखि २० गतेसम्म चार दिन बिदाको सूचना जारी ग-यो ।...

प्रदेश सांसदमा कोरोना संक्रमण पुष्टि, श्रीमान पनि संक्रमित

धनकुटा । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक महिला सांसदमा आज कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश सांसदसहित उनका श्रीमानमा पनि कोरोना संक्रमण देखिएको...

घरमा ताला लगाएर यार्सा टिप्न लेकतीर

बझाङ । बझाङ जिल्लामा प्रशासनले यार्सा संकलन गर्न रोक लगाएपनि लुकि छिपी यार्सा संकलन गर्न जानेहरु गाउँ छाड्दैछन् । जिल्लाको सुर्मा गाँउपालिका लगायत अन्य स्थानीय...

सम्पादकीय : सत्तारूढ दलको संकट र देशको नियति

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चर्किँदै गइरहेको आन्तरिक विवाद अतन्तः देशकै संकटका रूपमा देखा परेको छ । यसले भर्खरै संस्थागत हुँदै गरेको संघीय राज्य...

विदेशमा नेपालीको मृत्यु र कोरोना संक्रमण दरमा उल्लेख्य कमी

लण्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (६ जुन २०२०) साँझसम्म विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दर उल्लेख्य रुपमा...

आजको सन्दर्भमा गुरुकुलीय शिक्षा

आजका शिक्षित युवा समुदायको परम्परागत ज्ञानबाट झनै टाढा बन्दै गएका छन् । शिक्षित भएपछि उनीहरू मातृभाषा, संस्कृति, संस्कार चालचलन, शिष्टाचार एवं लोकविद्यामा झन् अज्ञानी...

उपचारपछि ६ जना कोरोना संक्रमित कोशी अञ्चल अस्पतालबाट डिस्चार्ज

विराटनगर । कोशी अञ्चल कोरोना विशेष अस्पतालमा उपचारार्थ भर्ना भएका छ जना आज बुधबार डिस्चार्ज भएका छन । लगातार दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ...

‘जहिलै कितावकै पिरलो’ पुस्तक विनै पढाई सुरु

कालिकोट। पुस्तक नपाएरै परिक्षा दिनु पर्ने यहाँका विद्यार्थीहरुको समस्या यो वर्षमा पनि अझै उस्तै हुने भएको छ । कालिकोटकोे नयाँ शैक्षिक शत्र शुरु भई...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)