Friday, April 23, 2021
Home Not-to-be-missed स्पोर्ट्स अवार्ड पुस अन्तिम साता

स्पोर्ट्स अवार्ड पुस अन्तिम साता

,

काठमाडौं । नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड पुसको अन्तिममा हुने भएको छ । खेलाडी र खेलकर्मीका लागि प्रदान गरिने नेपाली खेलकुदको सबभन्दा ठूलो अवार्डको १७औं संस्करण आगामी पुस २८ गते ललितपुरस्थित कराते एकेडेमीको हलमा हुनेछ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको अवार्ड वर्षको सुरुआतमै गरिने भएपनि यसपटक कोरोना भाइरसको महामारीका कारण केही ढिलो हुन लागेको हो । कोरोना भाइरसको संक्रमण जोखिमका कारण सेमिभर्चुअल माध्यमद्वारा गरिने आयोजक एनएसजेएफका अध्यक्ष देवेन्द्र सुवेदी (दुर्गानाथ)ले आइतबार आयोजित अवार्ड मिति घोषणा कार्यक्रममा जानकारी दिए ।

घोषणा कार्यक्रममा आयोजक एनएसजेएफ र बजाज पल्सर मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीबीच मुख्य प्रायोजन सम्झौतामा पत्रमा हस्ताक्षर गरेका थिए । एनएसजेएफका अध्यक्ष सुवेदी र हंसराज हुलासचन्द एन्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार कम्पनीले अवार्डका लागि एनएसजेएफलाई चारवटा बजाज पल्सर एनएक्स मोटरसाइकल र अन्य विभिन्न उपहारहरू तथा नगदसहित २८ लाख ४० हजार ६सय रुपैयाँ उपलब्ध गराउनेछ । त्यसबापत् अवार्डको नाम पल्सर स्पोर्टस अवार्ड हुनेछ ।

अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पु¥याएको विशेष योगदानको कदरस्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाइस अवार्ड र नेपाली खेलकुदप्रति सहयोगी एकजना विदेशी पत्रकारलाई दिइने इन्टरनेसनल अवार्ड गरी १० विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।

उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका विजेताले जनही एक थान पल्सर मोटरसाइकल र गिफ्टह्याम्पर पाउनेछन् । यसैगरी उत्कृष्ट युवा खेलाडी, पारा खेलाडी, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेताले जनही ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने एनएसजेएफका महासचिव प्रज्वल ओलीले घोषणा कार्यक्रममा जानकारी दिए ।

(Visited 92 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओली र नेपालबीच आज दोस्रो वार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो वार्ता आज पनि हुँदैछ । होटल मेरियटमा दिउँसो...

कोरोना संक्रमणबाट पर्सामा एकै दिन २ जनाको मृत्यु

वीरगन्ज । कोरोनाको दोस्रो लहर सुरु भएपछि पर्सामा एकै दिन दुई संक्रमितको मृत्यु भएको छ । वीरगन्ज १६ की ६१ वर्षीय महिलाको मृत्यु भएको...

सर्लाहीलाई प्रदेश २ को राजधानी बनाउन माग

काठमाडौं । प्रदेश २ को स्थायी राजधानीबारे निर्णय गर्न राजनीतिक दल असफल भएका बेला सर्लाहीमा स्थायी राजधानी तोकिनुपर्ने भन्दै आवाज उठेको छ । स्थायी राजधानी...

मेरियट होटलमा ओली–नेपाल पुनः छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ दुई नेताबीच मेरियट होटलमा...

साताका लोकप्रिय समाचार

कम प्राथमिकता: उच्च जोखिम

यो आलेख तयार पार्दासम्म विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वका २ सय १९ देशका १४ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् ।...

उपनिर्वाचनको तयारीमा निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभासहित स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचन गर्न तयारी थालेको छ । आयोगले उपनिर्वाचनका लागि राष्ट्रिय...

आहा ! ठडियो २२ तलाको धरहरा, ११ वैशाखमा उद्घाटन

काठमाडौं । २०७२ सालको भूकम्पले भत्काएको ऐतिहासिक पुराताŒिवक सम्पदा धरहराको २२ तले संरचना ठहरिएको छ । पुनर्निर्माणअन्तर्गत संरचना तयार भएको धरहराको आगामी ११ वैशाखका...

बन्दक बनाएर १९ वर्षसम्म यौन शोषण

काठमाडौं । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिएका विज्ञानलाई भाइ सुवास कोइरालाले आफ्नो...

सरकार चलाउन कांग्रेसको अरुचि

काठमाडौं । २० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा भने...

ट्रेन्डिङ

बम विस्फोटबाट मृतक बालबालिकाका आफन्तबाट अन्दोलनको घोषणा

रोल्पा । बम विस्फोटबाट मृत्यु भएको एक महिना वित्दा पनि उचित न्याय र क्षतिपूर्ति नपाएको भन्दै बम विस्फोटबाट ज्यान गुमाएका ४ बालबालिकाका आफन्तहरु आन्दोलित...

साइबर अपराधमा महिला बढी

काठमाडौं । साइबर अपराधसँग जोडिएका अपराधजन्य विषयमा पुरुषभन्दा महिलाको संलग्नता बढी देखिएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै दुरुपयोग पनि बढ्दै गएको र पुरुषभन्दा...

त्रिविमा बेथिति : तलवमा वार्षिक ४ अर्ब बढी खर्च

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायहरुमा अध्यापनरत कर्मचारीहरुको तलवमा मात्रै वार्षिक अनुमानित चार अर्ब रुपैयाँ खर्च हुने गरेको पाइएको छ । त्रिवि...

बेल्जियमबाट फर्किकी १९ वर्षिय युवतीको पाँचौ परिक्षण रिपोर्ट नेगेटिभ

बागलुङ । धौलागिरी अञ्चल अस्पताल बागलुङमा कोरोना भाइरस संक्रमित उपचाररत बागलुङकी १९ बर्षिय युवतीको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ अर्थात कोरोना मुक्त...

सिन्धुलीमा एक जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली । जिल्लामा एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेशले मन्त्रालयको दैनिक प्रतिवेदनमा बुधबार उक्त पुष्टि गरेको...

बर्दियामा थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५९ पुग्यो

बर्दिया । बर्दियामा सोमबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नेपालगंजस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिकाका २ जना,...

बाजुरामा जीप दुर्घटना हुँदा १४ जना घाइते, ३ को अवस्था गम्भीर

बाजुरा । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको फालासैन बजारमा जीप दुर्घटना भएको छ । से १ ज १०१९ नम्मर जिप दु्र्घटना भएको हो । दुघंटनामा...

कांग्रेसमा किचलो : संस्थापनविरुद्ध रणनीति बनाउँदै पौडेल पक्ष

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र विभाग गठनको विषयलाई लिएर सुरु भएको किचलो फेरि बढेको छ । सभापति शेरबहादुर देउवाले महाधिवेशनको मुखमा आएर...

भारतीय नाकामा सशस्त्र प्रहरीको कोरोना भाइरस हेल्प डेस्क

बारा । भारतीय नाकाहरुमा सशस्त्र प्रहरीले कोरोना भाइरस हेल्प डेस्कको स्थापना गरेको छ । बाराको कलैया उपमहानगरपालिका १० मटिअर्वा, सुर्वण गाउँपालिका ३ सन्तगंज कवहिगोठमा...

कोरोनाको सन्त्रासले घर फर्कंदै नेपाली

बर्दिया ।  बर्दिया राजापुर नगरपालिकाका ध्रुवप्रसाद न्यौपाने २० दिन अघिमात्र भारतको गढुवालमा कमाउनका लागि गएका थिए । विश्वभर महामारीका रुपमा फैलँदै गएको कोरोना भाइरसको...

स्याङ्जामा मेला, महोत्सव र सम्मेलनमा रोक

स्याङ्जा । विश्वभर बढ्दै गएको कोराना भाइरस (कोभिड—१९) को संक्रमण र सन्त्रासले स्याङ्जामा पार्न सक्ने प्रभावका लागि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले...

३४ करोड ऋणमा सांस्कृतिक संस्थान

काठमाडौं । सरकारले मुलुकको कला संस्कृति संरक्षण र प्रवद्र्धनका लागि पाँच दशकअघि स्थापना गरेको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) यतिबेला कर्मचारीलाई नियमित...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)