धनगढी । सुरक्षित बासका लागि चौमाला झरेका कैलालीको चुरे गाउँपालिका पहिरोपीडित अलपत्र परेका छन् । पाँच महिनादेखि भीमदत्त राजमार्गअन्तरगत सडक छेउमा त्रिपालमा बस्दै आएका पहिरोपीडित चुरे गाउँपालिकाले सिफारिस गरेको क्षेत्रमा जादैँ गर्दा उनीहरु बीच बाटोमै अलपत्र परेका हुन् ।
चुरे गाउँपालिकाले पहिरोपीडितलाई विभिन्न बस्न सक्ने उपयुक्त क्षेत्र तोक्दैँ प्रदेश र संघीय सरकारलाई चिठ्ठी पठाएको थियो । उपयुक्त क्षेत्र मध्ये गाउँपालिकाले वडा नम्बर ४ टाँकगडामा व्यवस्थापन गर्ने भनिएको थियो । गाउँपाकाको निर्णयबिना नै तराई झरेपछि चार दिनदेखि जिल्लाको गौरीगंगा नगरपालिकाको सामुदायिक वनमा अलपत्र परी खुला आकासमुनि रातदिन कटाई रहेका छन् । गत १५ असोजमा चुरे गाउँपालिकाको कार्यपालिका बैठकले पहिरोपीडित परिवारलाई बसोबासका लागि टाँकगडा लगातको क्षेत्र छनोट गरेको प्रस्तावित स्थानमा पुनस्र्थापना गराउन सिफारिस गरेको थियो ।
उनीहरु टाँकगडा बस्न आएको खबर पाउने वित्तिकै आफूहरुको सामुदायिक वन पर्ने भन्दै गौरीगंगा नगरपालिका–१, चौमालास्थित पशुपति सामुदायिक वनले त्यहाँ नजान भनेपछि पीडित परिवार जंगलमै खुला आकाशमुनि तीन दिनदेखि बस्दै आएका हुन् । ‘गाउँपालिकाले आफूहरुलाई टाँकगडा भन्ने स्थानमा छनोट गरेर बसोबासका लागि सिफारिस गरेको बताउँदै पहिरो पीडित संघर्ष समिति अध्यक्ष टीकाराम कार्कीले भने, ‘गाउँपालिकाले टाँकगडा सिफारिस ग¥यो, तर त्यो जमिन त अर्कै स्थानीय तहको रहेछ, अहिले आएर हामीलाई यता न उताको बनाइदियो ।’
गाउँपालिकाको वडा नम्बर ४, ५, र ६ को तल्लो सिमलगैरा, मल्लो सिमलगैरा, राजवन, गौजना, तितिरेलगायत बस्तीका पहिरोपीडितहरु शुक्रबार राति तराई झरेको संघर्ष समितिका सचिव बिरजीत बोहराले जानकारी दिए । चुरेबाट अत्तरिया हुँदै बसमार्फत चौमाला पुगेका उनीहरु वन क्षेत्रमा बसेका छन् । गौरीगंगा नगरपालिकाको चौमालास्थित माघी शिविर क्षेत्रको वनमा बसेको बोहराले बताए । उनले टांकगडामा पानी र खुल्ला क्षेत्र भएकाले त्यो क्षेत्र उपयुक्त हुन सक्ने भन्दै त्यहाँ जान लागेको उनले बताए ।
चुरे र गौरीगंगा नगरपालिकार्कोे टांकगडा सीमा क्षेत्र पर्ने भएकाले थप समस्या आएको हो । गत साउन १५ देखि २५ गतेसम्मको अविरल वर्षाका कारण पहिरो लागेपछि कैलालीको चुरे गाउँपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ६ सम्मका २ सय ११ परिवार घरबारविहीन भएका थिए । घरबारविहीन परिवारलाई स्थानीय सरकारले केही समयका लागि भन्दै स्थानीय विद्यालय र भीमदत्त राजमार्गको सडक किनारमा टेन्ट दिएर अस्थायी बसोबासको व्यवस्था मिलाएको थियो । पाँच महिनादेखि त्रिपालमा रात कटाएका पहिरोपीडितहरु जाडो बढ्न थालेपछि स्थायी बसोबासका लागि ठाउँ खोज्दै आएका हुन् ।
गाउँ कार्यपालिका बैठकले पहिरो पीडितपरिवारलाई पुनस्र्थापित गर्न वडा नम्बर १ को खामाहाल्ने, लाउनगडा, कोलगडा, वडा नम्बर ३ को करलेगडा, आरुखर्क, विचारगडा, वडा नम्बर ६ को राताखाली, बसर र वडा नम्बर ४ को सिताखाली, चोरपानी, टाँकगडालाई छनोट गरेको थियो । छनोट गरिएका सबै स्थानभन्दा उपयुक्त टाँकगडा भए पनि त्यो क्षेत्र अर्को स्थानीय तहको भएको अर्का पहिरोपीडित मने बुढाले बताए ।
पहिले बसेको ठाउँ छोडेर यहाँ आउँदा जंगलमा बास बस्नु परेको पीडा उनले सुनाए । ‘कति राम्रो घरबारी थियो, पहिरोले उजाडिदियो,’ उनले भने,‘अहिले स्थानीय सरकारको भर पर्दा जंगलमा बास बस्नु परेको छ ।’
बिगत पाँच महिनादेखि खानीडाँडाको सडक किनारमा बस्दै आएको बताउँदै पीडित अर्जुन धामीले भने, ‘साउन १७ गतेदेखि गाउँपालिकाले नै सडक किनारमै बस्न अनुमति दियो, अहिलेसम्म केही बन्दोबस्त नभएपछि उसैले रोजेको विकल्पका आधारमा टाँकगडा जान हिँडेका हामी बीच बाटोमै अलपत्र भयौँ ।’
टाँकगडामा पहिरो पीडितहरु जान थालेपछि आफूहरुले बीच बाटोमै रोकेको गौरीगंगा नगरपालिका पर्ने पशुपति सामुदायिक वनका अध्यक्ष गोविन्द रावलले बताए । ‘आफ्नो अर्काको स्थानीय तहको सीमाका ’boutमा नबुझेरै चुरे गाउँपालिकाले पशुपति सामुदयिक वनभित्रको जमिनमा पहिरोपीडितलाई पुनस्र्थापित गराउन थालेको रहेछ ।’ उनले भने ‘हामीले हाम्रो समुदायको क्षेत्रमा बसोबास नगर्न भन्दै पहिरो पीडितलाई रोकेका हौँ ।’
गाउँपालिकाका उपाध्यक्ष दीपादेवी साउँदले पहिरो पीडितहरु तराई गएको ’boutमा वडाध्यक्षले फोनमार्फत जानकारी दिएको बताइन् । पहिरोपीडितको व्यवस्थापनको लागि प्रदेश र संघीय सरकारसँग पहल जारी रहेको उपाध्यक्ष साउँदको दावी छ ।