Friday, June 18, 2021
Home प्रदेश प्रदेश २ नेपाल एकिकरणको बेला प्रयोग गरिएको गढी, किल्ला र कोट खोज्दै सेना

नेपाल एकिकरणको बेला प्रयोग गरिएको गढी, किल्ला र कोट खोज्दै सेना

ऐतिहासिक पदमार्ग,कोट,गढी तथा किल्लाहरुको पहिचान र संरक्षणका लागि अभियान

,

सिन्धुपाल्चोक । नेपाली सेनाले ऐतिहासिक पदमार्ग,कोट,गढी तथा किल्लाहरुको पहिचान तथा त्यसको संरक्षणका लागि अभियान सुरु गर्ने भएको छ । पुर्खाहरुले नेपाल एकिकरणको बेला प्रयोग गरेका पदमार्ग,किल्ला र गढीहरु लोप हुदै गएको र भावी पुस्तालाई त्यसको महत्वको बारेमा जानकारी दिने उदेश्यले संरक्षणको अभियान सुरु गर्ने भएको हो ।

नेपाली सेनाले सिन्धुपाल्चोक,काभ्रे र दोलाखा जिल्ला भित्र रहेका त्यस्ता ऐतिहासिक पदमार्ग,कोट तथा गढीहरुको पहिचान गरेर संरक्षणका लागि अभियान नै सुरु गरेको नेपाली सेनाले जानकारी दिएको छ । नेपाली सेनाको मध्य पृतना हेडक्वाटर अन्र्तगत २६ नम्बर बाहिनी अड्डा भकुण्डे अन्र्तगत रहेका तिन जिल्लाका ऐतिहासिक क्षेत्रका संरक्षणका लागि त्यस क्षेत्रका सरोकारवालहरुसँग अन्र्तक्रिया समेत गरेको छ ।

नेपाल एकिकरणको बेला तिब्बतसँगको लडाइका क्रममा काठमाडौकोसाँखु, सिन्धुपाल्चोकको भोटेचौर, मेलम्ची, नवलपुर,चौतारा, जलविरे,हगाम,लिस्तीकोट हुदै दुगानगढीमा पुगेको इतिहासमा उल्लेख गरिएको छ

सिन्धुपाल्चोकको दुगानागढी,साँगाचोकगढी,लिस्तीकोट,काभ्रेको फु्लबारीकोट पलाञ्चोक गढी,काभ्रेगढी र भवरकोट र दोलखा जिल्लाको च्यामा देउराली र भिरकोट डाँडागढी अहिले पहिचान भएका ऐतिहासिक क्षेत्र भएको नेपाली सेनाको मध्यपृतना हेडक्वाटरका पृतनापति रथी सुरेशकुमार कार्कीले जानकारी दिए । ‘अहिले तिन जिल्लाका आठ स्थानको पहिचान भएको छ,स्थानीय तह,पुरातत्व विभाग सँग पनि समन्वय गरेर अन्य क्षेत्र पनि रहेछ भने हामी त्यसको पनि खोजी गछौ ।’ रथी कार्कीले भने ।

अहिलेको पुस्ताले इतिहास बिर्सेदै गएको र पुर्खाहरु नेपाल एकिकरण गर्ने बेला प्रयोग गरेका पदमार्ग,किल्ला गढीहरुलाई संरक्षण गरेर त्यसलाई जिवन्त राख्नका लागि नेपाली सेनाले देशभर नै यो अभियान सुरु गरेको रथी कार्कीको भनाई थियो । नेपाल सरकारको नीति अनुसार नै नेपाली सेनाले त्यसको संरक्षणको अभियानको थालनी गरेको रथी कार्कीले बताए ।
सिन्धुली जिल्लामा रहेको एतिहासिक सिन्धुलीगढी किल्लालाई नेपाली सेनाले संरक्षण सुरु गरेपछि अहिले त्यस क्षेत्रमा पर्यटकहरुको अवगमनमा वृद्धी भएको र तिनै तहका सरकारले समेत पर्याप्त बजेट राखेर त्यसको संरक्षण गर्न सुरु गरेको कार्कीले जानकारी दिए ।

अहिलेको पुस्ताले इतिहास बिर्सेदै गएको र पुर्खाहरु नेपाल एकिकरण गर्ने बेला प्रयोग गरेका पदमार्ग,किल्ला गढीहरुलाई संरक्षण गरेर त्यसलाई जिवन्त राख्नका लागि नेपाली सेनाले देशभर नै यो अभियान सुरु गरेको हाे

नेपाली सेनाले देशका सामरिक महत्व राख्ने ऐतिहासिक स्थलहरुको संरक्षण गरिरहेको बताउँदै पृतनापति उपरथी कार्कीले संरक्षित स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनको वातावरण तयार गर्ने, विद्यार्थीहरुलाइै शैक्षिक भ्रमण गराई पुस्तान्तरण गर्ने, ईतिहासका बारेमा अध्ययन अवलोकन गराउने, विद्यालयहरुमा बालबालिकाहरुलाई जानकारी गराउने, होर्डिङ्गबोर्ड र साईनपोस्टिङ्ग गर्न गण तथा गुल्महरुलाई निर्देशन समेत दिए । तिनै जिल्लामा रहेका नेपाली सेनाका गणहरुका प्रमुख स्थानीय तहका जनप्रतिनिधिहरुलाई समेत एकै ठाउँमा राखेर पृतनापति कार्कीले एतिहासिक क्षेत्रको संरक्षणको सुरुवात गर्न सेनाका प्रमुखहरुलाई निर्देशन समेत दिएका थिए ।

ऐतिहासिक क्षेत्रको संरक्षण पुर्खाहरुको सम्झना मात्रै नभई नेपाल एकिकरणमा भएका महत्वपूर्ण दस्ताबेजहरुको संरक्षण पनि भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । नेपाली सेनाले सुरुवात गरेको यो अभियानले ऐतिहासिक र सामरिक महत्वका क्षेत्रहरुको संरक्षण्मा सहयोग पुग्ने ढकालले बताए ।

अन्र्तक्रिया कार्यक्रममा २६ नम्वर बाहिनी अड्डाका सहायक रथी विष्णु राउतले बाहिनीको कार्यक्षेत्र रहेका तीनवटा जिल्लाका ऐतिहासिक क्षेत्रका सन्र्दभमा साझा अवधारणा बनाउनका लागि अन्र्तक्रिया कार्यक्रमले सजिलो भएको बताए ।
नेपाल एकिकरणको बेला तिब्बतसँगको लडाइका क्रममा काठमाडौकोसाँखु, सिन्धुपाल्चोकको भोटेचौर, मेलम्ची, नवलपुर,चौतारा, जलविरे,हगाम,लिस्तीकोट हुदै दुगानगढीमा पुगेको इतिहासमा उल्लेख गरिएको छ । यो पदमार्गलाई पनि संरक्षणका लागि सेनाले अभियान सुरुवात गरिसकेको सेनाले जानकारी दिएको छ ।


२०७२ को भुकम्पमा क्षतीग्रस्त भएको दुगानगढी अहिले प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा जिर्णाद्धार गरिएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । त्यस्तै काभ्रे जिल्लामा १८०३मा त्यतीबेला नगरकोट कब्जा गरेपछि पलाञ्चोक,चौकोट,फुलबारी,बुच्चाकोट, मेथिनकोट,धुलिखेल शारदाकोट पनौती हुदै १८२० मा बनेपा कब्जा गर्न पृथ्वीनारयण शाहले यो पदमार्ग प्रयोग गरेका थिए ।

नेपाली सेनाको अन्र्तक्रिया कार्यक्रममा कार्यक्रममा गोरखबक्स गण सिन्धुपाल्चोकका गणपति निर्मलकुमार श्रेष्ठ, विष्णु दल गण धुलिखेलका गणपति नरेश केसी, तारा गण दोलखाका गणपति अनिल केसीले तीनवटा जिल्लामा भएका ऐतिहासिक पदमार्गहरु, कोट, गढी तथा किल्लाहरुको पहिचान र संरक्षणका बारेमा भएका प्रयास, समस्या र सम्भावनाका बारेमा जानकारी गराएका थिए ।

अन्र्तक्रिया कार्यक्रममा वर्द बहादुर गणका गणपति विजय थापा, श्री नम्वर २ का दिपक बरुवाल, सेनानी दिनेश न्यौपाने, इतिहासविद् मनिष यगोल, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका सुब्बा सुनुवार, होटल ब्यवसायी रामप्रसाद गौतम, वडा अध्यक्षहरु, पत्रकार, उद्योगी तथा होटल ब्यवसायीहरुको सहभागिता रहेको थियो । सहभागिहरुले ऐतिहासिक क्षेत्रको संरक्षण, प्रर्वद्धन र प्रचारप्रसारका लागि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

(Visited 235 times, 1 visits today)
Loading comments...

आजको समाचार

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

  इटहरी । झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना...

जुम्लाकाे पातरखाेलामा पहिराेले १० घर भत्किए,सिंगाे गाउँ जाेखिममा

  जुम्ला ।  जुम्लाकाे हिमा गाउँपालिकामा पहिराेले १० वटा घर भत्किएका छन्। हिमा गाउँपालिका वडा नम्वर ६ र ७ मा पहिराेले १० वटा घर भत्किएकाे...

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

साताका लोकप्रिय समाचार

दाइजोमा ग्यास चुल्हाे र सिलिन्डर नल्याएकाे भन्दै श्रीमतीलाई निर्घात कुटपिट

  सर्लाही ।  दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नल्याएको भन्दै सर्लाहीमा एक युवकले  नवदुलहीमाथि निर्घात कुटपिट गरेका छन् । दाइजोमा ग्यास चुल्हो र सिलिन्डर नल्याएको...

मनसुन मङ्गलबारसम्म देशव्यापी हुने, सतर्क रहन आग्रह

  काठमाडाैं । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन...

सुरु भयो सुदूरपश्चिमका सीमानाकामा भारत जानेहरुको ताँती

  धनगढी । सुदूरपश्चिम प्रदेशका सीमानाकाबाट भारत जाने नेपालीहरूको संख्या बढ्दै गएको छ । भारतमा कोरोना भाइरसको संक्रमण केही नियन्त्रणमा आएर जनजीवन सामान्य हुँदै व्यापार...

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबीपत्र पेश गरेका छन् । राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित उनले फेरि मुख्यमन्त्रीमा...

ट्रेन्डिङ

प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको भूकम्प, अष्ट्रेलिया र अमेरिकाले दियो सुनामीको चेतावनी

काठमाडौं । दक्षिण प्रशान्त महासागरमा बुधबार साँझ शक्तिशाली भूकम्प गएको छ । त्यहाँ ७.७ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ...

‘सञ्चारमन्त्रीलाई तत्काल बरखास्त गरियोस्’

काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटालाई तत्कालै बरखास्त गर्न साझा पार्टीले माग गरेको छ । मन्त्री बास्कोटाले...

सुदूरपश्चिममा १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५८ पुग्यो

 सुदरपश्चिम । सुदूरपश्चिममा आज थप १० जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका...

गाउँपालिकाको जेसिविमा अज्ञातद्वारा आगजनी

बारा । प्रसौनी गाउँपालिकाको जेसिविमा अज्ञात व्यक्तिले आगो लगाएको छ । बुधवार राती करिव १ बजेको समयमा आगो लागेको वडा नम्वर ६ का वडाध्यक्ष...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँछु भन्नु हाँस्यस्पद : कँडेल

काठमाडौं । पब्लिक इनोभेटर इन्जिनियर दीपेन्द्र कँडेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएर नाफामा नगएसम्म निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँछु...

चट्याङ लागेर रोल्पामा दुई महिलाको मृत्यु, एक घाइते

रोल्पा । चट्याङका कारण रोल्पामा दुई महिलाको ज्यान गएको छ भने एक घाइते भएका छन् । रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ७ गाङ नजिक...

फस्ट लुक्समा गोर्खे

काठमाडौं । यही २८ चैतमा रिलिज गरिने भनिएको चलचित्र ‘गोर्खे’को फस्ट लुक्स रिलिज गर्दै प्रदर्शन स्थगित गरिएको छ । यो चलचित्रमा रविन्द्र प्रताप सेन, अञ्जली अधिकारी, अर्जुन गुरुरू, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ ,बाल्दिप राईलगायतकाको अभिनय रहेको छ...

उदयपुरमा होली खेल्न निषेध

उदयपुर ।  महामारीको रुपमा फैलिएको कोरोना भाईरसलाई मध्ये नजर गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले होली खेल्न निषेध गरेको छ । सार्वजनिक रुपमा आयोजना हुने...

बागलुङमा कोरोनाको आशंकामा एकजना धौलागिरी अस्पतालमा भर्ना

बागलुङ । बागलुङमा कोरोना संक्रमणको आशंकामा एक जनालाई धौलागिरी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । गल्कोट नगरपालिका–६ चरौदीकी ६५ बर्षीया महिलालाई कोरोनाको शंकास्पद लक्षण...

नेकपा विवाद: आआफ्नै रणनीतिमा शीर्ष नेता

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको किचलोले पार्टी नै विभाजन हुने अवस्थामा पुगेपछि शीर्ष नेताहरू आआफ्नो रणनीतिमा जुटेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष...

निगमको वाइड बडी जहाज आज अष्टे्लिया उड्दै

काठमाडाैं । चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउदैँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज अष्टे«लिया उड्दैछ । राष्ट्रिय ध्वजावाहक...

नेपालमा संघीय शासनको सन्दर्भ

विश्वभर विभिन्न प्रकारका राजनीतिक व्यवस्थाका आधारमा राज्य सञ्चालन गरिएको हुन्छ । केन्द्रीय शासन व्यवस्थाका आधारमा जनकल्याणकारी हिसाबले शासन व्यवस्था सञ्चालन गर्दा विकेन्द्रीकरण, निक्षेपण आदिजस्ता...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)