भुक्तानी नगर्ने चिनी उद्योगीलाई पक्राउ गर्न पत्राचार

काठमाडौं । लामो समयदेखि उखु किसानको बक्यौता भुुक्तानी नगर्ने चिनी उद्योगीलाई कानुनी कारबाही गर्न गृह मन्त्रालयले जिल्ला प्रशासनलाई पत्राचार गरेको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा मंगलबार बसेको बैठकको निर्णयअनुसार चिनी उद्योगीलाई कानुनी कारबाही गर्न गृह मन्त्रालयले जिल्ला प्रशासनलाई पत्राचार गरेको हो ।

लामो समयदेखि चिनी उद्योगीले किसानको बक्यौता भुक्तानी नगर्दा किसान आन्दोलनमा उत्रिएपछि कृषि, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र गृहमन्त्रीबीच गृह मन्त्रालयमा बैठक भएको थियो । तीन मन्त्रालयका मन्त्रीहरूबीचको छलफल पछि किसानको बक्यौता भुक्तानी नगर्ने चिनी उद्योगीलाई कारबाही गर्ने निर्णय भएपछि सर्लाही, नवलपरासी र रौतहटका जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी पठाएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

प्रवक्ता बुढाले चिनी उद्योगीले किसानलाई पटक पटक सहमति गरी झुलाउने काम गरेको हुँदा अब कारबाही गरेर नै किसानको बक्यौता भुक्तानी गर्न लगाउने बताए । प्रवक्ता बुढाले भने, ‘अब किसानलाई रुवाएर उद्योगीलाई यतिकै छोड्ने होइन । पटक पटक दिन्छु दिन्छु भन्दै उद्योगीले किसानलाई धेरै पटक झुलाइसकेका छन् । अब कुनै पनि हालतमा उद्योगीको बहानाबाजी चल्दैन । कानुनीअनुसार कारबाही हुन्छ ।’

प्रवक्ता बुढाले श्रीराम सुगर मिल रौतहट, अन्नपूर्ण सुगर मिल सर्लाही, इन्दिरा सुगर मिल नवलपरासी र लुम्बिनी चिनी उद्योग नवलपरासीका सञ्चालकलाई कारबाही गर्न मंगलबार नै पत्र लेखी पठाएको जानकारी दिए । उद्योगीले किसानको करिब ७० करोडभन्दा बढी बक्यौता भुक्तानी गर्न बाँकी रहेको बताए ।

वार्तामा आएनन् उखु किसान
चिनी उद्योगीले उखु किसानको बक्यौता भुक्तानी नदिँदा तीन दिनदेखि किसान माइतीघरमा आन्दोलनमा उत्रिएका छन् । सहमतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार चिनी उद्योगी र उखु किसानलाई दिउँसो ३ बजे वार्ताका लागि बोलाएको थियो । तर, किसान भने सो वार्तामा नै आएनन् । चिनी उद्योगीका तर्फबाट चिनी उत्पादन संघका अध्यक्ष शशीकान्त अग्रवाल उपस्थित थिए । सोमबार उद्योग, वाणिज्य आपूर्तिमन्त्री लेखराज भट्टले चिनी उद्योगीलाई उखु किसानको बक्यौता भुक्तानीको यथार्थ विवरण पेस गर्न ३ बजेको समय दिएका थिए । तर, किसानको बक्यौता भुक्तानी नदिने अन्नपूर्ण सुगर मिलका राकेशकुमार अग्रवाल र लुम्बिनी चिनी उद्योग सञ्चालकले मन्त्रीको निर्देशनअनुसार विवरण बुझाएनन् । उनीहरू वार्तामा पनि आएनन् ।

अध्यक्ष अग्रवालले भने, ‘मन्त्रीज्यूले उखु किसानको बक्यौता भुक्तानी नगर्ने मिलका सञ्चालकलाई कानुनी कारबाहीअनुसार पक्राउ गरी पैसा तिराउने भनेपछि चिनी उत्पादन संघका तर्फबाट केही समय माग गरेका छौं । चिनी मिलका सञ्चालकलाई किसानको भुक्तानी तिर्न आफूले पनि सम्झाउने प्रतिबद्धता गरेको छु । सायद उहाँहरूले किसानको बाँकी पैसा तिर्नुहुन्छ होला भन्ने विश्वास छ ।’

गत वर्ष वार्तामा आउँदा सहमति गरेर जाँदा सहमतिअनुसार उद्योगीले पैसा नदिएको र सरकारले किसानलाई प्रतिबद्धता गरेरअनुसार नगरेको हुँदा वार्तामा उपस्थित नभएको पीडित किसानको भनाइ छ । किसानको बक्यौता भुक्तानी नभएसम्म आन्दोलन निरन्तर गर्ने उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रको भनाइ छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका डा. नारायण रेग्मीले चिनी उद्योगीलाई पटक पटक समय दिँदा पनि किसानको बक्यौता भुक्तानी नगरेको हँुदा अब कानुनी प्रक्रियाअनुसार कारबाही अघि बढाउने बताए । प्रवक्ता रेग्मीका अनुसार पाँचवटा चिनी मिलले किसानको बक्यौता तिर्न बाँकी छ । महालक्ष्मी सुगर मिलले २० लाख, लम्बिनी सुगर मिलले ८ करोड ४१ लाख, अन्नपूर्ण सुगर मिलले १७ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख र श्री राम सुगर मिलले सबैभन्दा धेरै २६ करोड ७७ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिमका २ नगरपालिका हाक्ने जिम्मेवारी महिला जनप्रतिनिधिको काँधमा