Thursday, April 22, 2021
Home Exclusive गाउँपालिकाभरि छाउपडी प्रथा कायमै

गाउँपालिकाभरि छाउपडी प्रथा कायमै

,

दैलेख । विगत केही बर्ष अगाडी दैलेख जिल्लाका पश्चिमका साविकको २५ गाविसलाई छाउपडी प्रथा मुक्त घोषणा गरियो । त्यतिवेला महिला पनि स्वयं उपस्थिति भएर छाउ नबार्ने, घरमै बस्ने प्रतिवद्धता जनाए । केही एनजिओ र आईएनजिओले छाउपडी प्रथा उन्मुलन भएको देखाउन गरिएको घोषणा, घोषणामै सीमित रह्यो । महिला नछुने भएको बेला छाउ गोठमै बस्न थाले ।

गतबर्ष नेपाल सरकारले छाउप्रथा उन्मुलनको लागि धमाधम छाउगोठ भत्काउने अभियान ल्यायो । जिल्ला प्रशासन,नेपाल प्रहरी, जिससका प्रतिनिधि, गैरसरकारी संस्था प्रतिनिधि र स्थानीय सरकारका जनप्रतिनिधिले गाउँगाउँमा गएर धमाधम छाउगोठ भत्काइयो । जिल्लाभर झण्डै १ हजार भन्दा बढी छाउगोठ भत्काईयो ।

स्थानीय सरकारदेखि जिल्ला प्रशासन,नेपाल प्रहरी सहितको टोलीले छाउगोठ भत्काएपनि कुसंस्कारको रुपमा रहेको मनभित्रको छाउगोठलाई भत्किएन । महिला महिनावारी भएको बेला ओडार,खेतवारीमा त्रिपाल हालेर रात कटाउन थाले । महिवारी भएको बेला महिलालाई झनै जोखिम बढदै गयो ।

जिल्लामा नछुने भएर छाउगोठमा बस्दा दुईजना किशोरको मृत्यु भइसकेको छ । जिल्लाको पुर्व गाउँपालिकामा महिनावारी भएको बेला घरमै बस्ने गरेपनि पश्चिमका गाउँपालिका र नगरपालिकामा महिला छाउ गोठमा बस्ने गरेका छन् । स्थानीय सरकारले छाउपडी प्रथा न्यूनिकरणका लागि बजेट विनियोजन गरेपनि कार्यान्वयन महिलालाई जानकारी नभएको ठाटीकाँध गाउँपालिका –२ की मनसरा विष्टले बताइन ।

केही दिन अगाडी दैलेखको ठाटीकाँध गाउँपालिका ५ तोलिपाटामा मानव अधिकार सुनिश्चित, गुणस्तरिय शिक्षा,अन्तरक्रिया कार्यक्रमका सहभागीका सेनेटरप्याडको जानकारी दिदै, सोसेककी कार्यक्रम सहायक निर्देशक दुर्गा गिरी ।

गाउँ सभामा बजेट विनियोजन हुन्छ । छाउपडी प्रथा न्यूनिकरणका लागि तर कार्यान्वयन हुँदा कहाँ खर्च हुन्छ । कसले खर्च गर्छ । कसरी खर्च हुन्छ । अहिलेसम्म गाउँपालिकामा कुनै पनि महिलालाई जानकारी छैन, विष्ट भनिन् । तर गाउँपालिका उपाध्याक्ष एवं न्यायिक समितिकी संयोजक सुस्मिता सिंह भने विभिन्न सञ्चार माध्यममा गाउँपालिकामा छुईबार्ने काम हटेर गएको बताउँछिन् । पहिला त थियो, तर घर आँगनमा जान मान्दैन थिए ।

स्थानीय सरकारसँग जनचेतना जगाउँदै गएपछि अधिकाँश महिला नछुने भएको बेला छाउगोठमा बस्दैनन । जसले गर्दा छाउ भएकै कारण अकालमै कुनै पनि महिलाले ज्यान गुमाउनु परेको छैन ।नछुने भएको बेला आफुले उपाध्याक्ष सँग महिला कार्यक्रम सञ्चालन गरेर पोषण खानेकुरा दिने गरेको बताईन ।

बाहिर छुई हुँदा घरमै बस्छौं भने पनि गाउँभरिका सबै महिला नछुने भएको बेला अलग्गै छुट्टै बस्छन् । घरमा मात्र होइन, विद्यालयमासमेत छाउपडी प्रथा बार्ने गरिन्छ ।

तर गाउँपालिका स्थानीय महिला भने, उपाध्यक्ष नै सञ्चारमा माध्यममा झुठो कुरा बोलेर महिला झुक्याई रहेको आरोप लगाउँछन् । उहाँ गाउँपालिकामा त महिनाको चार पाँच दिन मात्र बस्नुहुन्छ । कहिले कार्यक्रम गरेर छुईनेरी पोषण खाने कुरा दिईन । यो सबै झुठो हो । बरु छुईनेरीको नाममा उपाध्यक्ष कर्मचारी मिलेर छाउपडी प्रथा न्यूनिकरण रकम हिनामिना गरेको ठाटीकाँध –२ की लालसरा विकले आरोप लगाईन ।

मंसिर २५ गते ठाटीकाँध गाउँपालिका –५ मालिकामा माविमा ७२ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस डिसेम्बर १० दिन मानव अधिकार सुनिश्चित,गुणस्तरिय शिक्षा अन्तरक्रिया कार्याक्रममा आफुहरुले छाउपडी बार्ने गरेको विमला विकले खुलासा गरेकी थिईन । गाउँपालिका र वडाकार्यालय छुई बारे गाउँपालिका र वडाबाट पाउने सेवा सुविधा बन्द गराईदिने भनेपछि छुई बार्दैनौ त भन्छौं ।

तर नछुने भएको बेला छुटै छाउगोठ नभए पनि घरको मुनि वा गाई गोरु भैसी बाँध्ने एक छेउतिर बस्ने गछौं । छुई नबारिकन क्या अन्र्या, देवता रिसाउँछन । घरमा विसञ्चो हुन्छ । कोही विरामी पर्दा धामी झाँक्री छुईनेरी लसपस भयो, भन्छन । छुई बार्नै त प-यो, उनले भनिन् ।

उनी मात्र होइनन सोही वडाका सबै महिलाले छुई बार्ने गरेको मालिकामा माविकी छात्रा सुमित्रा शाहीले बताईन । बाहिर छुई हुँदा घरमै बस्छौं भने पनि गाउँभरिका सबै महिला नछुने भएको बेला अलग्गै छुट्टै बस्छन् । घरमा मात्र होइन, विद्यालयमासमेत छाउपडी प्रथा बार्ने गरिन्छ ।

नजिकै लाटा देवताको मन्दिर छ । तल्लो तलामा महिनावारी लागि उपयुक्त मानिएपनि माथिल्लो तलामा छात्रालाई जान बन्देज गरिएको छ,छात्राले खुलासा गरिन । गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंह सोही वडाकी रैथाने बासिन्दा हन ।

गाउँपालिकाको वडानं ५ मात्र होइन । गाउँपालिकाभरि नै छाउपडी प्रथा कायमै रहेको स्थानीय बासिन्दा बताउँछन् । बाहिर छैन भनेर के गर्ने । गाउँपालिकाका सबै वडाभरि छाउपडी मान्छन् । छाउपडी मान्दैनौं भन्ने घरमा महिला नै छैनन होला । देवता जहाँ सम्म रहन्छन् । त्यहाँसम्म छाउ मान्ने परम्परा रहीरहने ठाटीकाँध गाउँपालिका –१ का खड्गेको वडको भनाई छ ।

छाउपडी कम गर्नाका लागि स्थानीय सरकारले जनचेतना अभियान,धामि झाँक्री सँग बैठक जस्ता क्रियाकलाप काम गर्नुपर्छ । छाउ मान्नुहुदैन भन्दा सरसफाई गरेर सुरक्षित पोषणयुक्त खाने खानुपर्छ भनेर विस्तार छोडनु लगाउनुपर्छ । अनि मात्र सबैले सहयोग गर्छन,उनले थपे ।

तर शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल संयोजक एवं सामाजिक सेवा केन्द्र नेपाल सोसेक दैलेख कार्यक्रम सहायक निर्देशक दुर्गा गिरी गाउँपालिकाभरि नै छाउवार्ने चलन व्यापक रहेको बताइन । गाउँका शिक्षित परिवार देखी निम्न सबै परिवारमा छाउ बार्ने चलन छ ।

विद्यालयमा सेनेटरी प्याड गएपनि छात्रा लजाउँछन् । माग्दैन सक्दैन । पिडा लुकाएर बसेका छन् । यसका लागि गाउँपालिका समुदायस्तर देखी विद्यालयसम्म सेनेटरी प्याड र प्रयोगबारे जनचेतना फैलाउनुपर्छ । नत्र महिवारीका पिडा मनै रहने । सेनेटरी प्याड विद्यालयमा थन्काईनुपर्ने अवस्था नआउला भन्न सक्दिैन ।

गाउँपालिकाले त छाउप्रथा सम्बन्धि कुनै क्रियाकलाप नगर्नुले गाउँपालिकाका जनप्रतिनिधीले समस्या होइन भनेर कुसंस्कारलाई सामान्य तरिकाले लिएका छन, गिरीले आक्रोश पोखिन । कुसंस्कारलाई स्थानीय सरकारले नै वेवास्ता गर्नु अपराध नै हो । महिनावारी मर्यादित बनाउन गाउँपालिका आफै लागेपछि सहयोगीका हातहरु जुटिहाल्छन, उनले थपिन ।

(Visited 472 times, 3 visits today)
Loading comments...

आजको समाचार

पाकिस्तानको सेरेना होटलमा बम विस्फोट, चार जनाकाे मृत्यु

एजेन्सी । पाकिस्तानी क्वेटा शहरस्थिति एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका...

कोरोना संक्रमणबाट पर्सामा एकै दिन २ जनाको मृत्यु

वीरगन्ज । कोरोनाको दोस्रो लहर सुरु भएपछि पर्सामा एकै दिन दुई संक्रमितको मृत्यु भएको छ । वीरगन्ज १६ की ६१ वर्षीय महिलाको मृत्यु भएको...

सरुमारानी गाउँपालिकामा ‘छोरी पेवा बचत कार्यक्रम’

प्यूठान । छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउन सरुमारानी गाउँपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । पालिकाका सवै छोरीलाई शिक्षामा...

क्लेप्टोमेनियाँ रोगको बिगबिगी

क्लेप्टोमेनियाँ एउटा मानसिक रोग हो । यो रोगले प्रभावित मानिसमा अरूको सामान, सम्पति वा कुनै पनि वस्तु चोरूँ चोरूँ जस्तो लाग्दछ । सामान्यतया मानिसमा...

रेम्डेसिभिर, खोप र अक्सिजन अभाव

काठमाडौं । कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ । दैनिक संक्रमणदर २ हजारमाथि पुगे...

साताका लोकप्रिय समाचार

सभामुखले एमसिसी संसदमा प्रवेश नगराएकोमा प्रधानमन्त्रीको चित्त दुखाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, तीनै तहका रिक्त क्षेत्रका उपनिर्वाचन र संसद्का कामकारवाहीका विषयमा छलफल भएको छ...

उपनिर्वाचन अनिश्चित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका...

यातायात मन्त्री नेम्वाङले भने ‘ढुक्क हुनुहाेस् वैशाखभित्रै रेल चल्छ’

महाेत्तरी । जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख...

पाकिस्तानको सेरेना होटलमा बम विस्फोट, चार जनाकाे मृत्यु

एजेन्सी । पाकिस्तानी क्वेटा शहरस्थिति एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका...

आजबाट आयल निगम ईआरपी प्रणालीमा

काठमाडौँ । आजबाट नेपाल आयल निगम इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली जाने भएको छ । पेट्रोलियम पदार्थको आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित र सुधार...

ट्रेन्डिङ

ब्राजिलमा पहिरोबाट ४२ जनाको मृत्यु

साओ पाउलो ।  ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भिषण वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ । उद्धारकर्मीहरुका अनुसार उक्त...

तालसको सकियो छायांकन

काठमाडौं । गत असोजबाट केही चलचित्रको छायांकन सुरु भएको छ । यसैक्रममा नेपाली चलचित्र ‘तलास’को यतिबेला छायांकन सकिएको छ । यो चलचित्रको छायांकन सम्पन्न...

प्रचण्ड सडकमा निस्किए

काठमाडौं । संसद विघटन र अवैधानिक रुपमा संवैधानिक आयोगमा नियुक्त गरेको भन्दै आज आम हड्ताल घोषणा गरेको नेकपा दाहाल–नेपाल समुहका नेताहरु सडक प्रदर्शनमा सहभागी...

विराज र विमलसहित ५८ खेलाडी प्रारम्भिक टोलीमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले टोली बाहिर रहेका कप्तान विराज महर्जन र फरवार्ड बिमल घर्तीमगरलाई टोलीमा समेट्दै ५८ सदस्यीय नेपाली राष्ट्रिय फुटबल...

काभानीलाई तीन खेलको प्रतिबन्ध

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका उरुग्वेली फरवार्ड एडिन्सन काभानीलाई तीन खेलको प्रतिबन्ध सुनाइएको छ । इंग्ल्यान्ड फुटबल एसोसिएसन (एफए) ले काभानीले सामाजिक सन्जाल...

शीतलहरले जनजीवन कष्टकर बन्दै

सुदूरपश्चिम । जाडो याममा तराईमा देखिने शीतलहरको समस्याले विगतमा जस्तै यस वर्ष पनि कैलाली, कञ्चनपुरलगायतका जिल्लामा वर्षेनी जनजीवन कष्टकर बन्ने गरेको छ । दिनभरी...

स्याङ्जामा एकै दिन थपिए १० जना संक्रमित

स्याङ्जा । स्याङ्जामा एकै पटक १० जना कोरोना संक्रमित थपिएकाछन् । स्याङ्जाको वालिङ नगरपालिका घर भइ भारतबाट आएर पालिका कै क्वारेन्टाइनमा बस्दै आएका ८...

राष्ट्रिय कविता महोत्सव स्थगन

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ६३ औँ वार्षिकोत्सवका उपलक्ष्यमा असार ९ गते आयोजना गर्न लागिएको राष्ट्रिय कविता महोत्सव–२०७७ स्थगन गरिएको छ । प्रज्ञा–प्रतिष्ठानले एक सूचना प्रकाशित...

उपत्यकामा लकडाउन उल्लंघन गर्ने ४०७ सवारी नियन्त्रणमा

काठमाडौं । विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नफैलियोस् भनेर सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) उल्लंघनका घटना पछिल्ला दिनमा वृद्धि भएको...

विश्वविजेता फ्रान्स सहज समूहमा

जुरिच । एसियाली राष्ट्र कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि युरोप क्षेत्रको समूह विभाजन गरिएको छ । सोमबार राति...

पर्यटक घुम्न सक्ने वातावरण बनाउँछौं

कोभिड–१९ ले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र बनेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला कोभिड–१९ को संक्रमणसँगै थला परेको...

राजनीतिक कोभिडबाट देशलाई मुक्त गर्न अध्यादेश : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मुलुक दुई वटा कोभिडबाट आक्रान्त भएको बताउँदै राजनीतिक कोभिडबाट देशलाई मुक्त गर्न अध्यादेश ल्याइएको बताएका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)