जावलाखेलको आफ्नै कभर्ड बन्ने

काठमाडौं । भलिबल खेलाडी उत्पादनका लागि महŒवपूर्ण भूमिका खेल्दै आएको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको अब आफ्नै कभर्डहल हुने भएको छ । कभर्डहलको मंगलबार सिलान्यास गरिएको छ । ललित महानगरका वडा अध्यक्षद्वय १३ का गणेश केसी, ४ का नारायण केसी र प्रशिक्षक केन्द्रका संस्थापक अध्यक्ष माधव खड्काले संयुक्त रूपमा कभर्ड हलको सिलान्यास गरेका थिए ।

शिलान्यासका समयमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौला, राष्ट्रिय भलिबल टोलीका पूर्व प्रशिक्षक कपिलकिशोर श्रेष्ठलगायत क्लब पदाधिकारीको उपस्थिति थियो । कभर्ड हल निर्माणका लागि बागमती प्रदेश सरकारले २ करोड ४७ लाख रुपैयाँ बजेट छुट्याएको केन्द्रका अध्यक्ष खड्काले जानकारी दिए । वैशाख मध्यसम्ममा कभर्ड हल निर्माण सम्पन्न हुने लक्ष्य रहेको पनि उनले जानकारी दिए ।

कोरोना संक्रमणका कारण चैत ११ देखि लकडाउन भएपछि भने केन्द्रमा दैनिक प्रशिक्षण बन्दै हुँदै आएको छ । त्यसअघि बिहान साँझ गरी ५० देखि ६० महिला पुरुषले नियमित अभ्यास गर्दै आएका खड्काले बताए । २०५० सालबाट केन्द्रको औपचारिक उद्घाटन भएको थियो ।

कभर्ड हलको निर्माणले अब १२ महिना प्रशिक्षण गर्न, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सहज हुने अध्यक्ष खड्काले बताए । ‘भलिबलमा सीमित भौतिक पूवार्धार छन् । अब यो कभर्ड हल निर्माण भएपनि भलिबलका लागि थप सहज हुनेछ,’ खड्काले भने, ‘हाम्रो योजना स्वीकार गरी बजेट व्यवस्था गरिदिएकोमा प्रदेश सरकारलाई धन्यवाद दिन चाहन्छौं ।’

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा महानगरमा धनराज २७ सय मतले अगाडी