सकुन्दा पर्वत (ललितपुर) । कुक यात्रा समूहले २५ सय मिटर उचाईमा पुगेर बनाएको चित्रकला कालेश्वर मन्दिर जिर्णोद्वार समिति अध्यक्ष चरसुन्दर महर्जनलाई ‘अन द स्पट’ हस्तान्तरण गरेको छ ।
सकुन्दा पर्वतमा बिहान ६ बजेबाट बनाउन थालिएको चित्र पूरा गर्न कलाकारत्रय सुरेम देशार, दिलकुमार देशार र अशुराम खाइजुलाई झन्डै पाँच घण्टा लागेको थियो । उनीहरूले कालेश्वर महादेव मन्दिर आफ्ना क्यानभासमा उतारेका हुन् ।
‘मन्दिरको जति प्रचार हुनुपर्ने हो, त्यो हुन सकेको छैन,’ कलाकात्री सुरेम देशार भन्छन्, ‘त्यही भएर पनि हामीले यहा“को स्पट छोनेका हौं ।’
‘एक्रलिक’ रङ प्रयोग गरी बनाइएका चित्र तीनैजना कलाकारले फरक–फरक ‘एंगल’मा बनाएको अर्का कलाकार दिलकुमार देशारले सुनाए । ‘मन्दिरमै आएर चित्र बनाएको यो पहिलो नै हो,’ तत्कालीन चापागाउँ गाविस अध्यक्षसमेत रहेका महर्जनले भने, ‘धार्मिक एवं ऐतिहासिक कालेश्वर महादेव मन्दिर प्रचारप्रसार भएको खण्डमा दक्षिण ललितपुरकै मुख्य गन्तव्य हुनेमा हामी आशावादी छौं ।’
दक्षिण ललितपुरमा पर्ने कालेश्वर महादेव मन्दिर पुग्न गोटीखेलबाट तीन घन्टा ठाडो उकालो हिँड्नुपर्छ ।