अझै लगानीको वातावरण बन्न सकेन : उद्योगपति चौधरी

काठमाडौं । संघीय सांसद तथा उद्योगपति विनोदकुमार चौधरीले नेपालमा अझै लगानीको वातावरण बन्न नसकेको बताएका छन् । उद्योगपति चौधरीले बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अर्थनीति बहसको कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । उनले सरकारले निजी उद्योगी व्यवसायीलाई हेर्ने नकारात्मक सोचका कारण नेपालमा लगानीको वातावरण बन्न नसकेको बताए ।

नेपालमा लगानी लगाउन चाहने र नयाँ युवा उद्यमशील बन्न चाहना भएतापनि उपयुक्त वातावरण नहुँदा नेपालमा आर्थिक क्षेत्रका विकास हुन नसकेको उनको भनाइ छ । उनले निजी औद्योगिक क्षेत्रको विकासका लागि ऐन कानुन नीति नियम बनाउने कानुनी निर्माताको सोचमा सकारात्मक परिर्वतन नआएसम्म नेपालमा लगानीको सहज वातावरण बन्न नसक्ने बताए ।

उद्योगपति चौधरीले ४५ वर्ष लामो उद्योग क्षेत्रमा काम गरेको अनुभव सुनाउँदै भने,‘नेपालमा धेरैजस्तो कानुन औद्योगिक क्षेत्रको विकासका लागि बाधक बनेका छन् । उद्योगी व्यवसायीप्रति नेपालमा कानुन बनाउने निर्माताको हेर्ने दृष्टि नै गलत हुने हुँदा ऐनकानुन नीतिनियमले उद्योगी व्यवसायीलाई बाँघ्ने गरेको छ । उनले भने, ‘यदि देशमा लगानीको वातावरण बनाएर औद्योगिक क्षेत्रको विकास गरी बिदेसिएका युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने हो भने कानुन बनाउनु निर्माताको सोचमा परिवर्तन ल्याउनुपर्छ ।

जुन उद्योगीले आफ्नो जीवनकाल उद्योगमा बितायो ऊ केही नजान्ने । तर, ऐन कानुन बनाउने उद्योगीलाई यसरी सोच्छन् कि उद्योगी केही जान्दैन । यसलाई केही थाहा हुँदैन भन्ने अहिलेको मानसिकता अन्त्य नभएसम्म देशमा नयाँनयाँ लगानीकर्ताको जन्म हुँदैन ।’ उनले भने, ‘देशमा कानुन कसरी बन्छ भन्ने सबैलाई थाहा छ । म आफैं दुईपटक कानुन बनाउने ठाउँमा पुगिसकेको छु ।’ ‘नियन्त्रण गर्ने मानसिकता र नकारात्मक सोच देशको आर्थिक विकास हँुदैन । जबसम्म यस्ता सोचबाट मुक्ति पाइँदैन तबसम्म मुलुकले आर्थिक रूपमा फड्को मार्न सक्दैन ।’

यसैगरी, उनले ऐन कानुन निर्मातामा पनि दक्षता हुनुपर्ने बताए । पुरानो सोचलाई परिवर्तन गर्नैपर्छ । उनले भने, ‘आर्थिक क्षेत्रको विकासका लागि कानुनी सहजता हुनु आवश्यक छ ।’ उनले भने, ‘आपूm उद्योग क्षेत्रमा लागेको ४५ वर्ष भइरहेको छ । तर, नेपालमा अझै कानुनी समस्या उस्तै छन् । कानुनी बाधा अड्चनका बाजुत पनि २०४६ सालपछि निजी क्षेत्र आर्थिक विकासमा ठूलो परिवर्तन ल्याएको छ । विभिन्न क्षेत्रमा लगानी लगाएका छन् । पर्यटन, शिक्षा औषधिजन्य कृषिलगायतका क्षेत्रमा लगानी बढेको छ । नेपालमा लगानी लगाउन सक्ने क्षेत्र धेरै नै छन् । तर, सहज वातावरण बन्न सकेको छैन ।’

उनले भने, ‘पछिल्लो समय नेपाली पनि स्वदेशमै केही मानिस उद्यमी बन्न चाहन्छन् । तर, उनीहरूलाई उद्यमशील बन्ने उपयुक्त वातावरण सरकारले दिन सकेको छैन । नयाँनयाँ प्रविधिसँग जोडिएर नेपाली युवा उद्यमी बन्नतर्फ लागेका छन् । उनीहरूको प्रोत्साहनका लागि सरकारले केही भूमिका देखिँदैन । राम्रो वातावरण नहुँदा धेरै युवा निराश हुनुपरेको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 417 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान् वडा सदस्यमै पराजित