‘उखुको भुक्तानी नदिनेलाई पक्राउ नगर्नुस्’ भन्दै उद्योगमन्त्रीलाई फोन गर्ने को ?

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्न भन्दै नेताहरुको फोन आएको बताएका छन् ।

प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् । किसानको नाममा ट्विटरमा ठूलो वकालत गर्ने तर मलाई फोन गरेर फलानो उद्योगी नपक्र भन्ने यो कस्तो चरित्र हो ? मन्त्री भट्टले प्रश्न गरे ।

तर, उनले आफुलाई फोन गर्ने नेताको नाम चाँही उल्लेख गरेनन् । उखु बिक्री वापतको भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान ४ दिनदेखी माइतीघर मण्डलामा आन्दोलनमा छन् । सरकारले उखु किसानको भुक्तानी नगर्ने चिनिमिल सञ्चालकलाई प्रक्राउ गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हत्या भएको ६ महिनापछि शव भेटियो

कुरी-कुरी