सिंहदरबारभित्रका कर्मचारी सबै भन्दा अटेरी

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रै रहेका कर्मचारीहरू अटेरी रहेको पाइएको छ । सिंहदरबारमा कार्यरतमध्ये निर्धारित पोसाक नलगाई आएका ४ सय ७५ जना कर्मचारी कारबाहीमा परेका छन् ।

राष्ट्रिय सतर्कता केन्द्रले बुधबार सिंहदरबार प्रवेश गर्ने तीनवटा गेटमा एकैपटक छड्के अनुगमन र निरीक्षण गर्दा ४ सय ७५ जना कर्मचारी सरकारले तोकेको पोसाक नलगाई आएको पाइएको थियो ।

सतर्कता केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदीले ड्रेस कोडको उल्लंघन गर्ने ४ सय ७५ जना कर्मचारीलाई कारबाही गरिएको जानकारी दिए । यसरी कारबाहीमा पर्नेहरूमा कार्यालय सहयोगीदेखि सहसचिवसम्मका कर्मचारी रहेका छन् ।

सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा पहिलोपटक गरेको अनुगमनका क्रममा निर्धारित पोसाक नलगाई आउने कर्मचारीलाई सचेत पारिएको जानकारी दिएको छ । दोस्रो चरणमा हुने अनुगमनमा पनि निर्धारित पोसाकबिना नै कर्मचारी आएको पाइएमा निजामती सेवा ऐन र नियमावलीमा उल्लेख भएको नियमअनुसार कारबाही गरिने केन्द्रले जनाएको छ ।

केही दिनअघि मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सतर्कता केन्द्रलाई पत्र लेख्दै कर्मचारी कार्यालयमा नियमित आए नआएको तथा ड्रेस कोडको पालना भए नभएको ’boutमा नियमित अनुगमन गरी कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेको थियो । सोहीअनुसार केन्द्रले बुधबारदेखि अनुगमन थालेको हो ।

केन्द्रले कर्मचारीहरूको समय पालना’bout समेत नियमित रूपमा अनुगमन गर्ने गरी योजना बनाइएको जानकारी दिएको छ । कर्मचारी कार्यालय समयमा सरकारीभन्दा आफ्नै व्यक्तिगत काममा व्यस्त हुन थालेपछि केन्द्रले उनीहरूलाई जिम्मेवार बनाउन अनुगमन नियमित गर्ने तयारी गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
पाल्पाकाे माथागढीमा एमालेको जित