Friday, April 23, 2021
Home प्रदेश प्रदेश ३ एक साताभित्र उखु किसानको बक्यौता भुक्तानी गर्न संसदीय समितिको निर्देशन

एक साताभित्र उखु किसानको बक्यौता भुक्तानी गर्न संसदीय समितिको निर्देशन

,

काठमाडौँ । संसदीय समितिले एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई रकम भुक्तानीका लागि निर्देशन दिएको हो । समितिका सभापति विमलप्रसाद श्रीवास्तव उखुको रकम भुक्तानी नदिएको भन्दै किसान आन्दोलित बनेपछि समितिले एक साताभित्र भुक्तानी सकेर प्रतिवेदन पेश गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिइएको बताउँछन् ।

‘गत वर्ष पनि किसान विभिन्न उद्योगले रकम नदिएको भन्दै आन्दोलन गर्न काठमाडौँ आउनुभएको थियो, एक वर्ष अगाडि भएको सहमतिअनुसार अझै भुक्तानी नभएपछि हामीले भुक्तानी गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएका हौँ’, उनले भने, ‘उखु किसानको समस्या अहिले नै समाधान हुन्छ, उखुको रकम भुक्तानी नपाएको भन्दै अर्को वर्ष आन्दोलन गर्नुपर्ने अवस्था आउँदैन ।’

समितिले ११ वटै चिनी उद्योगमा कार्यरत श्रमिकको अवस्थाका बारेमा स्थलगतरुपमा अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । लामो समयदेखि केही चिनी उद्योग बन्द भएका र अन्य उद्योगले समेत श्रमिकलाई बेवास्ता गर्ने गरेको सूचना समितिमा आएको भन्दै स्थलगतरुपमा अध्ययन गरेर समस्या समाधानको व्यवस्था मिलाई विवरण उपलब्ध गराउन श्रम मन्त्रालयलाई निर्देशन दिइएको सभापति श्रीवास्तवले जनाकारी दिए ।

श्रीरामले तीन दिनमा रकम भुक्तानी गर्ने

लामो समयदेखि बन्द रहेको श्रीराम सुगर मिलले तीन दिनभित्र बाँकी रकम भुक्तानी गरिसक्ने सहमति जनाएको उद्योग मन्त्रालयले जनाएको छ । समितिको बैठकमा उद्योगमन्त्री लेखराज भट्टले श्रीराम मिलका सञ्चालकले तीन दिनभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।

‘हामीले पकटपटक आग्रह गर्दा उद्योगीले बाँकी रकम भुक्तानी गर्न आनाकानी गरे, हामीले बाध्य भएर कानूनी प्रक्रियाअनुसार तीन चिनी उद्योगका सञ्चालकलाई कारवाही गर्न गृह मन्त्रालयमा पत्राचार गरेका थियौँ’, उनले भने, ‘गृह मन्त्रालयले पक्राउको सम्पूर्ण अधिकार सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएर कारवाहीको निर्देशन दिएपछि श्रीरामका सञ्चालकले भुक्तानी दिने सहमति गरेका हुन् ।’

उनका अनुसार श्रीराम सुगर मिलका सञ्चालकले शुक्रबारबाट तीन दिनभित्र बाँकी सबै रकम किसानको खातामा राख्ने सहमति गरेको छ । उद्योग मन्त्रालयको तथ्याङ्कअनुसार श्रीरामले रु ३५ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी छ ।

गत वर्षको पुस १८ गते सरकार, चिनी मिल र उखु किसानबीच भएको सम्झौताअनुसार रकम भुक्तानी नपाएको भन्दै गत आइतबारदेखि उखु किसानले काठमाडौंमा आन्दोलन गर्दै आएका छन् ।

मन्त्रालयको तथ्याङ्कअनुसार महालक्ष्मी सुगर मिलको रु २० करोड, लुम्बिनी चिनी मिलको रु आठ करोड ४१ लाख, इन्दिरा सुगर मिलको रु चार करोड ७० लाख, अन्नपूर्ण सुगर मिलको रु १७ करोड र श्रीराम सुगर मिलको रु ३५ करोड गरी पाँच चिनी मिलबाट रु ६५ करोड ३१ लाख रकम भुक्तानी गर्न बाँकी छ । रासस

(Visited 102 times, 1 visits today)
Loading comments...

आजको समाचार

सरुमारानी गाउँपालिकामा ‘छोरी पेवा बचत कार्यक्रम’

प्यूठान । छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउन सरुमारानी गाउँपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । पालिकाका सवै छोरीलाई शिक्षामा...

अख्तियारले अब ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अप्रेसन’लाई अवैध ठहर गरेको छ । सर्वोच्चको फैसलाले विशेष अदालत र सर्वोच्च अदालतमा...

त्रिचालिस किलो गाँजासहित चारजना पक्राउ

सिन्धुली । जिल्लाका पश्चिमी भेगमा रहेको बाग्मति खोला नजिकबाट प्रहरीले ४३ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । हरिहरपूरगढी गाउँपालिका १ बागमती...

ओली र नेपालबीच आज दोस्रो वार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो वार्ता आज पनि हुँदैछ । होटल मेरियटमा दिउँसो...

सबै सिनेमा हल फेरि बन्द

काठमाडौं । नेपालका फिल्म हल सञ्चालक यतिबेला फेरि निराश भएका छन् । नेपालमा कोभिड–१९ को दोस्रो लहर बढेपछि सरकारले सबै सिनेमा हल बन्द गर्ने...

साताका लोकप्रिय समाचार

कतारी रियाल वैशाख २७ भित्रै साट्नु पर्ने, त्यसपछि नचल्ने !

काठमाडाैं ।  नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

कोरोना नियन्त्रणका लागि सहयोग गर्न दलहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सम्मपन्न सर्वदलीय बैठकमा...

धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

बिहीबार राति उल्का वर्षा हुने

काठमाडाैं ।  मौसमले साथ दिएमा  वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । वैशाख ३ गतेदेखि...

ट्रेन्डिङ

ओलीका दुईतिर रामबहादुर र टोपबहादुर नामका ढेडु बाँदर छन् : वर्षमान पुन

बुटवल । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले माओवादी जनयुद्ध र त्यसमा सहभागीलाई अपमान गरेको भन्दै आपत्ति जनाएका छन् ।...

एमालेमा वार्ताको ढोका उघ्रियो

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का शीर्ष नेताहरू पार्टीभित्र देखिएको विवाद र समस्यालाई वार्ता र संवादमार्फत समाधान गर्न सहमत भएका छन् । प्रधानमन्त्रीसमेत...

नयाँ पुस्ताले इतिहासको अध्ययन गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले इतिहासको बारेमा अध्ययन गर्नुपर्ने बताउनुभएको छ । इन्द्र दह एकीकृत पर्यटन...

सप्तरीको छिन्नमस्तामा जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न

राजविराज । यहाँस्थित छिन्नमस्ता एजुकेशनल मेडिकल कलेज एण्ड अस्पतालले जटिल मानिने शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । सप्तरीको रुपनी गाउँपालिका ३ हर्दिया कटैया निवासी...

छुरा प्रहार गरी हत्या,हत्या गर्ने फरार

काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु...

धेरै कानुन बने, कार्यान्वयनमा आउन सकेनन्

काठमाडौं । आज असोज ३ । अर्थात्, संविधान दिवस । ३ असोज २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीसहितको संविधान जारी भएको अवसरमा घरघरमै...

देवेन्द्रराज पाण्डेको नयाँ कृति ‘एक ज्यान दुई जुनी’ सार्वजनिक

काठमाडौं । नागरिक अगुवा, प्रखुर वक्ता एवं बौद्धिक व्यक्तित्व देवेन्द्रराज पाण्डेको आत्ममन्थन ‘एक ज्यान दुई जुनी’ लोकार्पण भएको छ । फाइनप्रिन्टले प्रकाशनमा ल्याएको कृति...

कोरोना त्रास : उच्च सतर्कता अपनाउन ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कोरोना भाइरसको सङ्क्रमणबाट नेपालीलाई जोगाउन सरकारको ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा अञ्जना विशुन्खे, अतहरकमाल मुसलमान, एकवल मियाँ,...

शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेकी बालिकामा देखियो कोरोना, अस्पताल नै सिल हुनसक्ने

काठमाडौं । बिहीबार विहान कोरोना भाइरस संक्रमण पुष्टि भएकी कपिलवस्तुकी ६ वर्षीया बालिका महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको न्यूरो सर्जरी वार्डमा उपचाररत रहेको खुलासा भएको...

लकडाउन अवधिमै नेप्सेमा २० करोड ४० लाख कित्ता सेयर सूचीकृत

काठमाडौं । कोरोना कहरकै बीचमा १५ करोड ९६ लाख बढी कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को...

राष्ट्रिय विकास समस्या समाधन समिति बैठक

काठमाडौं । देशभरिको विकास निर्माण, खर्चको प्रगति र विकास निर्माणमा देखिएका समस्यालगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रीहरू, विभिन्न प्रदेशका मुख्यमन्त्री र सचिवबीच...

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् । यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)