Friday, April 23, 2021
Home प्रदेश प्रदेश ३ कोरोनाको खोप उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री

कोरोनाको खोप उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री

,

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन् । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरुपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै उनले सरकार खोप आयात तथा वितरणका लागि लागिपरेको बताए ।

नेपाल आर्थिक पत्रकार सङ्घको नवनिर्वाचित कार्य समितिका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड–१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै खोपको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताए । ‘भ्याक्सिनमा नागरिकले दायित्व व्यहोर्नु पर्दैन, हामी त्यो तयारीमा छौँ’, उनले भने, ‘भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशसँग कुटनीतिक संवाद जारी राखेका छौँ ।’

उनले विश्व बजारमा सहजरुपमा उपलब्ध हुनासाथ नेपालमा आयात गर्नका लागि तयारी भइरहेको जानकारी दिए । मन्त्री पौडेलले मापदण्ड अनुसार कोभिड–१९ विरुद्ध अग्रमोर्चामा खटिएका र वृद्धवृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई खोप उपलब्ध गराएर कोभिड विरुद्धको लडाईलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहेको बताए ।

उनले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्र र जनजीवनलाई पुरानै लयमा फर्काउन र चलायमान बनाउन सरकार लागि परेको जनाए । ‘अर्थतन्त्रलाई सबल, सक्षम र गतिशिल बनाउन सरकारले सम्भव सबै उपाय अवलम्बन गर्छ’, उनले भने ।

(Visited 92 times, 1 visits today)
Loading comments...

आजको समाचार

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

साताका लोकप्रिय समाचार

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

सभापति देउवाद्वारा सांस्कृतिक पुस्तक लोकार्पण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खोजमूलक सांस्कृतिक ग्रन्थ ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक लोकार्पण गरेका छन् । देउवाले नुवाकोटका साहित्यकार श्रीराम...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

कोरोनाको नयाँ भेरियन्ट: एकै दिन हजार बढी संक्रमित

काठमाडौं । केही दिनयता नेपालमा कोरोनाको नयाँ भेरियन्ट समुदायस्तरमै फैलिएपछि यसबाट प्रभावितको संख्या दिनानुदिन हवात्तै बढ्न थालेको छ । कोरोना भाइरस संक्रमित हुनेको संख्या आइतबार...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

ट्रेन्डिङ

पत्रकार कुट्ने साह पुनः विवादमा

जनकपुरधाम । पत्रकार कुटपीट प्रकरणमा पक्राउ परी रिहा भएका एकजना होटेल व्यवसायी धर्मेन्द्र साह पुनः अर्को विवादमा परेका छन । गुठीको जग्गा भाडामा लिएर...

मनाङका २ शिक्षकमा कोरोना संक्रमण पुष्टि

लमजुङ । कोरोना मुक्त भएको हिमाली पारीको जिल्ला मनाङमा फेरि दुई जनामा संक्रमण पुष्टि भएको छ । मनाङमा कार्यरत दुई जना शिक्षकमा कोरोना संक्रमण...

यूके भेरियन्ट नियन्त्रणका लागि खोप विस्तार गर

कोरोना महामारी संक्रमणको दोस्रो लहरका रूपमा बेलायती संक्रमण अर्थात् यूके भेरियन्ट फैलँदै गर्दा नेपालको जनजीवन फेरि अस्तव्यस्त हुने देखिएको छ । यो नेपालमा एक...

स्वास्थ्य मन्त्रालयको गम्भीर लापरबाही : संक्रमित दाङका तर छैन विस्तृत विवरण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमित भएकाहरुको एकिन विवरण तयार नपार्दा व्यक्तिको पह्चिानमा अफ्ठेरो भएको छ । संक्रमणको आशंकामा अस्पतालहरुमा पुगेकाहरुको...

बालिका बलात्कारको आरोपमा दुई पक्राउ

अत्तरिया । कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा...

कोरोना संक्रमण फैलिन नदिन दैलेखमा निषेधाज्ञा जारी

दैलेख । यतिबेला जिल्लामा कोरोना भाइरस संक्रमण बिरामी बढदै गएका छन् । विभिन्न चाडर्व, दिवस र मेला गर्दा कोरोना समुदायसम्म फैलिएको छ । जिल्लाभर...

अवैध ३ लाख भारु सहित एकजना फक्राउ

जनकपुरधाम, ४ चैत ।  अवैध ३ लाख  भारु सहित एक भारतीय नागरिकलाई जनकपुरधाम एयरपोर्टवाट प्रहरीले पक्राउ गरेको छ । श्री एयरलाईन्सबाट काठमाण्डौ जान लागेको...

पीसीआर रिपोर्ट तुरन्त देऊ

कोरोना भाइरस संक्रमणका बिरामीलाई समयमै रिपोर्ट उपलब्ध नगराउँदा बिरामीका आफन्तलाई सकस पर्न गएको छ । यसले समाजमा नराम्रो र भयाक्रान्त वातावरण सिर्जना पनि गरेको...

लिभरकुसेनको सहज जित

म्युनिख । बायर लिभरकुसेनले जर्मन बुन्डेस लिगामा सहज जित निकालेको छ । लिभरकुसेनले वेर्डेर ब्रेमेनमाथि ४–१ को सहज जित निकालेको हो । लिभरकुसेनको जितमा...

निशान र विन्दुकाे ‘चार कोठे मुटु’

काठमाडौं । गायक निशान भट्टराई र गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत ‘चार कोठे मुटु’ को भिडियो सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटलको...

डोरमणी पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्य संसदीय दलको नेता

काठमाडौं । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले वागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएको छ । पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको...

‘एक कल फोन गर्नुहोस,उपचारका लागि घरमै आउँछौं’

दैलेख । ‘तपाईहरु कोही विरामी हुनुहुन्छ भने हामीलाइ एककल फोन गर्नुहोस हामी तपाईहरुको उपचारको लागि घरमै आउँछौं ।’ विश्वव्यापी रुपमा फैलिएको (कोभिड...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)