शिवश्री हाइड्रोपावरको ज्यादती : गरिबका बारीमा टावर गाड्यो मुआब्जा दिएन

सिन्धुपाल्चोक । शिवश्री जलविद्युत आयोजनाको लगानीमा सिन्धुपाल्चोकमा निर्माणधिन २२ दशमलब २ मेगावट क्षमताको माथील्लो चाकु ‘ए’ जलविद्युत आयोजनाले क्षतीपुर्ती नदिइ प्रशारण लाइनको टावर निर्माण गरेको स्थानीयले गुनासो गरेका छन् ।

शिवश्री हाइड्रोपावर लिमिटेडको लगानीमा साविक फूलपिङकट्टी तथा मार्मिड गाविसमा निर्माण भैरहेको माथिल्लो चाकु ए जलविद्युत आयोजनाको प्रशारण लाइनको टावर निर्माणका क्रममा व्यक्तिगत जग्गामा टावर निर्माण गरेपनि त्यसको मुआब्जा नदिएर आफुहरुलाई अन्याय गरेको स्थानीयले बताएका छन् ।

टावर निर्माणका क्रममा सामुदायिक वनको समेत व्यापक फडानी भएको छ । वातवरणीय असर पर्ने गरेर वन फडानी भएपछि आफुहरुले विरुवा रोप्न आग्रह गरेपनि जलविद्युत आयोजनाले ‘पेलेरै’ प्रशारण लाइनको टावर निर्माण गरिरहेको गातीका स्थानीय सुप्पा श्रेष्ठले जानकारी दिए ।

आयोजनाले पेलेरै स्थानीयको जग्गामा टावर निर्माण गरेपछि आफुहरु अन्यायमा परेको भन्दै स्थानीयले बाह्रविसे नगरपालिकामा उजुरी समेत दिएको स्थानीय शंकर तामाङले जानकारी दिए । जलविद्युत आयोजनाले बाह्रविसे नगरपालिकाको गाती क्षेत्रमा अनाधिकृत रुपमा सामुदायिक वन फडानी गरेर वातवरणीय र पर्यावरणीय रुपमा समेत असर पर्ने काम गरेको तामाङले बताए । ‘हामीले वन फडानी गरेपछि वृक्षरोपण गर्नका लागि आयोजनालाई अनुरोध ग¥यो तर आयोजनाले हाम्रो कुरा नै सुनुवाई गरेन’ अर्का स्थानीय नरबहादुर गुभाजुले भने ।

आयोजनाले सामाजिक उत्तरदायित्व समेत पुरा नगरेको स्थानीयको गुनासो छ । टावर निर्माण हुने जग्गामा समेत मनलाग्दी सँग बोल्न सक्नेलाई मात्रै क्षतीपुर्ती दिएको स्थानीयको गुनासो छ । ‘बोल्न सक्ने र आयोजनालाई थर्काउन सक्नेलाई एउटा टावर बनाएको क्षेत्रको ७ लाख सम्म आयोजनाले दियो,हामी बोल्न नसक्नेलाई एक रुपियाँ पनि ।’ गातीका अर्का स्थानीय रमेश गुभाजुले गुनासो गरे ।

जलविद्युत आयोजनाले बाह्रविसे नगरपालिकाको गाती क्षेत्रमा अनाधिकृत रुपमा सामुदायिक वन फडानी गरेर वातवरणीय र पर्यावरणीय रुपमा समेत असर पर्ने काम गरेको छ

सिन्धुपाल्चोकका तातोपानी नाकामा व्यापार व्यवसायी गर्ने स्थानीय व्यापारीहरुको अगुवाइमा निर्माण सुरु भएको जलविद्युत आयोजना यस अघि पनि विभिन्न लफडामा मुछिएको थियो । मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट अनाधिकृत रुपमा वालुव लगायतका निर्माण सामग्री लैजाने,नेपाल विद्युत प्राधिकरणबाट विद्युत चोरी गरेको आरोपमा उक्त जलविद्युत आयोजनाले यस अघि लाखौ रुपियाँ जरिवाना समेत प्राधिकरणलाई बुझाएको थियो ।

प्राकृतीक विपत्तीका कारण निर्धारीत समयमा नै आयोजना सम्पन्न हुन समस्या भएको बताउँदै आएको आयोजना समयमा निर्माण सम्पन्न नहुदा स्थानीयले राखेको शेयर समेत डुब्ने खतरा बढेको छ ।

२०६९ साउन ३० गते सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा विभिन्न १२ वटा बैंक तथा वित्तिय संस्थाहरुको ७० प्रतिशत क्रण तथा निजी लगानीकर्ताहरुको ३० प्रतिशत स्वपुजीमा निमाणर््ा शुरु गरेको आयोजनाले २०७२ कात्तिकमा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको थियो । तर प्राकृतिक प्रकोपले निर्माणमा ढिलाई हुँदा उक्त लक्ष्य पूरा हुन नसकेको आयोजनाले जानकारी दिएको छ ।

यस आयोजनाबाट उत्पादीत विद्युत नेपाल विद्युत प्राधीकरणको सुनकोशीमा रहेको १३२ केभी प्रशारण लाइन मार्फत राष्ट्रिय प्रणालीमा जोडिने छ । उत्पादीत विद्युत राष्ट्रिय प्रशारण लाइनमा जडानका लागि निर्माण कार्य जारी रहेको छ र यही प्रशारण लाइनको टावर निर्माण गर्दा स्थानीयलाई आयोजनाले अन्याय गरेको उजुरी नगरपालिकामा आएको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताए ।

हामीले आयोजनालाई स्थानीयको माग सम्बोधन गरेर मात्रै टावर लगायत अन्य संरचना निर्माण गर्न आग्रह गरेपनि आयोजनाले वास्ता नगरेको मेयर शेर्पाले जानकारी दिए । नेकपाका केही नेताहरुको साथ पाएर आयोजनाले स्थानीयलाई पेलेरै अघि बढेको स्थानीयको आरोप छ । विद्युत प्रशारण लाइनको टावर निर्माणमा समस्या भएपछि नेपाली काग्रेसबाट प्रदेश सभा सदस्यमा उमेदवार भएका काग्रेस नेता विष्णुबहादुर खत्रीले नेकपाका नेताहरुलाई स्थानीयसँगको विवाद मिलाइदिन आग्रह गरेका थिए । खत्रीले आग्रह गरेपछि नेकपा का केही नेताहरुले प्रहरीलाई टावर निर्माणमा अवरोध गर्नेहरुलाई कारवाही गरेर अगाढी बढ्न निर्देशन दिएपछि आफुहरुले आयोजना सँग उचीत माग राख्दा समेत प्रहरीले दुःख दिएको स्थानीयको दुखेसो छ ।

नेकपाका केही नेताहरुको साथ पाएर आयोजनाले स्थानीयलाई पेलेरै अघि बढेको स्थानीयको आरोप छ

आयोजनाको निर्माण लागत प्रतिमेगावाट करिव १८ करोड अनुमान गरिएको भएपनि अहिले लागत समेत बढेको छ । आयोजना र प्राधिकरणबीच २०६७मा विद्युत खरिद सम्झौता (पिपिए) भएको थियो । आयोजनाले वार्षिक करिव ५९ करोडको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्ने अनुमान गरिएको छ ।

आयोजनाले स्थानीयवासीको लागि १० तथा सर्वसाधारणका लागि १५ गरी कुल २५ प्रतिशत शेयर जारी भैसकेको आयोजनाले जानकारी दिएको छ । आयोजनाले भने आफुहरुले नियमअनुसार नै टावर निर्माण गरिरहेको दाबी गरेको छ ।

शिवश्री हाइड्रोपावरका प्रतिनिधि बच्चु पौडेलले आफुहरुले प्रशारण लाइन निर्माण गर्दा जग्गाधनीहरुलाई नियमअनुसार नै मुआब्जा दिएको बताए । ‘चलेको दर अनुसार हामीले क्षतीपर्ती दिएका छौ ।’ पौडेलले भने–‘लाइन तान्ने क्रममा तारले छुन खोजेका रुखहरु मात्रै हामीले काटेका छौ,फडानी गरेका छैनौ ।’

टावर निर्माणका क्रममा स्थानीयले अनावश्यक रुपमा आफुहरुलाई दुःख दिएको पौडेलले बताए । ‘स्थानीयको सम्पत्ती हामीले लिँदा कागज गरेर नै लिएका छौ ।’ पौडेलले भने–‘हामीले पनि काम गर्न समस्या भयो भनेर नगरपालिकामा उजुरी दिएका छौ ।’

तपाइको प्रतिक्रिया
(Visited 299 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?