विश्वकर्माको अध्यक्षतामा सर्वसम्मतबाट नयाँ कार्यसमिति

काठमाडौ । नेपाल वातावरण पत्रकार समूहको ३५ औं साधारणसभाले सर्वसम्मतबाट कसमस विश्वकर्माको अध्यक्षतामा दुई बर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । साधारणसभाले कोभिड १९ महामारीका कारण भर्चुअल मिटिङ मार्फत साधारणसभा सम्पन्न गरेको हो ।

शुक्रबार सम्पन्न साधारण सभाले अध्यक्ष विश्वकर्मासहित उपाध्यक्षमा चन्द्रशेखर कार्की, महासचिवमा निमेष रेग्मी, सचिवमा प्रगती ढकाल, कोषाध्यक्षमा सविन शर्मालाई चयन गरेको हो । यसैगरी सदस्यमा महिला तर्फ सृष्टि काफ्ले र सुजाता कार्की, पुरुष तर्फ छेटु शेर्पा र रविन साय्मीलाई चयन गरेको छ भने विज्ञ सदस्यमा महिला तर्फ मधुदेवी घिमिरे र पुरुष तर्फ बटुकृष्ण उप्रेती चयन गरेको छ । यसैगरी लेखा समितिमा गोपाल तिवारीको संयोजकत्वमा सोमनाथ लामिछाने र रञ्जना पौडेल चयन गरिएको छ ।

यसैगरी समूहले यस बर्षको वातावरण पत्रकारीता पुरस्कार आयोमेलमा कार्यरत पत्रकार यम बमलाई प्रदान गरेको छ । समुहका नवनिर्वाचित अध्यक्ष विश्वकर्माले उक्त पुरस्कार प्रदान गरेका थिए । नयाँ कार्यसमितिमा विज्ञ महिला सदस्य घिमिरे र महिला सदस्य सृष्टि काफ्लेबाहेक अन्य पदाधिकारी तथा सदस्य अघिल्लो कार्य समितिमा पनि थिए ।

यसैगरी साधारणसभाले समुहका तत्कालित सदस्य मुराहरी शिवाकोटीलाई मानार्थ सदस्यता प्रदान गरेको छ । साधारण सभामा गत एक वर्षमा भए/गरेका कामकारबाही ’bout महासचिव निमेष रेग्मी, आयव्याय विवरण कोषाध्यक्ष सविन शर्माले तथा लेखा समितिको प्रतिवेदन लेखा समितिका संयोजक गोपाल तिवारीले प्रस्तुत गरेका थिए । ती प्रतिवेदनहरु भर्चुअल सभामा छलफलपछि पारित गरिएको थियो । यसैगरी सचिवालयले ल्याएको अन्य प्रस्तावहरु पनि पारित भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गण्डकीमा सत्तारुढ दलहरुबिच गठबन्धन गर्ने सहमति