Friday, April 23, 2021
Home प्रदेश प्रदेश २ सीता–राम विवाह महोत्सव मनाइँदै

सीता–राम विवाह महोत्सव मनाइँदै

,

जनकपुरधाम । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज भगवान् सीता–राम विवाह महोत्सव–२०७७ हर्षोल्लासपूर्वक मनाइँदैछ । त्रेतायुगमा भगवान् सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले यहाँ हरेक वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीता–रामको विवाह महोत्सव मनाउँदै आएका छन् ।

त्रेतायुगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष उठाउनेसँग पुत्री सीताको विवाह प्रस्ताव गर्नु, अयोध्याका राजकुमार मर्यादा पुरूषोत्तम रामका गुरू विश्वामित्रसँग जनकपुरधाम आउनु र माता सीतासँगको विवाहको सेरोफेरोमा केन्द्रित रहेर यहाँ विवाह महोत्सव मनाइने गरेको छ । सोही विवाह प्रसङ्गलाई विभिन्न पक्षद्वारा सजीव र मूर्तरूपमा प्रस्तुत गर्नु महोत्सवको विशेषता मानिएको छ । भगवान् रामको चरित्र लौकिक र अलौकिकरूपमा लोकमानसमा अङ्कित छ । अलौकिकरूपमा रामलाई निर्गुण ब्रम्ह एवं सगुण विष्णु मानिएको छ भने सीतालाई शक्तिस्वरूपा, बुद्धिरूपा, ब्रम्हमयी र योगमायाको संज्ञा दिइएको छ ।

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवी–देवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुने गरेका छन् । मिथिलामा कुनै पनि धार्मिक, सांस्कृतिक अनुष्ठानमा सीता–रामको चर्चा आवश्यक मानिन्छ । त्यसैले पनि मिथिलामा प्रत्येक दुलहालाई राम र प्रत्येक दुलहीलाई सीताका रूपमा विवाह गर्ने चलन छ ।

मैथिल संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राम मन्दिर र जानकी मन्दिरबाट राम–सीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगी स्वयम्बर र परीक्षण विधि भएपछि जानकी मन्दिरमा ल्याई विवाह संस्कार सम्पन्न गरिन्छ । सो अवसरमा निस्किने भगवान्को डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन् ।

महोत्सवमा बिदाइको क्षण अत्यन्त कारूणिक हुन्छ । महोत्सवमा सहभागी श्रद्धालुहरू प्रतीकात्मक सीतालाई आफ्नै छोरीलाई बिदाइ गरे झैँ भक्कानो छाडेर रूने गर्छन् । सो दृश्यले सबैको हृदय विदीर्ण हुन्छ । सो बखत सखीहरूद्वारा गाइने समदाउन गीतले प्रतीकात्मक विवाह वास्तविक विवाह झैं अनुभूति हुने गरेको छ । यो महोत्सवले पनि मिथिलाको प्राचीनस्वरूप र त्ससबखतको सांस्कृतिक उत्कर्षलाई प्रसङ्गहरूलाई प्रस्ट गर्दछ । मिथिलावासीद्वारा रामलाई ज्वाइँ र भिनाजुका रूपमा श्रद्धा व्यक्त गर्दै प्रतीकात्मक सीता–राम विवाहमा यसरी आशीष दिने गर्छन् :

चलुसखी देव चुमाओन हे
जनक जीके अङ्ना ।
(सखीहरू जनकको आङन जाउँ, जहाँ रामलाई चुमाउने छु)

सीताले नै रामको चरित्रलाई दिगो बनाएका कारण सीता–रामको आदर्श मानव सभ्यता संस्कृतिका लागि अनुुकरणीय मानिएको छ ।

(Visited 101 times, 1 visits today)
Loading comments...

आजको समाचार

कर्णालीमा फ्लोर क्रस गर्ने चार जनालाई एमालेको कार्वाही

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्नेे चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर...

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

भारतमा कोरोना : अहिलेसम्मकै धेरै, एकै दिन ३ लाख ३२ हजार सङ्क्रमित

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने...

कोइरालाको ‘न्युरोडका झाँकी’ विमोचित

काठमाडौं । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाले कथासंग्रह ‘न्युरोडका झाँकी’ बजारमा ल्याएका छन् । उनको यो कृतिको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा भएका...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

साताका लोकप्रिय समाचार

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटनजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी गठन गरेको...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

गृहमन्त्री थापाकाे सांसद पद खारेज

काठमाडाैं ।  गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती...

प्रभात र जाइनाको प्रेम

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार गोपाल लोहारको शब्दमा रहेको नयाँ म्युजिक भिडियो 'किन मायामा’ सार्वजनिक भएको छ। यस गीतमा स्वर भुटानी भाषी नेपाली...

एमसीसीको पक्षमा कांग्रेस

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ । मुलुकको राजनीति लामो समयदेखि एमसीसीकै वरिपरि घुम्दै आइरहेका बेला प्रधानमन्त्री...

ट्रेन्डिङ

अभिनेता नवाजुद्दिनविरुद्ध उजुरी

मुम्बई । बलिउडका नवाजुद्दिन सिद्दिकीविरुद्ध बलात्कार र ठगीको उजुरी परेको छ । उनकै पत्नीले उनीविरुद्ध प्रहरी कार्यालयमा यस्तो उजुरी हालेकी हुन् । नवाजुद्दिन र...

साउनसँगै सुदूरपश्चिममा कोरोना संक्रमित घट्दै

महेन्द्रनगर । मुलुकभित्र कोरोना सङ्क्रमणले प्रवेश पाउँदा अन्य प्रदेशको तुलनामा उच्च जोखिमका रुपमा लिइएको सुदूरपश्चिममा साउन महिना लागेयता सङ्क्रमण दर न्यून रहेको पाइएको छ...

प्रधानमन्त्री ओलीलाई बहिनी कौशल्याको हातको टिको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट टीका लगाए । उनले सोमबार बिहान ११ बजेर ३७ मिनेटको शुभसाइतमा भाइटीका लगाएका हुन्...

पत्रकार बानियाँको मृत्युबारे अनुसन्धान गर्न माग

काठमाडाैं । नेपाल प्रेस युनियनले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले बुधबार...

डार्फरमा सैन्य मिसन अन्त्यको तयारी

जेनेभा  । संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघले सुडानको डार्फरबारेमा संयुक्त प्रतिवेदन सार्वजनिक गरेको छ । त्यहाँ खटिरहेको संयुक्त राष्ट्रसंघीय शान्ति अभियानलाई प्रतिस्थापन गर्न राजनीतिक...

नेपाल ट्रष्टको जग्गा लिज निर्णयमा मेरो संलग्नता छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्ट सम्पत्ति व्यवस्थापन सम्बन्धी १३ फागुनमा सार्वजनिक गरिएको विवरणले अनावश्यक भ्रम सृजना गरेको भन्दै आपत्ती जनाएका...

पर्वतमा ८ जना कोरोना संक्रमित डिस्चार्ज

पर्वत । लक्षण विना नै कोरोना संक्रमीत बनेका पर्वतका ८ जना विरामी बिहीवार डिस्चार्ज भएका छन् । संक्रमण पुष्टि भएको १४ औं दिनको दिनमा...

दुई खेल अगाडि नै एपिएफलाई उपाधि

काठमाडौं । दुई खेल अगाडि नै सशस्त्र प्रहरी बल एपिएफले महिला राष्ट्रिय फुटबल लिगको उपाधि जितेकाे छ । नेपाली सेनालाई नेपाल प्रहरीबीचको खेल १-१...

पाठेघर मुखको क्यान्सर

डा.प्रकाश बुढाथोकी विश्व स्वास्थ्य संगठनका अनुसार गर्भाशयको क्यान्सरले विश्वमा बर्सेनि करिब ५ लाख महिलालाई समाउँछ र पीडितमध्ये झन्डै ८६ प्रतिशत महिला विकासोन्मुख देशमा पाइएका...

काठमाडाैंले पैसा त दिएन, ज्यान लियाे

काठमाडौं । भनिन्छ नेपाल एक कृषि प्रधान देश । विडम्बना ! कृषि प्रधान मुलुकमा किसानहरु श्रमको ज्याला लिन आन्दोलन गर्न विवस छन् । आन्दोलनकै...

सीमा प्रहरीका दुःखकष्ट समाधान गर

देशीय तथा अन्तरदेशीय सीमा सुरक्षामा कडाइ गर्दै गइरहेका बेला सीमा सुरक्षामा अहोरात्र खट्ने प्रहरी सुरक्षाकर्मीका लागि गाँस, बास र कपासको उचित व्यवस्थापन हुन नसकिरहेको...

धनुषा जटही नाकामा सर्वसाधारणको बिजोग (फोटो फिचर)

जनकपुरधाम । लकडाउनका बेला सीमा क्षेत्रको अवस्था निकै दयनीय छ । सोशल डिस्टेन्सको पालना भइरहेको छैन । सयौ व्यक्ति त्यतिकै सीमा क्षेत्रमा बसिरहेका छन्...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)