Saturday, September 25, 2021
Your Ads Here
Homeप्रमुखपेटमा गर्भ रहेको हल्ला चलेपछि जाँताले हिर्काएर भतिजले गरे काकीको हत्या

पेटमा गर्भ रहेको हल्ला चलेपछि जाँताले हिर्काएर भतिजले गरे काकीको हत्या

काकी भतिजकाे अबैध सम्बन्ध मृत्युकाे कारण

,
sharethis

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका– ४ चारघरे गाउँकी धनमाया भुजेलको हत्या उनकै भतिजले गरेको रहस्य खुलेको छ । काकी भतिजविचको अवैध सम्बन्ध नै हत्याको कारण भएको प्रहरीले जनाएको छ । धनमायाको हत्यामा भतिज सागर भुजेल र भाञ्जा विकास भुजेलको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पत्रकार सम्मेलन गर्दै २० वर्षीय सागर भुजेलको योजनामा ३४ वर्षीया धनमायाको हत्या भएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए । उनका अनुसार सागरको नातामा काकी पर्ने धनमायासँग अवैध सम्बन्ध रहेको थियो । ‘सागरले नातामा भानिज भाई पर्ने १९ वर्षिय विकास भुजेलसँग एकमहिना अगाडीदेखि सल्लाह गरेर काकीको हत्या गरेको देखिन्छ ।’ प्रहरी नायव उपरिक्षक थापाले भने ।

काकीले पेट बोकेको हल्ला चलेपछि विकाससँग एक महिनादेखि सल्लाह गरेर घट्ना हुने अघिल्लो दिन रात सँगै सुतेर भोलिपल्ट विहान हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ

‘गाउँमा धनमायाको पेटमा गर्भ रहेको भन्ने हल्ला चलेपछि सागरले उनलाई ठेगान लगाउन हत्या गरेको प्रहरी नायव उपरिक्षक थापाको भनाई छ । ‘काकीले पेट बोकेको हल्ला चलेपछि विकाससँग एक महिनादेखि सल्लाह गरेर घट्ना हुने अघिल्लो दिन रात सँगै सुतेर भोलिपल्ट विहान हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ प्रहरी नायब निरिक्षक थापाले भने ।

सशस्त्र प्रहरीमा भर्ना हुन भन्दै पोखरामा मेडिकल परीक्षणका लागि गएका सागरलाई प्रहरीले बिहीबार पोखराबाट पक्राउ गरी बेसीशहर ल्याएको जनाएको छ । विकासलाई घरबाटै प्रहरीले पक्राउ गरेको प्रनाउ थापाले बताए ।

पहिला घाँटी कसे अनि जाँतोले हिर्काए

धनमायाका श्रीमान धु्रव भुजेल विहानै गाईगोठमा काम गर्न जाने भएकाले विहानीपख धनमाया घरमा एक्लै हुन्छिन् भन्नेमा सागर र विकास जानकार थिए । धनमायालाई मार्ने योजना बनाएपछि लास पोको पार्नका लागि सागरले बोरासमेत घरबाटै लिएर गएको प्रनाउ थापाको भनाई छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना

जब उनीहरु धनमायाको घरमा पुगे विकास बाहिर अन्य मानिस कोही आउँछन् कि भन्दै आँगनमा बसे । सागर धनमाया सुतिरहेको कोठमा पसे र उनले ओढिरहेको पछ्यौराले घाँटीमा कसे अनि विकासलाई ढुंगा लिएर आउन भने । प्रनाउ थापा भन्छन् ‘सागरले बोलाउने बित्तिकै विकासले पिंढीमा रहेको जाँतोको माथिल्लो भाग लगे र दुवै जना मिलेर टाउकोमा हिर्काए ।’

जाँतोले कञ्चनमा हिर्काउदा आँखा र नाकमा समेत चोट लागेको र अन्तिममा धनमायाको निधन भएको थियो । त्यसपछि दुवैले धनमायाको शव बोरामा राखेर घिसार्र्दै कोठाबाट पिंढी, आँगन हुँदै आँगनको डिलमा रहेको पुरानो गोवरग्याँसको टंकीको ढक्कन खोली त्यसमा राखेर ढक्कन बन्द गरेर हिडे । त्यसपछि नजिकैको धारामा गई दुवै जनाले आफ्नो शरिरमा लागेको रगत पखाले र आ– आफ्नो घर गए ।

धनमायाको शव बोरामा राखेर घिसार्र्दै कोठाबाट पिंढी, आँगन हुँदै आँगनको डिलमा रहेको पुरानो गोवरग्याँसको टंकीको ढक्कन खोली त्यसमा राखेर ढक्कन बन्द गरेर हिडे

प्रहरीले अभियुक्तलाई पक्राउ गरी शुक्रबार जिल्ला अदालतमा पेश गरेको छ । उनीहरू दुवैका विरुद्ध जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

घट्नामा संलग्न भनिएका विकास भुजेल १९ वर्षको भनिएपछि उनी भरखरै १८ वर्षमा टेकेको उनको नागरिकताबाट खुलेको छ । विकासको नागरिकता अनुसार उनको जन्म मिति २०५९ कार्तिक १७ गते रहेको उनकी आमा रामकुमारी भुजेलले बताइन् ।

श्रीमानले दागवत्ती दिन पाएनन्

प्रहरीले मृतक धनमायाका श्रीमान् धु्रव भुजेललाई बुधबार साँझदेखि नियन्त्रणमा लिएको थियो । धु्रवलाई धनमायाको शब पोष्टमार्टम गरिएको अस्पताल जान शवमा दागबत्ती दिन घाटमा समेत जान दिएको थिएन । शुक्रबार विहानै दुराडाँडा– बेसीशहर समाजका अध्यक्ष हरिप्रसाद अधिकारीको जिम्मा लगाई रिहा गरेको छ ।

तपाइको प्रतिक्रिया

(Visited 1,933 times, 1 visits today)

आजको समाचार

भोलिदेखि कांग्रेसले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले असोज ९ गतेदेखि पालिका अधिवेशनलाई अघि बढाउने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको...

टेबलटेनिस टोली कतारतर्फ

काठमाडौं । २५ औं एसियन टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबल टेनिस टोली आज कतार प्रस्थान गर्दैछ । ६ खेलाडी, एक प्रशिक्षक र एक...

सार्क विदेशमन्त्रीस्तरीय बैठक अन्योल

काठमाडौं । अफगानिस्तानको सरकार परिवर्तनको असर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय बैठकमा देखिएको छ । विदेशमन्त्रीस्तरीय बैठकमा अफगानिस्तानबाट पहिलाको सरकारको प्रतिनिधित्व नहुने...

दरबारबाट श्रीपेच चोर्न खोज्ने सेनाको नियन्त्रणमा

काठमाडौं । नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेज निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो। नारायणहिटी...

दसैंमा टिकाकाे साइत बिहान १० बजेर ०२ मिनेटमा

  काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत...

साताका लोकप्रिय समाचार

बैंगलोरविरुद्ध कोलकत्ताको सहज जीत

नयाँ दिल्ली । ईन्डियन प्रिमियर लिग आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा बैंगलोरले...

कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

  काठमाडाैं ।  नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको...

विश्वकर्मा बाबाको मन्दिर उद्घाटन सम्पन्न

  चितवन । भरतपुर महानगरपालिका वडा नं. १७ गोब्रेनीमा शनिवार आयोजित एक कार्यक्रममा विच विश्वकर्मा बाबाको मन्दिर उद्घाटन गरिएको छ । भरतपुर महानगर पालिका वडा अध्यक्ष...

अभौतिक साँस्कृतिक सम्पदाको संरक्षणमा जुट्दै युनेस्को

भोजपुर । भोजपुरमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । अभौतिक सम्पदालाई पहिचान गरेर विकास गर्दै देशको संस्कार, सस्कृति, रहनसहन, विभिन्न...

डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त

  काठमाडाैं ।  परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको...

ट्रेन्डिङ

कोरोनाले छुटायो तिब्बतको रोजगारी

बझाङ । चीनको सीमासँग जोडिएका नेपालका विभिन्न जिल्लाबाट बर्षातको समयमा सातु लिएर भोट जाने र सातु साटेर ऊन र नुन लिएर नेपाल फर्किने कुनै...

राष्ट्रपतिको विषयमा आपत्तिजनक टिप्पणी गरेकोमा सञ्चारमन्त्रीको आपत्ति

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आँच पुुयाउने गरी सडकमा नाराबाजी हुनु निन्दनीय भएको भएको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)