एडिलेड । भरातले अस्ट्रेलियासँगको पहिलो टेस्ट खेलमा लज्जास्पद हार बेहोरेको छ । भारत पहिलो टेस्टमा शनिबार अस्ट्रेलियासँग ८ विकेटले पराजित भएको हो । यो जितसँगै चार टेस्ट खेलको सिरिजमा घरेलु टोली अस्ट्रेलियाले १–० को अग्रता लिएको छ ।
जितका लागि पाएको ९० रनको सामान्य लक्ष्य अस्ट्रेलियाले २१ ओभरमा २ विकेट गुमाउँदै पूरा ग-यो । अस्ट्रेलिया जितमा ओपनर जो बन्र्सले ५१ रनको अविजित योगदान दिए । स्टिभ स्मिथ १ रनमा अविजित रहे । तेस्रो दिन भारत दोस्रो इनिङमा २१.२ ओभरमा ३६ रनमा अल आउट भएपछि अस्ट्रेलियाले ९० रनको सामान्य लक्ष्य पाएको थियो । पहिलो इनिङमा भारतले ५३ रनको अग्रता लिएको थियो । भारतका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । ओपनर मयंक अग्रवालले सर्वाधिक ९ रनको योगदान दिएका थिए । जस्प्रित बुमराह २ रनमा क्याच आउट भए । चेतेश्वर पुजारा शून्यमा आउट भए । ओपनर मयंक अग्रवाल ९ रनमा पेइनबाट क्याच गराउँदै भारतलाई दयनीय अवस्थामा पु¥याए । अजिक्या रहाने शून्यमै क्याच आउट भए । विराट कोहली ४ रनमा क्याच आउट हुन पुगे । ऋद्धिमान शाह ४ र रविचन्द्रन आश्विनलाई शून्यमा आउट भए । हनुमा विहारी शून्यमा तथा मोहम्मद शामी १ रनमा रिटायर्ट हट हुन पुगे । जोस हेजलवुडले ५ तथा प्याट कमिन्सले ४ विकेट लिए ।
त्यसअघि पहिलो इनिङमा अस्ट्रेलिया ७२.१ ओभरमा १ सय ९१ रनमा अल आउट हुँदै ५३ रनले पछि परेको थियो । एडिलेड ओभलमा टस जितेर ब्याटिङ थालेको भारत ९३.१ ओभरमा २ सय ४४ रनमा अल आउट भएको थियो । दोस्रो टेस्ट २६ डिसेम्बरदेखि मेलबर्न क्रिकेट मैदानमा सुरु हुनेछ ।