सरकारविरुद्ध लड्न कांग्रेस–जसपा एकजुट

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच सरकारविरुद्ध एकजुट भएर लड्ने सहमति भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा कांग्रेस र जसपा नेताबीच शनिबार भएको छलफलमा यस्तो सहमति भएको हो ।

कांग्रेस र जसपाबीच मुख्य गरी दुई विषयमा मिलेर जाने समझदारी भएको छ । उनीहरूबीच संसद् अधिवेशन तत्काल बोलाउन सरकारसँग मााग गर्ने, लोकतन्त्र रक्षा, भ्रष्टाचार, कोभिड–१९ संक्रमण संक्रमण र आर्थिक संकट विषयमा संसद्मा भएका प्रतिपक्षी दलसँग सहकार्य गरेर अघि बढ्ने समझदारी भएको हो । जसपा नेता महन्त ठाकुर, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो देउवा निवास पुगेर सहमति गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रदेश सरकारमा सहभागी गराए मात्र कांग्रेस गठबन्धनमा सहभागी हुने