Monday, July 26, 2021
HomeNot-to-be-missed‘ग्ल्यामरस लाइफ’मा दुःख कति कति : मनीषा कोइराला

‘ग्ल्यामरस लाइफ’मा दुःख कति कति : मनीषा कोइराला

,
sharethis

काठमाडौं । राजनीतिलाई मैले करिअरका रुपमा हेर्न सक्दिनँ । यसलाई सेवाका रूपमा हेर्न सक्छु । सेवा गर्ने हो भने राजनीतिमा आउनैपर्छ भन्ने म सोच्दिनँ । समाजसेवा गर्नका लागि अरू धेरै उपाय हामीसामु छन् । समाजमा राम्रो काम गर्न राजनीति गर्नुपर्छ भन्ने कतै लेखिएको छ र ?’

उल्लिखित भनाइ हुन्, चर्चित अभिनेत्री एवम् लेखक मनीषा कोइरालाका । कोइरालाले आफ्नो संस्मरणात्मक कृति ‘जिजीविषा’मा उनले आफूलाई क्यान्सर लागिसकेपछिका अवस्था र त्यसले आफूलाई सिकाएको ज्ञान समाजलाई बाँड्ने इच्छा छ भनेको सन्दर्भलाई लिएर गरिएको प्रश्नमा उनले यस्तो भनाइ राखेकी हुन् ।

आफू राजनीतिक वातावरणमा हुर्किए पनि यसमै जीवन समर्पण गर्ने सोच नरहेको उनको भनाइ छ । ‘म राजनीतिक बातावरणमा हुर्किएँ । मेरो घरमा राजनीतिको चर्चा पहिलेदेखि अहिलेसम्म हुने गर्छ, विभिन्न राजनीतिक घटनाक्रमको साक्षी पनि बनेकी छु,’ उनले भनिन्, ‘तर यसैमा लागौं भन्ने सोच अहिलेलाई छैन ।’

‘पहिला म धेरै केयरलेस थिएँ । रोग लाग्यो भने पैसा खर्च गरेर मात्र छुटकारा पाइँदो रहेनछ, अरुलाई पनि उत्तिकै गाह्रो हुने रहेछ,’

अभिनेत्री कोइरालाको बेस्ट सेलर कृति ‘हिल्ड’को नेपाली अनुवाद ‘जिजीविषा’ फाइनप्रिन्टबाट प्रकाशनमा आएको छ । यसको अनुवाद पत्रकार स्वरूप आचार्यले गरेका हुन् । यसैको भिडियो लन्चका अवसरमा अभिनेत्री कोइरालाले भनिन्, ‘मैले यो किताब लेख्छु भनेर सुरु गरेकी होइन । अमेरिकामा क्यान्सरको उपचारका क्रममा एक जना बौद्ध रिन्पोचेले आफूलाई क्यान्सरबाट परेको दुःख भोग्दाका बेला तिमीलाई लागेका कुरा टिपोट गरिराख्नू भन्नुभएको थियो । यो पीडाको, यो कठिनाइको कुरा पनि लेखिराख्नू भनेकाले मैले त्यति बेलाका दुःख अनि कष्टलाई टिपोट गर्दै गएँ । र त्यसलाई पछि पुस्तका रुपमा ल्याएकी हुँ ।’

क्यान्सर लागेपछि भोगेका कुरा र त्यसबाट प्राप्त ज्ञानलाई किताबमा लेखें भने र समाजलाई आफ्नो ज्ञान दिन सकें भने आफ्नो जीवन सार्थक हुनेछ भनेर पुस्तक लेखेको उनको भनाइ छ । ‘पुस्तक लेख्नुको मेरो उद्देश्य नै अप्ठ्यारो परेको बेलामा मनुष्यजीवनलाई केही बाटो देखाउन सकिन्छ कि भन्ने हो,’ उनले भनिन् ।

धेरैले ‘ग्ल्यामरस लाइफ’मा दुःख हुन्न भन्ने सोच्छन्, तर त्यस्तो सोचे जस्तो नहुने उनले बताइन् । भनिन्, ‘मैले असाध्यै अप्ठ्यारो परिस्थिति पनि धेरै झेलेकी छु ।’ धेरैजसो मानिसको चाहना हुन्छ, आफ्नो जीवनको पर्फेक्सन मात्र देखाउने तर आफूले पुस्तकमा पर्फेक्सन देखाउनतिर नलागी ‘जीवनको तीतो सत्य’लाई प्रकटीकरण गरेको उनको भनाइ छ । ‘म जति अनेस्ट हुन सक्छु, पुस्तकमा त्यति भएकी छु,’ उनले भनिन् ।

क्यान्सर लाग्नुअघि आफूले जीवनको त्यति महत्व नबुझेको र पछि मृत्युको नजिक पुग्दा यसको महत्ताबारे धेरै जानकारी पाएको उनले बताइन् । ‘पहिला म धेरै केयरलेस थिएँ । रोग लाग्यो भने पैसा खर्च गरेर मात्र छुटकारा पाइँदो रहेनछ, अरुलाई पनि उत्तिकै गाह्रो हुने रहेछ,’ उनले भनिन्, ‘वास्तवमा मनुष्यजीवन कति महत्वपूर्ण रहेछ, तर त्यही जीवनलाई हामीले गलत तरिकाले पनि उपयोग गरिरहेका रहेछौं ।’ त्यसमा सचेत हुन पुस्तकले धेरथोर सिकाउने उनले बताइन् ।
‘मलाई क्यान्सरले दिएको एउटा सन्देश पनि के हो भने, मान्छेको जीवनमा धेरै चमकधमक मात्र हुनु ठूलो कुरा होइन, आफूलाई कतिले चिन्छन् भन्नु पनि ठूलो नहुन सक्छ, तर आफ्ना लागि कति छन् भन्ने विषयले धेरै अर्थ राख्छ,’ उनले भनिन् । क्यान्सरले पारेको अप्ठ्यारो परिस्थिति मात्र होइन, पुस्तकले जीवनका अन्य कठिनाइहरुलाई पनि सूक्ष्म रुपमा समेटेको छ ।

(Visited 202 times, 1 visits today)
Loading comments...

आजको समाचार

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

साताका लोकप्रिय समाचार

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

  काठमाडाैं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई...

वरिष्ठ नेता नेपालसँग अध्यक्ष दाहाल र यादवको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसदमा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको छ । यसै...

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

फेरि निषेधाज्ञा होला त ?

काठमाडौं । देशभर कोरोना संक्रमणदर स्थिर हुँदा पुनः संक्रमणदर घटाउन बन्दाबन्दी हुन सक्ने आँकलन थालिएको छ । अहिले नेपालमा संक्रमणदर १९.३ प्रतिशत रहेको छ...

३११४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५...

ट्रेन्डिङ

भारतमा शक्तिशाली चक्रवात आँधीको वितण्डा, नेपालमा शुक्रबारसम्मै असर पर्ने

काठमाडौं । अरब सागरमा विकसित ताउ–ते नामको अति शक्तिशाली चक्रवात सोमबार राति ८ बजे गुजरातमा बज्रिन आइपुगेको छ । अति शक्तिशाली चक्रवातका कारण आएको...

एटलान्टाको चार गोल

मिलान । इटालियन क्लब एटलान्टाले यूईएफए च्याम्पियन्स लिगको पहिलो सहभागितामै दमदार प्रदर्शन गरेको छ । च्याम्पियन्स लिगको समूह चरणमा सुरुवाती ३ खेल गुमाएर पनि...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)