राजसंस्थाको अभिभावकत्वमा सर्वपक्षीय राष्ट्रिय सरकारको माग

काठमाडौं । राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै आन्दोलनमा रहेका विभिन्न १६ वटा संघसंस्थाहरुले राजसंस्थाको अभिभावकत्वमा सर्वपक्षीय राष्ट्रिय सरकार गठन गर्न माग गरेका छन् । उनीहरुले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी देशलाई गम्भीर संकटबाट जोगाउन राजसंस्थासहितको सर्वपक्षीय राष्ट्रिय सरकारको माग गरेका हुन् ।

१६ वटा राष्ट्रभक्त संघसंस्थाहरुका तर्फबाट आज जारी संयुक्त विज्ञप्तिमा असंवैधानिक तरिकाले संसद विघटन भएकाले विद्यमान व्यवस्था र संविधान असफल भएको निष्कर्ष निकालिएको छ । सरकार र नेतृत्व पंक्तिसमेत असक्षम साबित भएको निष्कर्ष ती संस्थाहरुले निकालेका छन् । विज्ञप्तिमा भनिएको छ,‘‘वर्तमान बहुमतिय सरकारबाट अपारदर्शी, निरकुंश, अधिनायकवादी र असंवैधानिक कदमहरु चालिएबाट राष्ट्रमा अराजकता, सामाजिक द्वन्द्व, अवान्छिनीय चलखेल समेतका कारण राष्ट्रिय स.कट बढ्दै जाने आँकलन गरी सर्व पक्षीय सहमती नै नगरी ताजा जनादेशको नाम र षड्यन्त्रमा देश पुनः अस्थिर राजनीति र अनिर्णयको बन्दी हुने देखिएको छ । इतिहास त्यही रुपमा दोहोरिदैन २१ औं शताब्दीमा आवश्यक सुधार सहित राष्ट्रवादको जगमा रहने “संवैधानिक राजसस्थासहितको प्रजातन्त्र” वैकल्पिक राजनैतिक अवधारणा हो ।’’

ती संघसंस्थाहरुले अहिलेको अवस्थामा निर्वाचनमा जानु भनेको बिदेशीलाई खुसी पार्नु, देश र जनतालाई ऋण र करको थप बोझमा दबाउनु भएको तर्क गरेका छन् । देशलाई सनातन सस्कृति र संवैधानिक प्रबल राजसस्था र प्रजातन्त्र नै २१ औं नेपालको पहिचान, विकास र स्वाधिनताको लागि औचित्यपुर्ण ठहर गर्दै तत्काल सर्वपक्षीय राजनीतिक सहमति जुटाई हिमा, पहाड र तराईका सम्पुर्ण राष्ट्रवादी , देशभक्त लगायत प्रजातन्त्र प्रेमीहरु नेपालको राष्ट्रिय झण्डामा गोलबद्ध हुन अपिल समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

संघीयता: अन्तरसम्बन्ध र अन्तरक्रिया
१४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट प्रस्तुत
काठमाडौंमा फोहोरको थुप्रो
कार्की र शाही एआईजीमा बढुवा
भारतीय सेनामा भर्ती हुन नसकेपछि मानसिक सन्तुलन गुम्यो, अनि बाँधिए साङ्लोमा
ठेकी नबनाई चुलो बल्दैन, बनाए कारबाही हुन्छ

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी