Friday, July 23, 2021
Homeप्रदेशप्रदेश ५चिसोका कारण मनाङका हिमताल जम्न थाले

चिसोका कारण मनाङका हिमताल जम्न थाले

,

लमजुङ । हिमालपारिको जिल्ला मनाङमा हिमताल जम्न थालेका छन् । पुस महिना सुरु भएसँगै ह्वात्तै चिसो बढेका कारणले गर्दा हिमतालको पानी जम्न थालेको हो ।

तालको पानी जमेर हिउँको चट्टानमा परिणत भएको स्थानीयवासीले बताएका छन् । समुद्र सतहदेखि ३ हजार ५४० मिटर उचाइमा रहेको गंगापूर्ण तालको पानी जमिसकेको मनाङका पर्यटन विकास समितिका अध्यक्ष एवं पर्यटन व्यवसायी विकास गुरुङले बताए । उनका अनुसार संसारकै सबैभन्दा उचाइमा रहेको मानिने तिलिचो ताल (४,९१९ मि.), भ्राकामा पर्ने आइसलेकमा (४,६०० मि.) पानी जमेर चट्टानमा परिणत भएको छ । मनाङमा रहेका तालमध्ये गंगापूर्ण कम उचाइ र मानवबस्तीनजिक रहेको ताल भनी उनले जानकारी दिए । तिलिचोभन्दा अग्लो ठाउँ चामे गाउँपालिका– ४ को कजिनसारा (५००२ मि.) तालको पानी पनि जमेको मनाङबासी बताउँछन् ।

यसैगरी, नासो गाउँपालिकाको धारापानी, नाचैंमा पर्ने डोना ताल (४,७०० मि.), थोंचेमा पर्ने पोंकर ताल (३,९७५ मि.)लगायतका तालमा रहेको पानी जम्न थालेको स्थानीयबासीको भनाइ छ । त्यति मात्र होइन मनाङको माथिल्लो मनाङ क्षेत्रमा चिसो बढ्नाले खानेपानीका पाइपभित्र पानी जमेर खानेपानीका लागि समस्या हुन थालेको मनाङको ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले बताए । उनका अनुसार जिल्लाको तापक्रम घट्दै गएपछि पानी जमेर चट्टानमा परिणत भएको छ । चिसो बढेका कारण गंगापूर्ण तालसहित दर्जनौं ताल जम्न थालेका छन् ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँको होटल तिलिचोका सञ्चालक छिरिङ लोप्साङ गुरुङले बताए । उनका अनुसार चिसो अत्याधिक बढेपछि बस्तीनजिकैका तथा हिमालनजिकका ताल जमेका छन् ।

अब माघ–फागुनसम्म सबै हिमताल र खोल्साखोल्सीमा बगेको पानी जम्ने मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका छिरिङ गुरुङले चिसोका कारण ताल जमेको बताए । उनका अनुसार गाउँनजिकैको मिङ्ग्रे, कालोपोखरी, ढिकुरपोखरी, क्याम्बिलगायतका ताल जम्न थालेको छ । चिसो बढ्दै गएपछि जनवीवन बिस्तारै प्रभावित हुँदै गएको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले बताए ।

उनका अनुसार मनाङको तापक्रम साँझबिहान माइनस ७÷८ डिग्री सेल्सियसमा झर्न थालेको छ । दिउँसो घाम लागेको अवस्थामा माइनस ५ डिग्री सेल्सियस हुन्छ । रातको समय भने माइनस १२ डिग्री सेल्सियससम्म तापक्रम पुग्न थालेको प्रमुख जिल्ला अधिकारी गिरीले जनाकारी दिए । उनका अनुसार फागुनसम्म हिमताल जम्ने र चैत, वैशाखतिर बिस्तारै पग्लिन थाल्ने स्थानीयले बताएका छन् ।

Loading comments...

आजको समाचार

राज लिम्बुको शब्दमा ‘छटपटी’

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश 'छटपटी' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका...

एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिए

  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सभामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा...

‘ठूलोबाको छोरासंगको प्रेम सुजिताको मृत्युको कारण’

  चितवन । पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले नयाँ क्लु भेट्टाएको छ । नातामा दाजु पर्ने सुकदेव भण्डारीसंगको प्रेम...

आजदेखी अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न पाइने

  काठमाडौं । बागमती प्रदेश सरकारले अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छ । आज देखी बागमती प्रदेश भित्र सवारी साधनको ब्लुबुक अनलाइन मार्फत...

राजनीतिक ध्रुवीकरणको प्रभाव

ओली सरकार अन्त्य र देउवा सरकारको उदयसँगै नेपालमा राजनीतिक ध्रुवीकरणको प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ । त्यो ध्रुवीकरण केन्द्रदेखि स्थानीयस्तरसम्म र ठूला पार्टीदेखि...

साताका लोकप्रिय समाचार

माओवादीको ताप सकिएको छैन, आगो सल्किन सक्छ : प्रचण्ड

  काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा जनताको अधिकार प्रयोग गर्ने सर्वाेच्च थलो भएकाले पार्टीभित्र विवाद हुँदा यसलाई विघटन...

कोरोनाको एक मात्र विकल्प-खोप

  निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बिदाइ मन्तव्यमा असार २९ गते नेपालले थप १ करोड ५० लाख डोज खोप सहुलियत दरमा खरिद सम्झौता गरेको...

अस्पतालको वेडबाट झलनाथको आग्रह : देउवा सरकारलाई विश्वासको मत दिऔं

  काठमाडाैं ।  पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाइ विश्वासकाे मत दिनु पर्ने बताएका छन् ।  दिल्लीमा उपचाररत खनालले...

अमेरिकाबाट हरेक साता लोकदोहोरी कार्यक्रम

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपाली कलाकारले नेपाली लोक दोहोरी गीतको प्रवद्र्धनका लागि त्यहीँबाट प्रत्यक्ष लोक दोहोरी गायन कार्यक्रम सुरु गरेका छन् । संयुक्त...

जसपा विवादको छिनोफानो यसैसाता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीभित्र देखिएको विवादको छिनोफानोका लागि इजलासमा सुनुवाइ सुरु गरेको छ । आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्तको...

ट्रेन्डिङ

नियोग र दूतावास पुनर्संरचना नहुँदा राज्यलाई वार्षिक करोडौं व्ययभार

काठमाडौं । सरकारले विदेशस्थित कूटनीतिक नियोगको पुनर्संरचनाको काम अलपत्र पार्दा राज्यलाई बर्सेनि करोडौं रुपैयाँ व्ययभार पर्दै आइरहेको छ । कतिपय स्थानमा दूतावासको कामै नभए...

आफैले काटेकाे रुखले किचेर दुई जनाको मृत्यु

धनकुटा। धनकुटाका दुई वेग्ला–वेग्लै स्थानमा मंगलबार रुखले किचेर दुई जनाको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–७ साफु र सहिदभूमि गाउँपालिका–३ छिन्ताङमा रुखले किचेर दुइ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?