Sunday, April 18, 2021
Home कला बन्ने भयो नेपाल चलचित्र कलाकार संघको भवन

बन्ने भयो नेपाल चलचित्र कलाकार संघको भवन

,

काठमाडौं । विगत दुई दशकदेखि नेपाल चलचित्र कलाकार संघको कार्यालयका लागि भवन निर्माण गर्ने योजनाले बल्ल सार्थकता पाउने भएको छ ।

चन्द्रागिरी नगरपालिका वडा–१२ पुरानो नैकाप थानेटारमा कलाकार संघको आफ्नै भवन निर्माण हुने लागेको हो । ३३ वर्षअघि स्थापना भएको संघको निर्वाचनमा विगतमा हरेक अध्यक्षले संघको कार्यालयका लागि भवन निर्माण गर्ने योजना सुनाउने गरेका थिए । सो योजनालाई यतिबेला संघका अध्यक्ष रवीन्द्र खड्काले पूरा गर्दै छन् ।

नेपाल सरकारले २०७७ र ७८ को आर्थिक वर्षको बजेटमा कलाकार संघको भवन निर्माणलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो । सो घोषणपछि यतिबेला संघका पदाधिकारीहरू भवन निर्माणमा सक्रिय भएका छन् । जसका लागि नैकापमा जग्गा खोजेर भवनको प्रारम्भिक कार्य थालिएको छ ।

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले चन्द्रागिरि नगरपालिका–१२ पुरानो नैकाप थानेटारमा संघको भवन शिलान्यास गरेका छन् । विधिवत् रूपमा पूूजा गरेर मन्त्री श्रेष्ठले भवनको शिलान्यास गरेका हुन् । उनले कलाकार संघको आफ्नै भवन निर्माण गर्न लागिएकोमा अब कलाकारहरूले गर्व गर्नुपर्ने बताए । भवन चाँडो निर्माण होस् भन्ने शुभकामना पनि उनले सो कार्यक्रममा व्यक्त गरे ।

नेपाल चलचित्र कलाकार संघले भवन निर्माण गर्ने भनेपछि संघबाट स्थापना गरिएको भवन निर्माण कोषमा लामो समयदेखि आर्थिक सहयोग जुट्दै आएका छ । सो सहयोगबाट संघको जग्गा अझ नेपाल सरकारले पनि सो कोषमा आर्थिक सहयोग गरेपछि आफूूहरूले भवन निर्माणको कार्य अघि बढाएको संघका पदाधिकारीहरूले बताएका छन् ।

संघको भवनको शिलान्यास गरिएपछि संघका अध्यक्ष रवीन्द्र खड्का निकै पुलकित भएका छन् । संघको भवन निर्माण गर्ने सपना आफ्नो सफल हुन लागेको पनि उनले बताएका छन् । उनका अनुसार, साढे तीन तल्लाको भवन निर्माण गर्न लागिएको हो ।

अध्यक्ष रवीन्द्र खड्काका अनुसार संघको भवन निर्माणका लागि सरकारबाट ५० लाख रूपैयाँ प्राप्त भएको छ । अहिले सोही रकमबाट भवनको निर्माण थालिएको छ । सरकारले अरु पनि सहयोग गर्ने भनेपछि आफूहरू अझ उत्साहित भएको पनि अध्यक्ष खड्काले बताएका छन् । यस्तै, संघको भवन निर्माण शिलान्यास गरेसँगै विदेश तथा संघका स्वदेशकै विभिन्न शाखाबाट आर्थिक सहयोगको घोषणा भइरहेको पनि उनले बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले पनि संघको आफ्नै भवन हुन कलाकारहरूका लागि खुसीको कुरा भएको बताएका छन् । उनले कार्यक्रममा शुभकामना दिँदै संघको भवन निर्माणमा बोर्ड र आफ्नो व्यक्तिगत तर्फबाट पनि सहयोग गर्ने बताएका छन् ।

भवनको शिलान्यास कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधान अग्रज हास्य अभिनेता हरिवंश आचार्य, अभिनेता कृष्ण मल्ल, निर्देशक रमेश बुढाथोकी, चलचित्र निर्देशक दिनेश डिसी, कानुन व्यवसायी शम्भु निरौला, कलाकार कृष्ण ढुंगानालगायतले पनि शुभकामना दिए ।

 

(Visited 93 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

हतौडाले हिर्काएर बालकको हत्या

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । महेशको दोगडाकेदार...

संगै हिँडेका साथीकाे शब भेटिएपछि भागेर भारत पुगेका युवालाई उनकै बुबाले प्रहरीमा बुझाए

दैलेख । साथीको हत्या आरोप लागेका एकजना युवकलाई उनकै बुबाले भारत फकाएर जिल्ला प्रहरी कार्यालय दैलेखमा बुझाएका छन् । गुराँस गाउँपालिका–६ जोरेबाँझका २१ वर्षीय...

एमसीसीको पक्षमा कांग्रेस

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ । मुलुकको राजनीति लामो समयदेखि एमसीसीकै वरिपरि घुम्दै आइरहेका बेला प्रधानमन्त्री...

आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर...

साताका लोकप्रिय समाचार

‘२०७७ मा उल्लेख्य विकास’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा मुलुकको आर्थिक सामाजिक विकासका साथसाथै भौतिक विकास निर्माणका कार्यमा समेत सरकारले उल्लेख्य सफलता हासिल गरेको जनाएका...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

चक्रब्युहमा नेपाली राजनीति

प्रारम्भ: माओवादी केन्द्रसँग चुनावी एकता गर्दै अघि बढेको एमाले र माओवादी केन्द्र अन्ततः दलीय एकता भंग गर्दै पुनः आआफ्नै कित्तामा खुम्चिन पुगेका छन् । प्रधानमन्त्री...

निर्माण व्यवसायी महासंघको २२औं साधारण सभा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले आवश्यक परेको खण्डमा कानुन परिमार्जन गरेर भए पनि निर्माण व्यवसायलाई समृद्ध बनाउन सरकार प्रतिबद्ध रहेको बताएका...

प्रधानमन्त्री र राजपाका शीर्ष नेताबीच छलफल

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफल...

ट्रेन्डिङ

संक्रमणले मध्यान्नअघिसम्म रेडियोग्राफरसहित थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मंगलबार मध्यान्नअघिसम्म नेपालमा थप छ जनाको मृत्यु भएको छ । सुनसरी, बाग्लुङ, कास्की, सप्तरी, उदयपुर, र पर्सामा एक–एक जना...

बैतडीमा चाडपर्व लक्षित लकडाउन

बैतडी । चाडपर्वका बेला भीडभाड बढेर कोराना सङ्क्रमणको जोखिम बढ्ने भन्दै बैतडीमा लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आङ्शिक लकडाउन...

जलरङमा नेपाली कला–संस्कृति समेटिने

काठमाडौं । जलरङबाट चित्र सिर्जना गर्ने कलाकारको सबैभन्दा ठूलो मेला ‘अन्तरराष्ट्रिय जलरङ महोत्सव’को यसपालिको तेस्रो संस्करण भने नेपाली कला, संस्कृति र प्राकृतिक विविधता विशेष...

१२ वर्षीय बालकले गरे आफ्नै एक वर्षका भाइको हत्या

कैलाली । कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न...

शाकाहारी काम छैन भन्नुको अर्थ चिकेन चिल्ली खान खोजेका हैनन् होला त : प्रधानमन्त्री

सिराहा । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले हिंसात्मक आन्दोलन गर्न लागेको बताएका छन् । प्रचण्डले अब शाकाहारी आन्दोलन गरेर काम छैन भनेको भन्दै...

भारतबाट आएका पुरुष घर गएपछि परिवार नै बिरामी, आइसोलेनस वार्डमा राखेर उपचार गरिँदै

सल्यान । वनगाड कुपिण्डे नगरपालिका १२ निगालचुला माझखर्कमा एकै घरका पाँच जनामा कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ । ...

तस्विरमा ओली समुहको शक्ति प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहले शुक्रवार राजधानीमा शक्ति प्रदर्शन गरेको छ । मुलुकका विभिन्न स्थानबाट आएका कार्यकर्ता नारायणहिटी अगाडी जम्मा भएका...

बस्न छोडेको घरमा चितुवाका चार बच्चा फेला

लमजुङ । लमजुङमा एक पुरानो घरमा चितुवाका चारवटा बच्चा फेला परेका छन् । बेसीसहर नगरपालिका– २ को बगाले गाउँमा रहेको मानिस बस्न छाडेको घरमा...

दोलखामा बस दुर्घटना हुँदा ३ जना गम्भीर घाइते

दोलखा । दोलखाको मेलुङ गाउँपालिकास्थि पवटीमा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन् भने आधा दर्जन बढी सामान्य घाइते भएका छन्...

बुटवलमा उपचाररत कपिलवस्तुका एक कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवलमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । बुुटवलस्थित लुुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कपिलवस्तुुका एक पुुरुषको कोरोना शनिबार मृत्यु भएको हो...

प्रदेश २ बढ्दो कोरोना संक्रमण : एक महिनामा ३ हजार संक्रमित थपिए

सप्तरी । प्रदेश नं २ मा कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज मात्र प्रदेश नं २ मा...

उपत्यकामा १२० र बाहिर ११५ आईसीयू बेड स्थापना गरिने

काठमाडौ । सरकारले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी काठमाडौं उपत्यका र विभिन्न प्रदेशमा गरी २ सय ३५ वडा आईसीयू बेड स्थापना गर्ने...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)