काभ्रेपलाञ्चोक । नेकपा काभ्रेको जिल्ला कार्यालय प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली पक्षको कब्जामा पुगेको छ । ओली पक्षले कार्यालय कब्जा गर्दै तत्कालीन एमालेले निर्माण गरेको कार्यालयमा लगाइएको पुरानो ताला फोडी ओली पक्षका नेता कार्यकर्ताले नयाँ ताला लगाएका छन् । तत्कालीन एमालेले निर्माण गरेको कार्यालयमा लगाइएको पुरानो ताला हटाएर ओली समूहले अर्को ताला लगाएको हो । बिहानैदेखि ओली पक्षका नेता कार्यकताको कार्यालयमा बाक्लो उपस्थिती थियो ।
तत्कालिन नेकपा एमालेको जिल्ला कार्यालय एमाले नै निमार्ण गरेको भएकाले हिजो पनि आफूहरुकै भएको, आज पनि र भोलिका दिनमा पनि आफूहरुकै हुने कार्यालयमा उपस्थित नेकपा जिल्ला नेता कञ्चन अधिकारीले बताए । आफूहरु कार्यालयमा उपस्थित रहेको भन्दै असहज परिस्थिति नआउने पनि उनले बताए । त्यस्तै अर्का कार्यकता नेता एवं युवा संघ काभ्रेका अध्यक्ष बिक्रम चौलागाईंले कुनै पनि हालतमा आफूहरुले कार्यालय नछाड्ने बताए ।
तत्कालीन माओवादी केन्द्रको तर्फबाट जिल्ला अध्यक्ष रुकु चौलागाईं र तत्कालीन एमालेका तर्फबाट जिल्ला सचिव रहेका टोकबहादुर वाइवा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहमा छन् ।