Wednesday, February 24, 2021
Home Editor-Picks पाँच महिनामा ६ हजार पर्यटक

पाँच महिनामा ६ हजार पर्यटक

घर फर्किने नेपालीको संख्या १ लाख ५४ हजार २२१ जना

काठमाडौं । चालु आर्थिक वर्ष २०७७-७८ को मंसिरसम्म हवाई मार्गबाट ६ हजार २ सय ८० जना पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका अनुसार नेपाल भित्रिनेमध्ये अमेरिकी नागरिकको संख्या अधिक छ ।

विभागका अनुसार पाँच महिनामा अमेरिकाबाट १ हजार ३१७ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यसपछि बेलायतबाट ९०१ जना पर्यटक नेपाल आएका छन् ।

चीनबाट सो अवधिमा ५ सय ७६ र भारतबाट ४३१ जना पर्यटक नेपाल आएका छन् । टर्कीबाट ३०३, अस्ट्रेलियाबाट १३५, रसियाबाट १८०, फ्रान्सबाट १३५, जर्मनी र जापानबाट १०८, जोर्डन र माल्दिभ्सबाट १०६, मेक्सिकोबाट ११२, पोर्चुगलबाट १०० र श्रीलंकाबाट १०२ जना पर्यटक नेपाल भित्रिएका छन् । संयुक्त राष्ट्रसंघीय निकायका ११५ जना कर्मचारीसमेत सो अवधिमा नेपाल आएको विभागले जनाएको छ ।

विभिन्न मुलुकबाट आउने पर्यटकका लागि सम्बन्धित देशको दूतावास एवं कूटनीतिक नियोगसँग समन्वय गर्नेहरू र डिप्लोम्याटिकलाई मात्र आगमन खुला गरेको छ

विमानस्थलबाट यो अवधिमा नेपाल आएका पर्यटक विगतका वर्षमा जस्तो मुलुकको पदयात्रा भ्रमण एवं विभिन्न पर्यटकीय गन्तव्य स्थलको भ्रमणमा गएका छैनन् । राजधानीको पर्यटकीय बजार ठमेलमा समेत यो वर्ष विदेशी पर्यटकको अनुहार देख्न मुस्किल परेको सम्बन्धित पर्यटन व्यवसायी एवं सरोकारवालाको भनाइ छ । उनीहरूले नेपाल भ्रमणका लागि नभएर अन्य काम विशेष र डिप्लोम्याटिक तथा कूटनीतिक काममा आएकाले बजारमा चहलपहल नदेखिएको बताएका छन् ।

कोरोना प्रभावका कारण लामो समय बन्द रहेको नियमित व्यावसायिक हवाई उडान सञ्चालनमा आएसँगै सरकारले अहिले विभिन्न मुलुकबाट आउने पर्यटकका लागि सम्बन्धित देशको दूतावास एवं कूटनीतिक नियोगसँग समन्वय गर्नेहरू र डिप्लोम्याटिकलाई मात्र आगमन खुला गरेको छ ।

पछिल्लो समय भारतबाट काठमाडौंका लागि हवाई उडान सुचारु भएको छ । अहिले भारतबाट हवाई मार्ग हुँदै आउने भारतीय नागरिकलाई पर्यटकका रूपमा गणना गरिएको छ । सोही कारण आगामी दिनमा पर्यटक आगमन संख्या थप बढ्ने विभागको अनुमान छ ।

विभागका अनुसार सो अवधिमा विभिन्न मुलुकबाट हवाई मार्ग हुँदै घर फर्किने नेपालीको संख्या कुल १ लाख ५४ हजार २२१ जना रहेको छ । यसैगरी समीक्षा अवधिमा नेपालबाट ७८ हजार २३४ जना नेपाली हवाई मार्गबाट विभिन्न मुलुकतर्फ प्रस्थान गरेका छन् । यो अवधिमा ६१ हजार ३५१ जना पुरुष र १६ हजार ८७८ जना महिला हवाई मार्गबाट विभिन्न मुलुकतर्फ गएका छन् ।

यो पनि पढ्नुहोस   प्रधानमन्त्री ओलीले तुरुन्त राजीनामा दिनुपर्छ : वामदेव गौतम

बितेका पाँच महिनाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेशी र विदेशी गरी कुल १ लाख ६० हजार ५ सय १ जना हवाई यात्रु नेपाल भित्रिएका छन् । यो अवधिमा सोही विमानस्थलबाट ८९ हजार ८९० जना विदेश प्रस्थान गरेका छन् ।

अब बेलायतबाट नेपाल आउन नपाइने
सरकारले बेलायतबाट नेपाल आउने हवाई यात्रुमाथि प्रतिबन्ध लगाएको छ । बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट आउने कुनै पनि हवाई यात्रु नल्याउन सम्बन्धित वायुसेवा कम्पनीलाई निर्देशन दिएको हो ।

प्राधिकरणको यो निर्णय बुधबार बेलुकादेखि लागू हुनेछ । पछिल्लो समय बेलायतमा दोस्रो चरणको कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि विश्वका झन्डै ५० वटा देशले बेलायतसँगको हवाई उडान रद्द गरेर यात्रा प्रतिबन्ध लगाइसकेका छन् । हाल बेलायतमा नयाँ भाइरस देखिएको र सो भाइरस पहिलेभन्दा बढी संक्रामक पाइएपछि बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।

युरोपियन युनियनले बेलायतसँगको सिधा हवाई उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार अब १ पुसयता नेपाल आएकाहरूलाई अनिवार्य रूपमा ७ दिन क्वारेन्टिनमा बसेर कोरोना परीक्षण गरेपछि मात्र घर तथा आफ्नो गन्तव्य जान पनि आग्रह गरिएको छ ।

मंगलबार नेपाल आउन ट्रान्जिटमा रहने हवाई यात्रुहरूले समेत अब अनिवार्य रूपमा १० दिन होटल क्वारेन्टिनमा बसेर कोरोना परीक्षण गरेर मात्र आफ्नो घर जानुपर्ने भएको छ ।

(Visited 104 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रशासन, राज्यसत्ता र राजनीति

राज्य प्रशासनमा हुने सामान्य राजनीतिक प्रभावलाई स्वाभाविक मानिन्छ । तर, प्रशासनलाई सत्ता शक्तिकै खेलौना बनाउने प्रवृत्ति भने कसैका लागि पनि मान्य हुँदैन । राज्य...

मिस इको इन्टरनेसनलमा नेपालबाट अनुष्मा

काठमाडौं । ‘मिस इको इन्टरनेसनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुस्मा रायमाझीले गर्ने भएकी छन् । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि आधिकार प्राप्त नेपाली...

सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’मा

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखिएको छ । सर्वोच्चको संसद् पुनस्र्थापना गर्ने निर्णयपछि नेपाल कम्युनिस्ट...

प्रधानमन्त्री ओलीले तुरुन्त राजीनामा दिनुपर्छ : वामदेव गौतम

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिन सुझाव दिएका छन् । गौतमले एक विज्ञप्ति...

सर्वोच्च अदालतको फैसला स्वागतयोग्यः कांग्रेस

काठमाडौं । प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वागत गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले...

साताका लोकप्रिय समाचार

ओली समूहमै फर्किए शेरबहादुर तामाङ र उषाकला राई

काठमाडौं । पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राई फेरि नेकपाको ओली समूहमै फर्किएका छन् । सुरुमा ओली समूहमा खुलेका...

कुनै हालतमा हाम्रो राजीनामा आउँदैनः शिक्षामन्त्री श्रेष्ठ

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पारे । पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै...

सर्वोच्चद्वारा प्रतिनिधिसभा पुनःस्थापना, १३ दिनभित्रै बैठक बोलाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरि...

एक महिलासहित १० कैदी मुक्त

सप्तरी, राजविराज । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर सरकारले राजविराज कारागारका एक महिलासहित १० जना कैदीलाई शुक्रबार रिहा गरेको छ । रिहा हुनेहरुमा सवारी ज्यानका...

सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’मा

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखिएको छ । सर्वोच्चको संसद् पुनस्र्थापना गर्ने निर्णयपछि नेपाल कम्युनिस्ट...

ट्रेन्डिङ

भारतीय विदेश सचिव आजै स्वदेश फर्किने, त्यसअघि गोरखा जाने

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज स्वदेश फर्किदैछन् । त्यसअघि उनी गोरखा जाने भएका छन् । भारतीय...

पाँच जना श्रीमति मिलेर बलात्कार गरेपछि श्रीमानको प्राण गयो

एजेन्सी । नाइजेरियामा श्रीमतिले बलात्कार गर्दा श्रीमानको मृत्यु भएको छ । एक करोडपति व्यक्तिलाई उनका पाँच श्रीमतीले पालैपालो बलात्कार गरेका थिए । छैटौ श्रीमतीलाई बढी...

यसरी सफल भएको थियो प्रम ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्रीको...

चेल्सीको खराब प्रदर्शन कायमै

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको खराब प्रदर्शन कायमै छ । गएराति भएको खेलमा चेल्सीले एस्टन भिल्लासँग १–१ गोलको बराबरी खेल्यो । पछिल्लो...

संविधानमा आलंकारिक राजसंस्था नभई हुँदैन : लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालमा अहिले राजसंस्थाको टड्कारो आवश्यक्ता रहेको बताएका छन् । ‘अब संविधानभित्र आलंकारिक राजसंस्था नेपालमा...

प्रदेश १ मा १६६ जना डिस्चार्ज, १२२ संक्रमित थपिए

मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । १ सय २२ कोरोना संक्रमित थपिएका छन्...

यी सुन्दरी नायिकाले झुण्डिएर गरिन आत्महत्या

नयाँ दिल्ली । भारतको कन्नडकी चर्चित नायिका जयश्री रमैयाले झुण्डिएर आत्महत्या गरेकी छिन् । बंगलुरु स्थित घरमै उनको मृत शरीर भेटिएको थियो । उनले...

राजबिराज सहित सप्तरीका पाँचसय घरमा बाढी पस्यो

सप्तरी, राजविराज । कोरोनाको जोखिम कम नहुदै सप्तरीमा तिन दिन यता लगायतारको बर्षाले खाडो, सप्तकोशी, बलान, त्रियुगा, जिता लगायत आधा दर्जन भन्दा बढी नदी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

यसरी कोरिएको थियो मेलम्ची सपना

सिन्धुपाल्चाेक ।  तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालमा मेलम्चीको पानी ल्याएर काठमाडौं उपत्यका सफा गर्ने बताएका थिए । त्यो बेलादेखि नै चर्चामा रहेको मेलम्ची...

पत्रकार महासङ्घ युरोपमा एकै दिन समानान्तर अधिवेशन

पाेर्चुगल ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको चौथो अधिवेशनको...

भर्खरै

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल

काठमाडौँ । फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार...

यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू...

विवेकेशील साझाले भन्यो : प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा देऊ

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको विवेकशील साझा पार्टीले स्वागत गरेको छ । ‘सम्मानित अदालतको...

धेरै पढिएका

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू...

थप १२५ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा आज थप १२५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३६८१ जनाको गरिएको पीसीआर...

म्यानमारमा आन्दोलन चर्किँदै, दुई प्रदर्शनकारीको मृत्यु

मन्डलाया । म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षाकर्र्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । म्यानमारको संकट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)