Thursday, May 6, 2021
Home प्रदेश प्रदेश ३ नेकपाकै साथीहरुले हातखुट्टा बाँध्न खोजेपछि संसद विघटन : टोपबहादुर रायमाझी

नेकपाकै साथीहरुले हातखुट्टा बाँध्न खोजेपछि संसद विघटन : टोपबहादुर रायमाझी

,

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केपी शर्मा ओली पक्षधर नेता टोपबहादुर रायमाझीले आफ्नै पार्टीबाट बारम्बार असहयोग भएपछि र अविश्वासको प्रस्ताव दर्ता गराएपछि बाध्य भएर संसद विघटन गरेर नयाँ जनादेशको लागि चुनावमा जाने घोषणा गर्दै मिति तोकेको स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता रायमाझीले यस्तो बताएका हुन् । उनले सरकारलाई बरु प्रमुख प्रतिपक्षी दलबाट समेत असहयोग नभएको अवस्थामा नेकपाकै केही साथीहरुले हातखुट्टा बाँध्ने काम गरेको गम्भीर आरोप लगाए । उनले भने–‘हाम्रो पार्टीमा चर्को विवाद सिर्जना भयो । मुख्यगरि प्रधानमन्त्री ओलीलाई काम गर्ने वातावरण भएन् । हातखुट्टा बाँध्ने काम भयो । उहाँलाई काम गर्न नदिने स्थिति भयो । प्रचण्डबाट अविश्वासको प्रस्ताव ३० गते ल्याईयो, प्रतिपक्षीले त्योसम्मको हर्कत बरु भएन् । सरकार पक्षबाटै नेताहरुबाट, विशेष अधिवेशनमार्फत अविश्वासको प्रस्ताव अघि बढाएपछि, एकातिर काम गरेन भन्ने अर्कोतिर अविशसको प्रस्तावमा जाने कुरा भयो । यो गलत काम भएपछि प्रधानमन्त्रीले संसद विघटन गर्नुभयो । यो उहाँको बाध्यात्मक कदम हो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफ्नै पार्टीबाट प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउनेसम्मको हर्कत भएपछि प्रधानमन्त्री ओलीले बाध्यात्मक कारण संसद विघटन गरेको जिकिर गरे । उनले भने,‘उहाँहरुले सरकारले काम गर्न सकेन भन्नुभयो, अनि प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने काम भयो, अहिले संसद पूर्नस्थापना गर्ने हो माग गरिएको छ । सरकार असफल भयो, काम गर्न सकेन भन्नेहरु कम्तिमा मध्यावधिमा जाने भनेपछि खुशी भएर निर्वाचनमा जानुपर्ने हो नि । राम्रो काम गर्न सक्छु भन्ने लाग्नेलाई निर्वाचनमा जानुपर्छ । सरकारले काम गर्न सकेन भन्नेहरुले सरकारको निर्णयलाई सम्मान गर्नुपर्छ । जनादेश लिएर जानु नै राम्रो हो । हामी भोट प्राप्त गर्छौ, जनमत प्राप्त गर्छों । प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छ, यो उहाँको राईटको कुरा हो । सरकार असफल भयो भन्नेहरु चुनावमा जान किन डराएको ?’

उनले कुनैपनि हालतमा संसद पूनस्र्पाना नहुने जिकिर गरे । उनले सरकारले काम गर्न सकेन भनेपछि, सरकार परिवर्तनको लागि अविश्वास प्रस्ताव पेश गरेपछि, र सरकार गिराउन त्यो खालको प्रस्ताव गएपछि प्रधानमन्त्री ओलीले जनादेशमा जाने कुरा गर्नु स्वागतयोग्य भएको स्पष्ट पारे । रायमाझीले तोकिएकै मितिमा चुनाव सम्पन्न हुनेपनि विश्वास दिलाए । उनले वर्तमान अध्यक्ष ओली सर्वसम्मत अध्यक्ष र सर्वसम्मत प्रधानमन्त्री भएको सुनाउँदै बालुवाटारमा पहिलो अध्यक्षको नाताले ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएको सुनाए । उनले भने,‘कतिपय साथी आउनुभएन्, कतिपय आउनुभयो । हामीले आवश्यकत्ताअनुसार केन्द्रीय कमिटीमा संख्या थपियो । विधानअनुसार बैठक बसियो ।’

(Visited 139 times, 1 visits today)
Loading comments...

आजको समाचार

३ हजार ९ सय १३ जना कोरोना संक्रमण मुक्त, ६ जनाको मृत्यु

चुरो/ मकवानपुर । पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित संक्रमण मुक्त भएसंगै संक्रमण मुक्त हुनेको संख्या ३ हजार ९ सय १३ पुगेको जिल्ला...

अल्पमतमा प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै...

चार्टर्ड र उद्धार उडान सञ्चालन हुने

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीव्र रूपले बढेर संक्रमितको संख्या दैनिक ३४ सय नाघेको र मृत्युदर पनि बढेर दैनिक ३७ जना पुग्न थालेपछि...

कोरोनाका कहर : अस्पताल खोज्दै काठमाण्डौबाट बागलुङ

बागलुङ । अक्सर बिरामीहरु सफल उपचार पाईने आसामा जिल्ला–जिल्लाबाट राजधानीका सुविधा सम्पन्न अस्पतालमा जाने गर्छन् । उपचारको लागि पर्याप्त पूर्वाधार भएको कारण पनि उपचार...

चितवनका एकसहित तीन सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् ।भरतपुर अस्पतालमा उपचारका...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमणबाट सहकारीकर्मी जोशीको मृत्यु

खोटाङ । कोरोनाभाईरस संक्रमणका कारण खोटाङका एक युवाको मृत्यु भएको छ । जिल्ला सहकारी संघ खोटाङका अध्यक्ष समेत रहेका अनिल जोशीको ४४ वर्षको उमेरमा...

स्वास्थ्यमा समस्या भएपछि चैनपुरका मेयरलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका मेयर भरत खत्रीलाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि चैनपुरका मेयर...

कोरोनाका कारण सुदूरपश्चिममा एकैदिन १२ को मृत्यु

धनगढी । सुदूरपश्चिममा कोरोना संक्रमणका कारण एकैदिन १२ जनाको मृत्यु भएको छ । यो प्रदेशमा कोरोना संक्रमणका कारण यसरी एकैदिन यो संख्यामा पहिलोपटक मृत्यु...

इलाममा ७१ जनालाई संक्रमण, ४ जनाको मृत्यु

इलाम । इलाममा मंगलबार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकाका १६ जना र माइजोगमाई गाउँपालिकाका एक गरी १६ जनामाा...

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडाैं ।  नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएकाे छ । आज बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको...

ट्रेन्डिङ

काँग्रेसले वैदेशिक रोजगारीका समस्याबारे संसद्मा आवाज उठाउने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसद्मा श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा व्याप्त अव्यवस्था, अनियमतिता र शोषण अन्त्य गर्न आवाज उठाउने जनाएको...

कोरोना भाइरसविरुद्ध सार्क भिडियो कन्फरेन्स आज साँझ

काठमाडौँ । कोभिड–१ (कोरोना भाइरस) को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष/प्रधानमन्त्रीबीच आज साँझ भिडियो कन्फरेन्स हुँदै छ...

लकडाउनको असर : औषधी खान नपाएर मृत्यु

बझाङ । साईपाल गाँउपालिका वडा नम्बर १ धलौन घर भएकी दिर्घरोगी एक महिलाकोे नियमित खाने औषधी खान नपाएर सोमबार विहान मृत्यु भएको छ ।...

गुणस्तरहीन फलामे डन्डी बेच्ने जगदम्बा स्टिल कारबाहीमा

काठमाडौ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलद्वारा उत्पादित फलामका डन्डी (रड)को गुणस्तर कमजोर देखिएपछि सरकारले बिक्री वितरणमा रोक लगाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ...

प्रियंका चोपडा भारतिय किसान आन्दोलनको पक्षमा

मुम्बई । बलिउड नायिका प्रियंका चोपडाले भारतमा भइरहेको किसानहरुको आन्दोलनमा समर्थन जनाएकी छिन् । उनले ट्विटरमा लेखेकी छिन् ‘किसानहरु हाम्रा लागि सैनिक हुन् ।...

काभ्रेमा एकै दिन थपिए ६ जना कोरोना संक्रमित

काभ्रेपलाञ्चोक । जिल्लामा आज (शुक्रबार) एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाँैमा गरिएको पिसिआर परिक्षणमा ६ जनाकै रिपोर्ट पोजेटिभ आएको...

यो साता संक्रमणले विदेशमा ज्यान गुमाउने न्यून

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोभिड–१९ उच्चस्तरीय समितिका...

काठमाडौंमा बिनाकाम प्रवेश निषेध

काठमाडौं । गृह मन्त्रालयले अत्यावश्यक कामबाहेक काठमाडौं उपत्यका प्रवेशमा निषेध गर्ने निर्णय गर्दै उपत्यकाका सबै स्थानीय तहलाई निर्णय कार्यान्वयन गर्न परिपत्र गरेको छ ।...

दलालीमार्फत घरजग्गा कारोबारमा प्रतिबन्ध लगाइँदै

काठमाडौं । सरकारले दलालीमार्फत घरजग्गा कारोबारमा रोक लगाउने गृहकार्य थालेको छ । घरजग्गा किनबेच दलालीमार्फत भइरहँदा अपेक्षाकृत राजस्व नउठेपछि सरकारले एजेन्सीमार्फत मात्रै खरिद गर्न...

वीरगन्जमा बन्दको प्रभाव आंशिक, मध्यान्हपछि सामान्य

वीरगन्ज । बिहान अली बन्दको प्रभाव देखिएको वीरगन्ज पथलैया औद्योगिक कोरिडोर क्षेत्र मध्यान्हपछि सामान्य भएको छ । आन्दोलनमा उत्रिएका आन्दोलनकारीहरु मध्ये ३१ जनालाई पर्सा...

बाँके गाडी दुर्घटनाका मृतक र घाइतेको पिसिआर नेगेटिभ

बाँके । बाँकेमा गएराती भएको सवारी दुर्घटनामा परेर मृत्यु तथा घाइते भएका ३३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । दुर्घटनामा परेकाहरु भारतबाट...

नगरप्रमुख मलासीको स्वासप्रस्वासमा समस्या, उपचारार्थ काठमाडौँ लगियो

डोटी । दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको स्वासप्रस्वासमा समस्या आएपछि उपचारार्थ नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ लगिएको छ । उनी भारतबाट फर्किएका नागरिककलाई क्वारेन्टिन राख्न...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)