बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, २ गम्भीर

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहानै ५ बजेतिर जयपृथ्वीराज मार्ग अन्तर्गत सुर्नया गाउँपालिकाको आलुगैरामा धनगढीबाट बझाङतर्फ गइरहेको से १ ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा बझाङको बुंगल नगरपालिका ११ घर भएका चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।

सो दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको उनले बताए । बैतडीको पुर्चौडी नगरपालिका ४ भटनाका ३५ बर्षीय जनकराज भट्ट र सोही ठाउँका अन्दाजी ४० बर्षीय गंगादत्त भट्टको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक धामीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका बझाङको बित्थडचीर गाउँपालिकाका हरिश बोहराको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ । घाइते तिनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । जिप सडकबाट करीब १५० मिटर तल खसेको छ भने दुर्घटना कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ग्रामिण वस्तीहरुमा स्मार्ट भिलेजको अवधारणा कार्यान्वयन गर्छु : अधिकारी