Thursday, April 22, 2021
Home Breaking News कांग्रेसले आन्दोलनलाई नै निर्वाचनको आधार बनाउनु पर्छ

कांग्रेसले आन्दोलनलाई नै निर्वाचनको आधार बनाउनु पर्छ

,

सिंगो मुलुक फेरि संविधानको चीर-हरण तथा राजनीतिक संकटबाट गुज्रिन विवश छ । बाह्य खतराको कालो बादल देखिन थालेको वर्तमान अवस्थामा जिम्मेवारीपूर्ण अभिभारा पाएको कम्युनिस्ट सरकार संवैधानिक सर्बोच्चता कायम राख्दै लोकतन्त्र, राजनीतिक स्थायित्व, सुशासन र समृद्धि दिनबाट कर्तब्यच्यूत भएको छ ।

उसले सत्ताबाट कम्युनिस्ट चरित्र देखाएको छ । निरंकुशता र सर्वसत्तावादको बाटोमा हिंडेको कम्युनिस्ट नेतृत्वको सरकारलाई संविधान, संसद, संसदीय व्यवस्थालगायत सबैलाई बाधक मानेर तिनको तेजोबध गर्न उद्यत छ ।

हाम्रो संसदीय वा प्रधानमन्त्रीय पद्धति हुवहु वेस्ट मिन्स्टर शैलीको होइन । यहाँ संसदीय सर्बोच्चता छैन, संवैधानिक सर्बोच्चता स्थापित छ । तर संविधानसभाले जन्माएको संविधानलाई समेत निरर्थक बनाउने अहिलेको दुस्साहसले २०१७ को कठोर कदमलाई सम्झाई दिएको छ ।

फरक यति हो, २०१७ पुसमा जुन काम राजदरबारबाट भएको थियो, त्यही काम २०७७ साल पुषमा आएर सिंहदरबारबाट गरिएको छ । १९०३ भाद्र ३१ गते जंगबहादुरले महारानी राज्यलक्ष्मीको संरक्षकत्वमा सञ्चालित रक्तपातपूणर् कोतपर्वको नयाँ संस्करण, राष्ट्रपतिको संरक्षकत्वमा संवैधानिक कु भएको घटनासँग पनि तुलना हुनसक्छ ।

वर्तमान संविधानमा सरकार गठन हुन सक्ने परिस्थितिसम्म संसद विघटनको कुनै प्रावधान छैन, संसदले सरकार दिनसक्दा सम्म विघटन गर्न सकिन्न । सन् १९३३ मा हिटलरले जर्मनीमा तानाशाही शासन सुरू गर्दा जर्मन संसद बुन्डेस्टागमा आगो लगाएर सांसदहरूलाई बन्धक बनाएर सम्पूर्ण सत्ता हत्याएका थिए ।

१९१७ मा रुसमा लेनिनले जननिर्वाचित संविधानसभालाई बैठक बस्न नपाउँदै भंग गर्नुका साथै ‘सम्पूर्ण सत्ता सोभियतहरूलाई जिम्मा लगाउ’ भन्ने हुकुमी आदेशका साथ रुसी संसद ‘दुमा’ मा हमला र कब्जा गरी सत्ता हत्याएका थिए ।

कम्युनिस्ट नेतृत्वको सरकारले इतिहासका यस्ता धेरै चरित्रलाई नेपालमा पुनरावृत्त गर्ने प्रयत्न हुनसक्छ । तसर्थ जननिर्वाचित संसदको कोखबाट लोकतन्त्र विनाशक भष्मासुरको जन्म भएको यथार्थलाई हेक्का राख्नुपर्छ ।

फरक यति हो, २०१७ पुसमा जुन काम राजदरबारबाट भएको थियो, त्यही काम २०७७ साल पुषमा आएर सिंहदरबारबाट गरिएको छ । १९०३ भाद्र ३१ गते जंगबहादुरले महारानी राज्यलक्ष्मीको संरक्षकत्वमा सञ्चालित रक्तपातपूणर् कोतपर्वको नयाँ संस्करण, राष्ट्रपतिको संरक्षकत्वमा संवैधानिक कु भएको घटनासँग पनि तुलना हुनसक्छ

गत निर्वाचनमा दुईतिहाई बहुमतको मतादेश दिएका जनतामाथि नै कृतघ्नतापूर्वक धोका र कुठाराघात गर्दै कोरोना महामारी र प्राकृतिक प्रकोपबाट रुग्ण र थिलथिलो भएको मुलुकलाई थप पीडा दिने हर्कत भएको छ । शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणका सम्पूणर् संवैधानिक अङ्गहरू ध्वस्त गर्दै सर्वसत्तावादी चिन्तन र लोकतन्त्रका आधारभूत मान्यतामाथिको निरन्तर प्रहार हुँदैआयो ।

त्यसैले समस्त लोकतन्त्रवादीहरूको जिम्मेवारीलाई नेपाली काँग्रेसले समन्वय र अभिभावकीय अगुवाई गर्दै ठोस रणनीति र मार्गचित्र हामीले पहिल्याउने बेला आएको छ । पार्टीको आन्तरिक विवादमा राज्यव्यवस्थालाई शिकार बनाउने, नेतृत्वबीचको किचलो र झगडामा सिंगो मुलुक र जनतालाई दण्ड र कष्ट दिने कम्युनिस्ट नेतृत्वको प्रवृत्तिले जनतामा आक्रोश व्याप्त भएको छ ।

नेपाल आज आन्तरिक तथा बाह्य जटिलताको चक्रव्युहतिर उन्मुख छ । दोस्रो विश्वयुद्धपछि तीब्र गतिमा बढेको शितयुद्धको केन्द्र हाम्रै भूभागमा देखापर्दैछ । दुई ठूला छिमेकीहरूबीच बढ्दो कटुता र युद्ध उन्मुख परिस्थितिका अनिवार्य असर छिमेकीको नाताले हामीकहाँ आईपुग्न सक्छन् । यतातिर हामीले गम्भीर हुनु जरुरी छ ।

यो सरकार गठन भएदेखि करिब १९ सय व्यक्तिले आत्महत्या गरिसके, बलात्कारका घटना सुत्केरी अवस्थामा अलपत्र परेर वा खान नपाएर मरेकाहरूको संख्या हजारौं भएको छ ।

नेकपाको सरकार तीन वर्षभर सुशासन, सुख, समृद्धि, विकासका भाषणमा जनतालाई दिग्भ्रमित गरी शासकीय कुकृत्य, भ्रष्टाचार, दण्डहिनता मच्चाउनमै केन्द्रित रह्यो । कोरोना महामारी, प्राकृतिक प्रकोप-पीडित जनतालाई राहत तथा सेवामा समेत भ्रष्टाचारलाई प्रश्रय दिएर अस्तब्यस्तता बढाउने काम भयो ।

संवैधानिक अंगमा अवैध र अनैतिक नियुक्ति, जघन्य आर्थिक अपराधका अर्बौँ भ्रष्टाचार काण्ड, एयरबस जेट खरिदमा भएको भ्रष्टाचार, ३३ किलो सून, मूल नाईके सरकारी संरक्षणमै फरार, उखु र तरकारी किसान विरुद्ध विचौलिया हावी हुनमा सरकारी प्रश्रय, उनीहरूको आन्दोलन, चिकित्सा-शिक्षाका क्षेत्रमा ऐनमा माफियाको पृष्ठपोषण, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको आन्दोलन, महँगी, बेरोजगारी, असुुरक्षा, बलात्कार तथा आपराधिक घटनालाई ढाक छोपमै सरकारले ध्यान केन्द्रित गर्यो ।

विवादास्पद गुठी विधेयक, आपत्तीजनक अध्यादेश, यति होल्डिङ्सँग अबाञ्छित सम्बन्धजस्ता अनेकौं देश र जनताको हितका विषयलाई सदैव उपेक्षा गरेको देखियो । वर्षभरिका नेकपाका आन्तरिक विवाद र बैठकहरूमा कुनै पक्षले पनि यस्ता जनताका प्रत्यक्ष सरोकारका मामिलालाई आफ्नो एजेन्डामा राखेको पाइन्न ।

यो सबै परिस्थितिलाई ध्यान दिँदा, आजको द्वन्द्वात्मक परिस्थिति र परिणाम निस्कनुमा मात्रात्मक रुपले दुवै पक्ष जिम्मेवार छन् । यो कुनै सैद्धान्तिक मतभेद होइन, नीतिगत फरक वा आफ्नो पार्टीको चुनाबी घोषणापत्र कार्यान्वयनको क्रममा पैदा भएको बेमेल पनि देखिएन ।

त्यसैले दुवै पक्षसँग नेपाली काँग्रेसले समदूरी र समान व्यवहारको नीति अपनाउनु उचित हुन्छ । सर्वदलीय छलफल, वैचारिक सहमति, कार्यमूलक सम्बन्ध हुनसक्छ, तर ती विषयलाई काँग्रेसले आफ्नै आन्दोलन कै रुपमा लैजानुपर्छ, कसैसँग टाँस्सिएर होईन र यही आन्दोलनलाई नै निर्वाचनको आधार बनाउनु पर्छ ।

नेपाली काँग्रेस संविधान, संवैधानिक प्रक्रिया र संविधानवाद माथिको नाङ्गो आक्रमणमा मौन दर्शक बन्नहुँदैन । तसर्थ सबै तहबाट यसको सशक्त विरोध गरिनुपर्छ । सरकार विरुद्धको आन्दोलनमा कम्युनिस्ट सत्ताको परिणाम र दृष्टान्तको रुपमा सशक्त रुपले जनस्तरमा उठाउनुपर्छ ।

हरेक तह र हाम्रा भातृसंस्थाहरूले दुवै नेकपाका अध्यक्षका आरोपपत्रहरूलाई आधार बनाएर जनस्तरमा अलगै जानुपर्छ । यसले नै नेकपा सरकार र पार्टीको चित्र स्पष्ट पार्दछ । ताजा जनादेशको लागि जनताबाटै जन्मिएको, हुर्किएको र ३/३ वटा जनक्रान्तिको साथै हिंसात्मक द्वन्द्वको सहजीकरण गर्दैआएको पार्टी ताजा जनादेशमा हर समय तयार छ र तयार हुनैपर्छ । तर घोषित मितिमा निर्वाचन हुनसक्ने सम्भावना क्षीण छ । निर्वाचनको निम्ति धेरै घुम्ती पार गर्दै अनेक जटिलता सामना गर्नुपर्ने स्थिति आउनसक्छ ।

आजको स्थितिले काँग्रेसमा मन वचन र कर्मले सम्पूणर् एकता आवश्यक र अनिवार्य बनाएको छ, तसर्थ हाम्रा सम्पूणर् आन्तरिक मतभेदलाई स्थगित राख्नु जरुरी छ । काँग्रेस पुनर्जागरण र सशक्तीकरणको एउटा अवसरको रुपमा पनि यो आएको छ ।

यसको निम्ति नेपाली काँग्रेसको विधानअनुसार फागुनभित्र महाधिवेशन भईसक्नु पर्ने स्थिति छ । एकातिर आन्दोलन र परिआए निर्वाचनको तयारीमा जुट्नुपर्ने हुँदा पार्टीको अस्तित्व, र वैधानिकता रक्षा हाम्रो प्रथम र प्रमुख दायित्व भएको छ । यसका विकल्प केके हुन सक्छन्, खुला हृदयले सोचौं ।

मेरो विचारमा, सहमतिमा तेह्रौं महाधिवेशनका प्रतिनिधिहरूको विशेष अधिवेशनद्वारा पार्टीको वैधानिकतालाई पूणर्ता दिऔं । यसले तदर्थ रुपबाट १/२ वर्षभित्रमा पार्टी विधान अनुसार नयाँ महाधिवेशन गरौं । काँग्रेसमा त्यो परम्परा स्थापित पनि छ ।
२०१४ सालमा विराटनगरमा सम्पन्न विशेष अधिवेशन भएकै हो । आग्रह-पूर्वाग्रह र पक्ष-विपक्ष, गुट-उपगुटभन्दा माथि उठेर वर्तमान स्थितिलाई प्रयोग गर्दै सशक्त, जीवन्त र वैचारिक रुपबाट पार्टीलाई आगामी निर्वाचनमा पूणर् बहुमतसहित पहिलो स्थानमा ल्याउन कृतसंकल्पित होऔं । यो नै वर्तमान अवस्थामा हाम्रो मूल दायित्व हो ।

(बिहिबारको केन्द्रिय समिति बैठकमा नेता केसीले राखेका धारणा)

(Visited 108 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओली र नेपालबीच आज दोस्रो वार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो वार्ता आज पनि हुँदैछ । होटल मेरियटमा दिउँसो...

ओली–नेपाल वार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालमा...

मेरियट होटलमा ओली–नेपाल पुनः छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ दुई नेताबीच मेरियट होटलमा...

ईपीजी प्रतिवेदन टुंगोमा पु-याऊ

सीमारेखा झट्ट हेर्दा एउटा देशको सीमाजस्तो देखिए पनि यो अन्तर्राष्ट्रिय सीमांकन हो । नेपाल–भारतबीच रहेको अन्तर्राष्ट्रिय सीमा अद्यावधिक गर्न लामो फिल्ड वर्कसहित दुवै देशका...

अख्तियारले अब ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अप्रेसन’लाई अवैध ठहर गरेको छ । सर्वोच्चको फैसलाले विशेष अदालत र सर्वोच्च अदालतमा...

साताका लोकप्रिय समाचार

नेपालको लगातार दोस्रो जित

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियाले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको घरेलु...

कोरोना कहरः रुपैडिया आवतजावतमा रोक

नेपालगञ्ज ।  बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक लगाइएको छ । छिमेकी मुलुक भारतमा तीव्ररुपमा सङ्क्रमण बढेकाले रुपैडियामा किनमेलको लागि...

यूके भेरियन्ट नियन्त्रणका लागि खोप विस्तार गर

कोरोना महामारी संक्रमणको दोस्रो लहरका रूपमा बेलायती संक्रमण अर्थात् यूके भेरियन्ट फैलँदै गर्दा नेपालको जनजीवन फेरि अस्तव्यस्त हुने देखिएको छ । यो नेपालमा एक...

उपत्यकामा कडाइ : लगाइएको मास्क पाँच दिन सुरक्षित राख्नुपर्ने

काठमाडाैं ।  मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको...

आजबाट आयल निगम ईआरपी प्रणालीमा

काठमाडौँ । आजबाट नेपाल आयल निगम इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली जाने भएको छ । पेट्रोलियम पदार्थको आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित र सुधार...

ट्रेन्डिङ

बसिरलाई हेगमा बुझाउने सरकारको निर्णय

खार्तुम । सुडान सरकारले डार्फर नरसंहारको आरोप खेपिरहेका पूर्वराष्ट्रपति ओमार अल–बसिरलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतसमक्ष बुझाउन सहमति जनाएको छ । सुडानको सत्तारूढ परिषद्का एक सदस्यले...

वीरको क्यान्टीनमा बेसहारालाई नि:शुल्क खाना, ‘भोकै नबस्नुस हामी छौं’

काठमाडौं । कोरोना संक्रमणको सन्त्रासले विश्व नै आक्रान्त भइरहेको र मुलुकका नीजि अस्पतालले संकास्पद बिरामी उपचार गर्न आनाकानी गर्दै आइरहेका बेला देशकै पुरानो...

ओली शक्तिशाली होलान भनेको त ढोड जस्तो रहेछन् : झलनाथ खनाल

इलाम । प्रचण्ड–माधव समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले प्रधानमन्त्री केपि शर्मा ओलीललाई शक्तिशाली...

एक्लो बहादुरी र वीरताले मात्र विकास र समृद्धि हुँदैन :मन्त्री विश्वकर्मा

वीरगन्ज । नेपाल सरकारका खेलकुद मन्त्री जगत विश्वकर्माले एक्लो बहादुरी र वीरताले मात्र विकासको काम र समृद्धि हुन नसक्ने बताएका...

पेन्सन भुक्तानीमा बैंकहरूले पाउँदै आएको सेवा शुल्क काटियो

काठमाडौं । अवकाश प्राप्त कर्मचारीको पेन्सन भुक्तानीमा विगत २५ वर्षदेखि बैंकहरूले पाइरहेको एक प्रतिशत सेवा शुल्क काटिएको छ । सरकारले पेन्सन भुक्तानी गरेबापत सरकारी...

नेपालमा पहिलो राष्ट्रिय खाद्य बैक स्थापना

काठमाडौँ । नेपालमा पहिलो पटक राष्ट्रिय खाद्य बैक स्थापना भएको छ । ‘पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नारासाथ निजी क्षेत्रको...

कोरोना संक्रमणको चौथो चरणप्रति सावधान !

कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेपछि नेपालको सन्दर्भमा यसलाई संक्रमणको चौथो चरण प्रवेश गरेको स्वीकार गरिएको छ । बुधबारसम्म आइपुग्दा...

बबई नदिले बगाउँदा दाङमा वृद्धको मृत्यु

तुलसीपुर । पश्चिम दाङमा बबई नदिले बगाउँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरणगाउँपालिका –७ सिमठाना निबासी ७० बर्षका देशुलाल चौधरी रहेको...

सत्ता सञ्चालनको दुई बर्षमा सरकारको काम (प्रधानमन्त्रीको सम्बोधन पूर्णपाठसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यस वर्ष विकासको आधार खडा गरेको र अर्को वर्षदेखि उपलब्धिका वर्षहरु हुने बताएका छन् । आफू प्रधानमन्त्रीमा...

ओस्कार अवार्ड बिजेता नायकसंग स्मार्टफोन छैन, कम्प्युटर चलाउन जान्दैनन्

एजेन्सी । ओस्कार अवार्ड विजेता अभिनेता क्रिस्टोफर वोकेन र फिल्म निर्माता क्रिस्टोफर नोलन प्रविधिको मामलामा निकै पछाडी छन् । उनीहरु दुवै जना मोबाइल फोन...

कांग्रेस बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको बिहीबारका लागि डाकिएको केन्द्रीय समिति बैठक सरेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा...

अनशनरत डा. केसी गल्दै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २७ दिनदेखि अनशनरत चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीको माग सम्बोधन गर्नतर्फ गम्भीर कदम नचालेको आरोप सरकारमाथि लाग्न थालेको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)