पौडेल पक्षले दबाब दिएपछि कांग्रेस प्रतिनिधिसभा विघटन विरूद्ध आन्दोलनमा जान वाध्य

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको पार्टी कार्यालय सानेपामा बसेको बैठक । तस्वीरः रोशन सापकोटा/रासस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा प्रतिनिधि सभातर्फको १ सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा हिजो बिहीबार बसेको केन्द्रिय समिति बैठकमार्फत कांग्रेसले १३ पुसमा प्रतिनिधि सभातर्फका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटनका बिरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

महामन्त्री डा. शशांक कोइरालाले प्रतिनिधि सभा विघटनको असंवैधानिक तथा अलोकतान्त्रिक कदमका बिरुद्ध कांग्रेसले विरोध प्रदर्शनको घोषणा गरेको बताए ।

‘प्रतिनिधि सभा विघटनको असंवैधानिक तथा अलोकतान्त्रिक कदमका बिरुद्ध कांग्रेसले विरोध प्रदर्शनको घोषणा गरेको छ, १३ गते १ सय ६५ वटै निर्वाचन क्षेत्रम विरोध प्रदर्शन आयोजना गर्ने बैठकको निर्णय हो,’ महामन्त्री कोइरालाले राजधानीसँग भने ।

पौडेल पक्षले छुटै बैठक बसी सरकार बिरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिनु पर्ने प्रस्ताव केन्द्रिय समितिमा लगेका थिए

विरोध कार्यक्रमको संयोजन गर्ने कामको जिम्मेवारी भने संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय कार्यसमितिलाई दिइएको छ ।
गत मंगलबारबाट निरन्तर जारी बैठकमा बिहिबारसम्म १२ जनाले धारणा राखेका छन । बैठकमा सरकारले संसद विघटन गरेको विरोधमा तथा पार्टीको आगामी रणनीति तथा कार्ययोजनाका ’bout केन्द्रिय सदस्यहरुले धारणा राखिरहेका छन ।

यस्तै केही सदस्यहरुले भने घोषणा भइसकेको निर्वाचनको तयारीलाई समेत सँगसँगै अघि बढाउनु पर्ने राय राख्दै आइरहेका छन । यो विषयमा बैठकमा नेताहरु बिच चार्कचर्की नै पर्दै आइरहेको छ ।

पौडेल पक्षको दबाबमा आन्दोलन
कांग्रेसको जारी केन्द्रिय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु भने सरकारको कदमका बिरुद्ध सडक आन्दोलन गर्नु पर्ने भन्दै पार्टी नेतृत्वलाई दबाब दिंदै आइरहेका छन ।

बिहिबारको बैठक अघि समेत पौडेल पक्षले छुटै बैठक बसी सरकार बिरुद्ध अन्दोलनका कार्यक्रम घोषणा गरिनु पर्ने प्रस्ताव केन्द्रिय समितिमा लगेका थिए । त्यसपछि पार्टी सभापति शेरबहादुर देउवा १३ गतेका लागि विरोध प्रदर्शनको कार्यक्रम राख्न सहमत भएका हुन ।

यसअघी बुधबारको बैठकमा भने देउवाले १६ पुसमा पर्ने मेलमिलाप दिवसका दिनम नै एकैपटक सरकार बिरुद्ध कार्यक्रम गर्न सकिने बताएका थिए । उनी संसद विघटन’bout सर्वोच्च अदालतको निणर्य कुरेर थप कदम चाल्नु पर्ने पक्षमा उभिंदै आएका थिए ।

तर पौडेल पक्षको निरन्तरको दबाबपछि देउवा आन्दोलनका पक्षमा उभिएका हुन । निर्वाचनको तयारीमा लाग्ने कि सडक आन्दोलनमा जाने भन्नेमा नेताहरु बीच बैठकमै चर्काचर्की भएपछि पौडेल पक्षले छुट्टै बैठक गरी केन्द्रिय समितिमा आन्दोलनको प्रस्ताव लगेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सत्ता गठबन्धनमा बागी उम्मेदवारको लर्को