धराहरा अब २ तला ढलान गर्न बाँकी

काठमाडौं । गत २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहराको पुनर्निर्माण अन्तर्गत ढलान गर्न अब २ तला मात्रै बाँकी रहेको छ ।

धराहरा पुननिर्माण अन्तर्गत अहिले २० औं तलाको ढलानको काम भइरहेको छ । अब २ तलाको ढलान सकिएपछि ढलानको कार्य सम्पन्न हुनेछ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुसिल ज्ञवालीले यसै आर्थिक वर्षभित्र पुननिर्माण सम्पन्न गर्ने गरी काम भइरहेको जनाएका छन् । अहिले २० औं तलामा बन्ने बारदली निर्माणको काम भइरहेको उनको भनाई छ ।

धरहरा परिसरभित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल निर्माण, टक्सार संग्राहलय, भूकम्प संग्राहलय लगायतको संग्राहलय रहने भवनको निर्माण कार्य तीव्र गतिमा भइरहेको प्राधिकरणले जनाएको छ ।

तस्बीरः द्वारिका काफ्ले

४२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र २२ तलाको हुनेछ भने ७२ मिटर उचाइको हुने निर्माण कम्पनीले जनाएको छ । विसं १९९० सालको भुइँचालो अघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । २०७२, १२ वैशाखको विनाशकारी भूकम्पले ९ तलाको धरहरा पनि पूर्ण रुपमा भत्काइदिएको थियो ।

भूकम्पले भत्काएपछि जीआईईटीसी–रमन जेभीले धराहराको पुननिर्माणको काम गर्दै आएको छ । तीन अर्ब ४८ करोड रुपैयाँ लागतमा धरहराको पुनर्निर्माण भइरहेको हो । भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक धरहरा पुननिर्माणका लागि गत वर्षको पुषमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

धरहरामा बगैंचा, संग्राहलय, रंगीन जलफोहरा, प्रदर्शनी हल तथा पार्किङस्थल समेत रहनेछन् ।

बृहत् धरहरा पुनर्निर्माणको क्रममा अहिले हुलाक कार्यालय तथा काठमाडौं मलसम्मको क्षेत्र खाली गराएर पुननिर्माणको भइरहेको छ । उक्त ठाउँबाट खिचापोखरी हुँदै निस्कने ६ मिटरको बाटो निर्माण हुनेछ । स्थानीयको माग अनुसार ६ मिटरको बाटो निर्माण गर्न लागिएको सम्पदाविद राजुमान महर्जन बताउँछन् ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

निको भएका कोरोना संक्रमित समाजद्वारा बहिष्कृत
पत्रकारलाई सिडियोमार्फत् सोधपुछ
अध्यक्ष र कर्मचारीले हेपे भन्दै गाउँपालिका उपाध्यक्षले दिइन् राजीनामा
काठमाडौ सानो भ-याङबाट १० लाख माक्स बरामद
अंकगणितमै अलमलिँदै कांग्रेसः देउवाभन्दा पौडेल सक्रिय
रेडियोसँग मितेरी

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी