कोभिड–१९ पुनः संक्रमणको जोखिम कायम छ

कोभिड–१९ संक्रमणपछि निको भएर घर फर्केका पेप्सीकोला, काठमाडांै, रौतहट र दिल्ली निवासी तथा वीरगन्जका एकएक गरी धेरै जनामा पीसीआर रिपोर्ट पोजिटिभ देखिनु चिकित्सकले चुनौतीका रूपमा लिएका छन् । कोभिड–१९ को संक्रमितको संख्या दिनानुदिन बढिरहेका बेला निको हुनेको संख्या पनि बढिरहेको छ । निको भइसकेकालाई संक्रमण हुन सक्छ कि सक्दैन भन्नेमा यथेष्ट प्रमाण नभेटिएको भन्दै गर्दा नेपालमा एकपछि अर्काे पुनः संक्रमण देखिइरहेको छ । त्यसो त दक्षिण कोरिया, चीनलगायतका देशमा पुनः संक्रमणको घटना छन् ।

संक्रमित निको भएको तीन महिनासम्म पीसीआर परीक्षण गर्दा पुनः कोभिड–१९ पोजिटिभ आउने सम्भावना रहने सीडीसीले जनाएको छ । तथापि, दोस्रोपटकको पाजेटिभ पहिलाको जस्तो खतरनाक र अन्यलाई रोग सार्ने हँुदैन । सीडीसीले स्रक्रमण र सार्नसक्ने हिसाबले सामान्य लक्षण देखिएकामा पीसीआर परीक्षण भएको १० दिनपछि आइसोलेसनबाट बाहिर आउन सक्ने बताएको छ । साथै, डिस्चार्ज र आइसोलेसनबाट बाहिर आउन परीक्षणभन्दा लक्षणलाई मान्नुपर्ने बताएको छ ।

हर्ड इम्युनिटीले रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई मात्र सुरक्षा दिँदैन, यसले भाइरसको संक्रमण सुस्त र संक्रामक रोग फैलिन असहयोग गर्छ

पुनः संक्रमण
संसारभर फैलिरहेको कोरोना कहिल्यै नजाने हो कि चिन्ता बढेको छ । प्रतिरोधात्मक क्षमता विकास भए पनि पुनः संक्रमण भइरहँदा रुघाखोकी जस्तै विश्वभर रहिरहने डर छ । हङकङमा एक ३३ वर्षीय पुरुषलाई ४ महिनापछि अगस्ट १५ मा स्पेनबाट बेलायत हँुदै हङकङ पुग्दा दोहोरिएर कोरोना संक्रमण भएको छ ।

भारतको बैंगलोरमा एक निजी अस्पतालले जुलाईमा पहिलो पटक संक्रमण देखिएको २६ वर्षीया महिलामा दोस्रोपटक अगस्ट २४ मा -यापिड एन्टिजेन र पीसीआर दुवै टेस्टमा कोरोना संक्रमण भएका व्यक्ति फेला परेको बीबीसीले जनाएको छ । उनको एन्टिबडी नेगेटिभ आएपछि दोस्रोपटक संक्रमित भएका हुन् ।

जापानको ओसाकामा एक हेल्थ केयर सेन्टरमा फेब्रुअरी अन्तमा एक ४० वर्षीय महिलामा कोरोनाको उपचार गराएर घर फर्किएको १० दिनमा फेरि पोजिटिभ पाइएको थियो । त्यस्तै, जियाग्सु प्रान्तका एक चिनिया व्यक्ति पनि निको भएर घर फर्किएको तीन दिनपछि फेरि संक्रमण देखिएर भर्ना भएका थिए ।

चीनमा १० प्रतिशतसम्म परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएकामा पुनः संक्रमण देखिएको थियो । पुनः संक्रमण देखिए पनि यो संख्या एकदमै न्यून छ । तर, वैज्ञानिक भाइरस पुनः देखिनु असम्भव हो भन्छन् ।

पुनः संक्रमण देखिनु कारण उनीहरूको शरीरमा केही मात्रामा भाइरस छुटेको हुनपर्छ, रोग प्रतिरक्षा प्रणालीमा समस्या भई सही एन्टिबडीको निर्माण नहुने वा प्रयोगशाला तथा परीक्षणको विश्वसनीयतामा कमी हुन सक्छ । संक्रमितको स्वास्थ्य र उमेरले पनि निर्धारण गर्दछ ।

स्पेनका भाइरोलोजिस्ट लुई इन्वानेसका अनुसार कम्तीमा १४ प्रतिशत बिरामीमा कोरोनाको पुनः संक्रमण देखापरेको छ तर यो पुनः संक्रमण नभई पुरानै भाइरस फेरि बल्झिएको हो कि ? अर्थात् रोग प्रतिरोधी क्षमता घट्दा शरीरमा रहेका भाइरस बल्झिन सक्छ । व्यक्तिगत इम्युनिटी मात्र होइन, हर्ड इम्युनिटीले पनि रोगसँग लड्न सक्ने क्षमता कायम गराउँछ । हर्ड इम्युनिटीले रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई मात्र सुरक्षा दिँदैन । यसले भाइरसको संक्रमण सुस्त र संक्रामक रोग फैलिन सहयोग गराउँछ ।

श्वासप्रश्वास, पाचन, मिर्गौला, अण्डकोषलगायत एस–२ रिसेप्टर भएका कोषमा लुकेर बसेकामा भाइरस पुनः सक्रिय हुने सम्भावना छ

निको भएपछि कहिलेसम्म रोग लाग्दैन ?

अमेरिकामा गरिएको पछिल्लो एक खोजमा एकपटक संक्रमण भएर निको भएपछि शरीरमा अर्काे चार महिनासम्म भाइरसले फेरि संक्रमण गर्न नसक्नेगरी आईजीजी एन्टिबडी विकास हुने देखिएको हावर्ड विश्वविद्यालयको अस्पतालमा भर्ना भएका गम्भीर ३ सय ४३ जनामा गरिएको खोजमा छ । राष्ट्रपति ट्रम्पले आफू निको भएपछि जीवनभरका लागि एन्टिबडी बनेको दाबी पनि गलत भनिदिएको छ ।

भारतस्थित आईसीएमआरले एकपटक निको भएपछि लापर्बाही गरेमा फेरि कोरोना संक्रमण हुन सक्ने चेतावनी दिँदै अहिलेसम्म प्राप्त विवरणअनुसार संक्रमण निको भएको तीनदेखि पाँच महिनासम्म शरीरमा कोरोनाविरुद्ध लड्ने एन्टिबडी हुन्छ । त्यसपछि बिस्तारै संख्या घट्दै जान्छ र फेरि संक्रमण हुन सक्छ । यदि निको भएको ९० दिनभित्र फेरि मानिस संक्रमित भयो भने त्यसलाई पुनः संक्रमण मानेको छ ।

कोभिडविरुद्ध एन्टिबडी टाइट्रर १ः६० भए कम, १ः२५० भए मध्यम र १ः२५० बढी भए उच्च मानिन्छ । संक्रमणमुक्त भएकामा कम्तीमा ६ महिना पुनः संक्रमणको जोखिम नहुने अर्थात् खोप लगाएपछिको अवस्था जत्तिकै हुने न्यु इंग्लैन्ड अफ मेडिसिनमा डिसेम्बर २३ मा प्रकाशित छ । अमेरिकी राष्ट्रिय क्यान्सर संस्थानको ३० लाख बढीको अध्ययनमा ०.३ प्रतिशतमा मात्रै एन्टिबडी हुँदाहुँदै पनि कोरोना संक्रमण भएको र ३ प्रतिशतमा एन्टिबडी नै नभएको देखिएको छ ।

बालबालिकामा कमजोर

कोलम्बिया विश्वविद्यालयको अध्ययन र नेचर इम्युनोलोजी जर्नलमा प्रकाशित लेखमा बालबालिकामा संक्रमण समय एकदमै कम हुने जनाएको छ । बालबालिकामा प्रतिरोधी क्षमता र एन्टिबडी कमजोर हुँदैमा भाइरसले गम्भीर समस्या निम्त्याउँदैन । तथापि, एन्टिबडी उत्पादन निकै न्यून भए समस्या बन्न सक्छ । नेपालमा पुनः संक्रमणका ’boutमा नेपाल अनुसन्धान परिषद्को सोच नै नरहेको देखिन्छ ।

गम्भीर लक्षण

काठमाडौंका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भए पनि सामान्य घाटीमा खसखस मात्र भएपछि होम आइसोलेसनमा बसी १४ दिनपछि रिर्पाेट नेगेटिभ आएपछि काममा फर्किए । तर, एक सातापछि उनलाइृ ज्वरो, रुघाखोकी, जिउ दुख्ने हुन थालेपछि फ्लु होला भनेर चुप बसे तर लक्षणमा कमी नभएपछि पीसीआर गर्दा कोरोना पुष्टि भई निजी अस्पतालमा उपचाररत छन् । धुलिखेल अस्पतालमा तीन जनामा पुनः कोभिडका बिरामी आएको बताइन्छ । तथापि, पुनः संक्रमण हो कि होइन भन्नेमा नेपालमा मात्र नभएर विश्वभर बहस जारी छ ।

हङकङका ३३ वर्षीय पुरुषमा सबैभन्दा पहिले दोस्रोपटक संक्रमण पुष्टि भएका उनीमा पहिलोपटक मार्च २६ मा र १ सय ४२ दिनपछि पुनः संक्रमण देखिएको थियो तर दोस्रोपटकमा सीटी २६ र कुनै लक्षण थिएन । नेदरल्यान्डकी एक ८९ वर्षीय महिलामा मृत्युसमेत भयो, जुन पुनः संक्रमणबाट पहिलो मृत्यु थियो । युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलको अध्ययनमा हङकङ, अमेरिका, बेल्जियम, इक्वेडर र भारतलगायतका देशमा पुनः संक्रमणका ६ केस मात्र भेटिएको बताएको छ । प्रायः शरीरमा एन्टिबडी बने तीन महिना धान्ने हो तर कसैकसैको एन्टिबडी नै नबन सक्छ, भाइरल संक्रमणमा ५ देखि १० प्रतिशतमा एन्डिबडी नै आउँदैन । त्यस्तोमा पुनः संक्रमण हुन सक्छ । जेनेटिक सिक्वेन्सिङ नेपालमा नभएकाले लक्षण र पीसीआर रिपोर्टकै भरमा पुनः संक्रमण भए÷नभएको भन्न नेपालमा गाह्रो छ ।

अमेरिकाका नभाडामा २५ वर्षीय पुरुषलाई कोरोना भाइरसको संक्रमण साढे एक महिनामै फेरि सीटीभ्यालु ३६ सहित दोहोरिएको थियो । जुन दुवै फोक्सोमा अक्सिजन नभरिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । इक्वेडरमा ४६ वर्षीय पुरुषमा एक महिनापछि पुनः देखिएका भने अमेरिकामा जस्तै बिरामीमा गम्भीर समस्या भए पनि अस्पताल भर्ना गर्नपरेको थिएन ।

पहिलो संक्रमण सामान्य भएकोमा दोस्रो कडा हुन सक्ने र भिन्न जिन बोकेका भाइरस जहाँ घुमिरहेका हुन्छन्, तहाँ एउटै व्यक्ति एकभन्दा बढीपटक संक्रमित हुन सक्ने देखिन्छ । नेपालमा कति प्रकारका जिन बोकेका कोरोना भाइरस छन् भन्ने थाहै छैन । तर, संक्रमण देखिएको १० महिना भइसक्दा कोरोनाको जिनमा परिवर्तन आइरहेको हुन सक्छ । यदि त्यसो रहेछ भने नेपाल पुनः संक्रमणको जोखिम पनि नकार्न सकिँदैन ।

अन्तमा, संक्रमणबाट मुक्त भएको समय अवधि जति बढ्दै जान्छ । पुनसंक्रमणको जोखिम पनि बढ्दै जान्छ । हाल उपलब्ध तथ्यांकमा औसतमा झन्डै साढे २ महिनामा पुनः संक्रमण हुने देखिन्छ । संक्रमणमुक्त भइसकेकामा पनि एन्टिबडी नबनेका हुन सक्छन् वा श्वासप्रश्वास, पाचन, मिर्गाेला, अण्डकोषलगायतमा रहेका एस–२ रिसेप्टर भएका कोषमा लुकेर बसेकामा भाइरस पुनः सक्रिय हुने सम्भावना छ । खोप उपलब्ध नभएसम्म या महामारी निर्मूल नभएसम्म जनस्वास्थ्यका मापदण्ड निरन्तर पालना गरिरहनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यस्ताे छ भरतपुरकाे ताजा अपडेट, रेणुकाे अग्रता कायमै