Sunday, May 9, 2021
Home Breaking News अझै डर, धक र लाजले यौन शोषणका घटना गुपचुप राखिन्छ

अझै डर, धक र लाजले यौन शोषणका घटना गुपचुप राखिन्छ

कानुन संशोधन भए पनि चुनौती उस्तै

,

चुरे, मकवानपुर । बालबालिकाको व्यावसायिक यौन शोषणको घटनालाई कानुनी दायरामा ल्याउनका लागि पटक–पटक कानुन संशोधन गरिए तापनि प्रभावकारी कार्यान्वय र व्यावहारिक पाटो भने दरिलो बन्न सकेको छैन ।

पीडित बालबालिकालाई अदालतमा प्रस्तुत गर्दा बाल मस्तिष्कमा उत्पन्न हुने डर, धक, लाजजस्ता कारण मुद्दा दर्ता भएर कानुनी रूपमा अगाडि बढे पनि पीडितले वास्तविक न्याय पाउने गरेका छैनन् । बालबालिकामाथि गैरकानुनी कार्य भएपछि उनीहरूको सवाललाई कानुनको ढोकासम्म पु¥याउन्जेल अनेकन कठिनायी भोग्नुपरेको अधिकारकर्मीको भोगाइ छ । पीडित बालबालिकालाई प्रभावकारी मनोसामाजिक परामर्र्शकै आभावमा मुद्दा फिर्ता हुने गरेको माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताइन् । परामर्श गर्दा बकपत्रका लागि तयार भएको पीडितले एकैछिनमा बोली फेर्ने गरेका कारण न्याय दिलाउन आफूहरूको सहयोग नदेखिने गरेको उनले बताइन् ।

सिविन बाल हेल्प लाइन मकवानपुरका प्रमुख झबिन्द्र ज्ञावलीका अनुसार अधिकांश अभिभावक आफ्ना बालबालिकाको घटना बाहिर ल्याउन चाहँदैनन् । नछोइकन परैबाट पनि बालयौन शोषण हुने कुरालाई कानुनले समेटेको छ । तर, यसको प्रमाण नपुग्ने गरेका कारण पीडितले न्याय पाउन सकेका छैनन् ।

जिल्ला बारएसोसियसनका अध्यक्ष अधिवक्ता ऋषि केबी यस्ता घटनामा प्रमाणको कमीकै कारण पीडकले उन्मुक्ति नपाउने बताउँछन् । प्रयाप्त प्रमाण नपाएको आधारमा मुद्दा अगाडि नबढ्ने अवस्था अब नरहेको उनको तर्क छ । पीडितले मुद्दा दर्ता गर्नु नै एउटा प्रमाण हो, जाहेरी दिएपछि त्यसैलाई पहिलो प्रमाण मान्ने नजिर भएकोले पीडक उम्कन नपाउने गरी लागि पर्न उनले आग्रह गरे । पीडितलाई अदालतमा प्रस्तुत गर्नु अगाडि उच्चस्तरीय काउन्सिलिङ हुनुपर्ने उनले बताए ।

सरकारी वकिल कार्यालयका अधिवक्ता नेत्रप्रसाद आचार्य धेरैजसो घटना अदालतमा दर्ताकै रूपमा नआएको बताउँछन् । कसैप्रति डर नभएको मानसिकताका कारण समस्या भएको उनी बताउँछन् ।

बालयौन शोषण तथा व्यावसायिक बालयौन दुव्र्यवहारको घटना सहमतिमा हुने गरेको कारण यसबाट बालबालिकालाई बचाउन अभिभावकस्तरमै चेतनाको खाँचो रहेको हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख विष्णुकुमारी लामिछाने बताउँछिन् ।

माइती नेपाल मकवानपुरले हेटौंडामा आयोजना गरेको बालबालिकाको व्यावसायिक यौनशोषणविरुद्ध सरोकारवालासँग बैठकमा सहभागीले पीडित बालबालिकालाई न्याय दिलाउन समस्या भएको बताएका हुन् ।

नेपालको संविधान २०७२ को धारा ३९ मा मौलिक हकअन्तर्गत बालबालिकाको हकसम्बन्धी व्यवस्था गरेको छ । यसअन्तर्गत कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन, कुनै पनि बालकालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक बनाई राख्न पाइने छैन, कुनै पनि बालकालिकालाई सेना प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक मानसिक यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित कार्यका लागि प्रयोग गर्न पाइने छैन’ भनिएको छ ।

तर, नेपालमा बालयौन शोषणको घटना अन्त्य हुन सकेको छैन । विभिन्न होटल, रेस्टुरेन्ट तथा बार, दोहोरी साँझ, खाजाघर, पर्यटन क्षेत्र, उद्योग, बसपार्कजस्ता क्षेत्रमा बालयौन शोषण तथा व्यावसायिक बालयौन शोषण हुनेक्रम घटेको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्लामा चालू आर्थिक वर्षमा मात्रै व्यावसायिक बालयौन शोषणका ४ ओटा मुद्दा दर्ता भएका छन् । इमेल इन्टरनेटको माध्यमबाट यस्ता घटना हुने क्रम विस्तारै बढ्दै आएको सरोकारवालाले बताएका छन् ।

बालमैत्री व्यवहार सुधारका निमित्त नियमित रूपमा परामर्श गर्ने र योजनावद्ध रूपमा दीर्घकालीन सोचका साथ कार्यक्रम गर्नु जरुरी रहेको अधिवक्ता ललिता श्रेष्ठले बताइन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालू आर्थिक वर्षमा व्यावसायिक बालयौन शोषण भनेर किटानीका साथ ४ ओटा मुद्दा दर्ता भएको भए पनि अन्य शीर्षकमा बालबालिका पीडित भएको केसहरू रहेको प्रहरी नायव निरीक्षक विमल गिरीले बताए ।

(Visited 135 times, 3 visits today)
Loading comments...

आजको समाचार

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

साताका लोकप्रिय समाचार

चरम शुल्क असुल्दै निजी अस्पताल

काठमाडौं । गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको छ । विरामीका आफन्तका अनुसार...

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले...

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

सुदूरपश्चिममा मृत्युदर भयावहः मृत्यु हुनेमा युवाको संख्या बढी

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबर ३० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । सामान्य ज्वरोपछि साताअघि उनी अस्पताल भर्ना भएकी थिइन्...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

ट्रेन्डिङ

गण्डकी प्रदेश : बाढीले बगायो सडक, पुल र मन्दिर, एक बेपत्ता

म्याग्दी । निरन्तरको भीषण वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीमा सोमबार आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन मोटरेबल, दुई झोलुङ्गे पुल तथा दुई...

देउरानीको कुटाईबाट जेठानीको मृत्यु

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर बस्ने ४८ वर्षीया आईती बुढाथोकीको देउरानीको कुटाइबाट मृत्यु भएको छ । जेठानीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै देउरानी ४४...

नेकपामा एमसीसी विवाद पुनः बल्झियो

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर पुनः विवाद सुरु भएको छ । सरकारले आर्थिक वर्ष २०७७÷७८ को...

लकडाउन सफल बनाउन प्रहरीलाई सघाउदै युवा

बर्दिया । कोरोना भाइरसको संत्रासका कारण मुलुक यतीखेर लकडाउनमा छ । कोरोनाको जोखिमाबाट जोगिन सबै नागरिक घर भित्र सेल्फ वारेनटाइनमा छन् । जनतालाई सजग...

वेभ सिरिज निर्माणतर्फ अभिनेत्री अनुष्का

मुम्बई । पछिल्लो समय भारतमा पनि वेज सिरिज बनाउनेक्रम बढेको छ । अमाजोन, नेटफ्लिक्सलगायत थुप्रै भारतीय डिजिटल प्लेटफर्मले राम्रो पैसा दिने भएपछि सिनेकर्मीको ध्यान...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

भागरथी हत्या प्रकरणः बलात्कारपछि घाँटी थिचेर हत्या

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पाइएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका...

नेपालगञ्जमा अटोमेसन प्रविधिको पेट्रोल पम्प निर्माण

काठमाडौँ । नेपाल आयल निगमले नेपालगञ्जमा अटोमेसन प्रविधिको पेट्रोल पम्प निर्माण गर्न थालेको छ । नेपालमै पहिलो पटक निगमले नेपालगञ्ज उपमहानगरपालिकामा रहेको आर्दश नगरस्थित...

युवतीलाई जंगलमा गाडीभित्रै बलात्कार गर्ने तीन युवा पक्राउ

काभ्रेपलाञ्चोक । कोरोना भाईरसको त्रासमा मुलुक लकडाउनको बेलामा जर्बजस्ति करणी अभियोगमा फरार रहेका तीन फरार अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला...

बालकमा कोरोना संक्रमण भेटिएपछि विश्रामपुर गाउँपालिका सिल

बारा । बारामा एक जना बालकमा कोरोना संक्रमण भेटिएपछि प्रशासनले विश्रामपुर गाउँपालिका सिल गरेको छ । संक्रमित बालक पर्साको बीरगञ्ज स्थित वडा नम्वर ३ छपकैयामा...

पीएसजी लिग च्याम्पियन

पेरिस । फ्रेन्च लिग वान आयोजक (एलएफपी)ले जारी सिजनको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई फ्रेन्च लिग वानको च्याम्पियन घोषणा गरेको छ । एलएफपीले...

पिरिम नलगाउनेपछि आशिषले ल्याए गलबन्दी पछ्यौरी

काठमाडौं । यसअघि पिरिम नलाउने...गीत ल्याएर चर्चा कमाएका गायक गायक आशिष सचिनले नयाँ गीत गलबन्दी पछ्यौरी...को भिडियो दर्शकमाझ ल्याएका छन् । काठमाडौंमा शुक्रबार सीमित...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)