संसद् विघटनविरुद्ध आज कांग्रेसको प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनविरुद्ध आज हुने देशव्यापी प्रदर्शनमा सहभागी हुन नेता–कार्यकर्तासहित सबैमा अपिल गरेका छन ।

देउवाले शनिबार अपिल जारी गर्दै १ सय ६५ वटै निर्वाचन क्षेत्रमा हुने प्रदर्शनमा सहभागी हुन नेता–कार्यकर्तासहित शुभचिन्तक तथा लोकतन्त्र पक्षधर सबैलाई आग्रह गरेका हुन् ।

अपिलमा देउवाले संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावनाविपरितको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रूपले एकमतसाथ उभिएको दाबीसमेत गरेका छन् ।

कांग्रेसले गत बिहीबार बसेको केन्द्रीय समिति बैठकबाट १३ पुसमा १ सय ६५ वटै प्रतिनिधि सभातर्फका निर्वाचन क्षेत्रमा संसद् विघटनविरुद्ध बिरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

प्रदर्शनमा सहभागी हुन भन्दै जारी अपिलमा देउवाले ‘पार्टी सदस्य, शुभचिन्तक तथा लोकतन्त्र पक्षधरलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता प्रकट गर्न’ आग्रह गरेका छन् ।

कांग्रेसले सरकारले संसद् विघटनको निर्णय लिएलगत्तै पदाधिकारी बैठक डाकेर प्रतिनिधिसभा विघटनलाई ‘असंवैधानिक र अलोकतान्त्रिक’ कदम भनेको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीसँगै संसद् विघटनको पक्षमा उभिएको भन्ने आशंका उनले व्यहोर्दै आइरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार