फास्ट ट्र्याकमा सुरुङ खन्ने प्रक्रिया सुरु

काठमाडौं । काठमाडौं–तराई मधेस द्रुत मार्गमा सुरुङ खन्ने प्रक्रियाका लागि दुई कम्पनी सर्ट लिस्टमा परेका छन् । नेपाली सेनाले निर्माण जिम्मा पाएको राष्ट्रिय गौरवको सो आयोजनाको सुरुङमार्ग निर्माणका लागि दुई चरणमा मागिएको पूर्वयोग्यता निर्धारण (प्रिक्वालिफिकेसन)को बोलपत्रमा पहिलो प्याकेजमा २१ र दोस्रोमा २२ कम्पनी गरी ४३ कम्पनीले चासो देखाएका थिए । त्यसमध्ये पहिलो प्याकेजमा दुई कम्पनी र दोस्रो प्याकेजमा एक कम्पनी सर्ट लिस्टमा परेका हुन् ।

पहिलो प्याकेजमा छानिने कम्पनीमा चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र पोली चग्डा इन्जिनियरिङ कम्पनी छन् । यी दुवै चिनियाँ कम्पनी हुन् । दोस्रो प्याकेजमा भने पोली चग्डा इन्जिनियरिङ कम्पनी मात्र छानिएको छ । यी दुवै प्रक्रियाका लागि ३० फागुन २०७६ मा टेन्डर आह्वान गरिएको थियो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लव पौडेलले पहिलो प्याकेजमा छनोट भएको एक कम्पनी दोस्रो प्याकेजमा समेत छनोटमा परेको जानकारी दिए । पहिलो प्याकेजबाट भने एक मात्र कम्पनी अन्तिम छनोटमा पर्नेछ । यसरी छनोटमा परेका कम्पनीलाई सेनाले अब ‘विड डकुमेन्ट’ दिनेछ भने त्यसमा डिजाइन तथा लागत अनुमानअनुसार जमानत मागिनेछ । मागबमोजिमका आर्थिक तथा प्राविधिक कागजात पूरा गरे निर्माण प्रक्रियामा सहभागी हुन पाउनेछन् ।

काठमाडौंदेखि निजगढ जोड्ने यो आयोजनामा पर्ने तीनवटै सुरुङ मकवानपुरमा पर्नेछन् भने सडकमार्ग, पुल र सुरुङ डबल लेनको हुनेछ । तीनैवटा सुरुङ ६ दशमलव ४१५ किलोमिटरको बन्नेछ ।

पहिलो प्याकेजअन्तर्गत छोक्रेडाँडादेखि महादेव खोल्सीसम्मको ३ किलोमिटरको सुरुङ बन्नेछ । यसैगरी दोस्रो प्याकेजअन्तर्गत धेद्रेको सिम्पानीदेखि चालिसे खोल्सीसम्म १ दशमलव ३७ किलोमिटरको तथा लेलडाँडामा बन्ने सुरुङ घट्टेपाखादेखि बाँदरेखोल्सीसम्म १ दशमलव ४ किलोमिटरको हुनेछ । यस सडकको ५३ किलोमिटर सडकखण्ड मकवानपुर, ४ किलोमिटर काठमाडौं, ७ दशमलव ९ किलोमिटर ललितपुर र ७ दशमलव ६ किलोमिटर बारामा पर्नेछ ।
केही समयअघि सेनाले यो द्रुतमार्गमा कुल निर्माण प्रगति १६ दशमलव २१ प्रतिशत पुगेको बताएको थियो भने १६ अर्ब ६६ करोड कुल वित्तीय खर्च भएको भनेको थियो ।

एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने यो आयोजनाको कुल लम्बाइ ७२ दशमलव ५ किलोमिटर हुनेछ भने ललितपुरको खोकनाबाट सुरु भएर अन्तिम बिन्दु निजगढमा रहनेछ ।

सेनाले लामो समयसम्म डीपीआर उपलब्ध नहुनु र उपलब्ध भइसकेपछि पनि स्वीकृति हुन नसक्नु तथा अन्तर्राष्ट्रिय परामर्शदाताको छनोटमा हुन गएको ढिलाइ तथा कोभिड–१९ का कारण केही समय आशातीत गतिमा निर्माण कार्य अघि बढ्न नसकेको भनेर यसअघि नै स्वीकार गरेको थियो ।

२१ वैशाख २०७४ को मन्त्रिपरिषद्को निर्णयबाट सरकारले सो आयोजनाको व्यवस्थापनको जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो । यस्तै १ भदौ २०७६ मा सो आयोजनाको डीपीआर स्वीकृत गरिएको थियो । डीपीआरअनुसार आयोजनाको अनुमानित लागत १ सय ७५ अर्ब रहेको र द्रुतमार्ग आयोजनाको निर्माण आर्थिक वर्ष २०८०÷८१ मा सम्पन्न गर्ने गरी काम भइरहेको सेनाले बताएको हो ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

क्रसर बन्द हुँदाको धन्धा : ‘स्टक’मा राखेको वालुवा चोरी !
वरिष्ठ कवि वासु शशी र डा.कुमारबहादुर जोशीको शालिक अनावरण
शंकर ग्रुपको लुटधन्दा: सबै कम्पनीमाथि व्यापक छानबिन हुँदै
आर्यनलाई वर्ल्ड बुक अफ रेकर्ड अवार्ड
उपत्यकामा निषेधाज्ञा : थप कडा, बिहान ९ बजेपछि पसल बन्द गर्नै पर्ने , फुटपाथमा व्यवसाय बन्द
स्याङ्जामा सुरक्षाकर्मीदेखि समुदायस्तरमा फैलियो कोरोना, निषेधाज्ञा जारी गर्ने निर्णय

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी