तुलसीपुरमा चालकलाई खुकुरी प्रहार गरी अटो र पैसा लुटपाट

सांकेतिक तस्वीर

तुलसीपुर । दाङको तुलसीपुरमा गएराति ४ जनाको अपरिचति समूहले चालकलाई खुकुरी प्रहारगरी अटो लुटेर लगेको छ । तुलसीपुरको नयाँ बसापर्कबाट भाडामा लिएर राप्ती बबई क्याम्पस नजिकै लगेर खुकुरी प्रहार गरी रा१ह २५४६ नम्बरको अटो, २५ सय नगद, मोबाईल र घडी लुटेर लगेको पीडित तुलसीपुर उपमहानगरपालिका–२ खैरीपुर निबासी २६ बर्षका तेज बहादुर नेपालीले जानकारी दिए ।

‘राती करिब १० बजे ४ जना आएर हामीलाई राप्ती बबई क्याम्पस नजिकै लगि दिनुप¥यो भनेपछि उनिहरुलाई अटोमा बसालेर लगे,’ घाइते अटो चालक नेपालीले भने–‘क्याम्पस नजिकै गएपछि राकेर एक्कासी टाउकोमा खकुरी प्रहार गरेर अटो, मोबाइल, २५ सय र घडी लुटेर लगे ।’ घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घाइतेको ४ ठाउँमा गहिरो चोट लागेको छ ।

यता ईलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ । खुकुरी प्रहार गरेर अटो, पैसा, मोबाईल र घडि लुटेर लगेको उजुरी आएको बताउँदै डिएसपी शिवबहादुर सिंहले खोजी कार्य तिब्र पारेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता