चुनाव हुन्छ र ठूलो पार्टी होइन्छ भन्ने भ्रममा नपर्न कांग्रेसलाई बाबुरामको आग्रह

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसलाई चुनाव हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश शासन गर्ने ध्येयमा रहेको भन्दै उनले आफ्नो प्रभुत्व कायम गरेको विश्वास नभएसम्म ओलीले चुनाव नगराउने बताए । संसद विघटनको विरोधमा जसपाले गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले चुनाव हुन्छ र चुनावमा गएपछि कांग्रेस ठूलो पार्टी हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरे ।

ज्ञानेन्द्र शाहले पनि चुनाव घोषणा गरेको स्मरण गर्दै उनले भने, ‘चुनाव भ्रम मात्र हो, आफ्नो निरंकुश शासन गर्ने ध्येयले चुनावको कुरा गरेका छन् । आफ्नो प्रभुत्व पुरै कायम गरेको विश्वास नभएसम्म चुनाव हुन्न ।’

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुमा मेयरमा काका भतिज प्रतिस्पर्धामा