Thursday, August 5, 2021
Homeअर्थनिगमको नाफा अघिल्लो वर्ष भन्दा ४ अर्ब १२ करोडले बढ्यो

निगमको नाफा अघिल्लो वर्ष भन्दा ४ अर्ब १२ करोडले बढ्यो

,
sharethis

काठमाडौं । कोभिड संक्रमणले विश्व अर्थतन्त्र नै तहस नहस नभएको जटिल अवस्थामा पनि नेपाल आयल निगम नाफा बढाउन सफल भएको छ । निगम अघिल्लो वर्षको भन्दा ४ अर्ब १२ करोड रुपैयाँ नाफा बढाउन सफल भएको हो ।

विश्व महामारीका रुपमा फैलिएको कोभिडका कारण सबै जस्तो औद्योगिक व्यापार व्यवसायमा ठुलो असर परेको छ । कोभिडकै कारण निगमको इन्धन व्यापार कारोबारमा समेत प्रभाव भएकाो थियो । कोभिड महामारीका कारण देशभरी गरेको लकडाउनले गत आर्थिक वर्षको करिब साढे चार महिनामा निगमको इन्धन कारोबार ठप्पै जस्तै भएको थियो । त्यसका बाबजुद पनि निगम अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को तुलनामा ४ अर्ब १५ करोड नाफा बढाउन सफल भएको हो । यसैगरी निगमले अघिल्लो वर्षको भन्दा निगमले सरकारलाई १ अर्ब ३५ करोड रुपैयाँ बढी राजश्व तिरेको छ ।

निगमका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा निगम १२ अर्ब ८७ करोड रुपैयाँ नाफामा पुगेको छ । यसैगरी १५ अर्ब २९ करोड रुपैयाँ सरकारलाई राजश्व बुझाएको छ ।

पाँच वर्षमा नेपाल आयल निगमको नाफा
आर्थिक वर्ष नाफा

२०७२/०७३ १९ अर्ब ३६ करोड रुपैयाँ
२०७३/०७४ ९ अर्ब ४५ करोड रुपैँया
२०७४/०७५ ३ अर्ब ५८ करोड रुपैयाँ
२०७५/०७६ ८ अर्ब ७५ करोड रुपैयाँ
२०७६/०७७ १२ अर्ब ८७ करोड रुपैयाँ

स्राेत : नेपाल आयल निगम

निगमले पाइपलाइनबाट डिजेल ल्याउन थालेपछि ढुवानी खर्च घट्नुका साथै निगमले नाफाको रकम पूर्वाधार विकासमा खर्च गरी बचेको रकमलाई निक्षेपमा लगानी लगाई ब्याजमा समेत आर्जन गरी आप्mनो मुनाफामा बढाउन सफल भएको निगमले जानकारी गराएको छ ।

निगमको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ८ अर्ब ७५ करोड नाफामा गरेको थियो । सोबाट ४ अर्ब १२ करोड रुपैयाँ नाफा बढाएर आर्थिक वर्ष २०७६/०७७ मा १२ अर्ब ८७ करोड रुपैयाँ नाफामा पुराउन निगम सफल भएको हो । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले अघिल्लो वर्षको नाफा रकमलाई ब्याज लगाइ र पाइपलाइन मार्फत डिजेल आयातले ढुवानी खर्च कम गरी कोभिडको महामारी अवस्थामा पनि निगमलाई नाफा ल्याउन सफल भएको बताए । पौडेलले निमगलाई नाफामा ल्याउनुको साथै राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग पुग्ने गरी १५ अर्ब २९ करोड राजश्व तिरेको बताए । उनले निगमको नाफा रकमलाई ब्याजमा लगाइ १ अर्व ७७ करोड आम्दनी बढाएको बताए । कार्यकारी निर्देशक पौडेलका अनुसार अघिल्लो वर्षको नाफा रकमको ब्याजमार्फत ७६ करोड ५६ लाख रुपैयाँ आम्दानी बढेको थियो भने यसवर्ष नाफा रकमको ब्याजबाट १ अर्व ७७ करोड रुपैयाँ आम्दानी बढाएको छ ।

पौडेलका अनुसार पाइपलाइनबाट डिजल आयात गर्दा डिजल ढुवानी भाडा खर्च १ अर्व ४७ करोड बचत भएको छ । अघिल्लो वर्ष निगमको इन्धन ढुवानी भाडा खर्च ५ अर्ब ६५ करोड रुपैयाँ भएको थियो भने यसवर्ष इन्धन ढुवानी भाडा घटेर ४ अर्ब १८ करोड रुपैयाँ मात्र खर्च भएको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष इन्धन ढुवानी भाडा कम भइ १ अर्ब ४७ करोड रुपैयाँ बचत भएको हो । निर्देशक पौडेलले पाइपलाइन मार्फत डिजेलको आयात र कोरोनाका कारण विगतको भन्दा पेट्रिलियम पदार्थको आयात कम भएकाले पनि ढुवानी खर्च गतवर्ष भन्दा कम भएको जानकारी दिए ।

(Visited 147 times, 1 visits today)

आजको समाचार

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

साताका लोकप्रिय समाचार

पत्रकारलाई धम्कि आउदा महासंघ बोल्न नसकोको भन्दै तालाबन्दी

  पोखरा । समाचार लेखेको विषयलाई लिएर पत्रकार रञ्जन अधिकारीलाई धम्की आएको घटनामा नेपाल पत्रकार महासंघ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै प्रेस चौतारी...

दार्चुला घटनाबारे सत्यतथ्य पत्ता लगाउँछौं: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइनबाट महाकाली नदी पार गर्नेक्रममा बेपत्ता दार्चुलाका जयसिंह धामीबारे सत्यतथ्य पत्ता लगाउने प्रतिबद्धता जनाएका छन् । भारतीय सुरक्षा बल एसएसबीले...

बेपत्ता बालिका ३ वर्षपछि सकुशल घर आइपुगिन्

  सप्तरी,राजविराज । पर्साको विरगंज माहानगपालिका ११ परवानीपुरबाट हराएकी ११ वर्षीया किशोरीलाई झण्डै ३ वर्षपछि भारतबाट उद्धार गरी मंगलवार परिवारलाई जिम्मा लगाइएको छ । ११ वर्षको...

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

घण्टौ सम्म विद्युत आपुर्ती नहुँदा सिन्धुबासी समस्यामा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सदरमुकाम चौतारा लगायतका बस्तीहरुमा लामो समयसम्म विद्युत आपुर्ती नहुदा सेवाग्राहीहरु मर्कामा परेका छन् । दिनहुँ घण्टौसम्म विद्युत नआउदा सेवाग्राहीहरु लामो समयदेखि समस्यामा...

ट्रेन्डिङ

सन्तोषी र गोपी पहिलो

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र काठमाडौंकी सन्तोषी श्रेष्ठले ‘वीर गणेशमान सिंह टेन के रोड...

लकडाउनमा प्रदर्शन गरे कारवाही गर्ने सरकारको चेतावनी

काठमाडौं । लकडाउनका बीचमा देशव्यापी रूपमा सरकारविरूद्ध सडकमा प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ । राजधानी सहित देशभर विभिन्न बाहनामा प्रदर्शन...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)