सप्तरीका ४० जना सहयोगापेक्षी सडक आश्रित मानवको उद्दार

राजविराज । सप्तरी जिल्लाका १२ महिलासहित ४० जना सहयोगापेक्षी सडक मानवको आइतबार उद्दार गरिएको छ । सडक मानवको राष्ट्रिय उद्दार कार्यक्रम अन्तरगत यहाँ आइपुगेको मानव सेवा आश्रम हेटौंडाको टोलीले जिल्लाबाट १२ महिला र २८ पुरुष गरि ४० जना सडक मानवको उद्दार गरेको हो ।

उद्दार गरिएका सयोगापेक्षी सडक आश्रित मानव मध्ये १४ वर्षदेखी ८० वर्षसम्मका जेष्ठ नागरिक छन् । राजविराज नगरपालिका, रुपनी गाउँपालिका इन्सेक प्रतिनिधि मनोहर पोखरेललगायतको सहयोगमा उद्दार गरिएका सहयोगापेक्ष्।ी सडक आश्रित मानवलाई आइतबारै संरक्षणका लागि बिरगंज र हरिवनस्थित मानवसेवा आश्रम पठाइएको सचिव सुमन बर्तोलाले बताए ।

सडक मानवको राष्ट्रिय उद्दार कार्यक्रम अन्तरगत गत पुस ७ देखी मेचीबाट सुरु गरिएको अभियान महाकाली पुगेर माघ ७ गते सम्पन्न हुने उनको भनाई छ ।

उद्दार गरिएका नागरिकहरुलाई केही बेर राजविराज नगरपालिकाको प्राङ्गणमा जम्मा गरि आश्रमका स्वयमसेवकहरुले सरसफाई र स्वास्थ्य परिक्षण गरेका थिए भने राजविराज नगरपालिकाले खानाको ब्यवस्था मिलाएको थियो ।

राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले नगरपालिकालाई सडक मानव मुक्त बनाउन आफूले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा नागरिक संजालका अध्यक्ष थानसिंह भंसाली, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, प्रमुख प्रशासकीय अधिकृत मदन थापा र जसपाका केन्द्रिय सदस्य अमरनाथ मण्डललगायतले सडकलाई मानवमुक्त बनाउन र सहयोगापेक्षीको उद्दार गरि संरक्षण गर्ने पवित्र उद्देश्यले अभियान चलाएवापत मानव सेवा आश्रमप्रति धन्यवाद व्यक्त गरे ।

आश्रमले सडक मानव पुर्नस्थापनाका लागि चलाएको अभिायन प्रशसनीय रहेको भन्दै स्थानीयहरुले यस पवित्र कार्यमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 393 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनमा सहमति हुन सकेन, कैलालीमा सवै दलको उम्मेदवारी दर्ता