Saturday, September 25, 2021
Your Ads Here
HomeEditor-Picksनेकपा विभाजनको असर प्रदेश सरकारसम्म

नेकपा विभाजनको असर प्रदेश सरकारसम्म

कार्यकर्तामा अन्योल र निराशा

,
sharethis

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर प्रदेश सरकारमासमेत परेको छ । पार्टी केन्द्रको विवाद बढ्दै गएर दुई समूहमा विभाजित नेकपाको किचलो प्रदेश सरकारमा समेत देखिन थालेको छ । यससँगै आम कार्यकर्तामा भने अन्योल र निराशा छाउन पुगेको छ ।

सातमध्ये ६ वटा प्रदेशमा नेकपा नेतृत्वको सरकार छ । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)को सरकार रहेको छ । ६ वटा प्रदेशमा रहेको नेकपाको सरकारका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्ने क्रम सुरु भएको छ । तर अर्को सरकार बनाउन ती प्रदेशमा नेपाली कांग्रेसको समर्थन आवश्यक हुन्छ । कांग्रेस सरकारमा नगए वा समर्थन नदिएमा के हुने भन्ने अन्योल सिर्जना भएको छ । नेकपाको विवादले अहिले पार्टी नेताहरू नै दुई समूहमा विभाजित भएका छन् । दुवै समूहको छुट्टाछुट्टै बैठक, निर्णय तथा सोहीअनुसारको कार्यक्रम जारी नै रहेको छ ।

‘नेकपा विभाजनले संघीय सरकार मात्रै नभई प्रदेश सरकारमा समेत असर पर्छ,’ नेकपा स्रोतले भन्यो, ‘प्रदेशहरूमा समेत अविश्वासको प्रस्ताव ल्याउने तर कांग्रेसको समर्थनविना सरकार बनाउन नसक्ने अवस्थाले झन् किचलो नै बढ्ने हो ।’

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेपछि विवाद झनै चर्किएको छ । पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक कदम भन्दै संसद् पुनस्र्थापनाको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईका विरुद्धमा आइतबार अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रधानमन्त्री ओली निकटका राईका विरुद्धमा नेकपाकै दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । गत शुक्रबार बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । मुख्यमन्त्री पौडेल पनि प्रधानमन्त्री ओली निकटका नेता हुन् । पौडेलका विरुद्धमा नेकपाकै दाहाल–नेपाल समूहका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गर्दै भावी मुख्यमन्त्रीका रूपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेका छन् । शाक्य नेपाल निकटका नेतृ हुन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना

नेकपा स्रोतका अनुसार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्धमा समेत दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव ल्याउन सक्छन् । मुख्यमन्त्रीद्वय पोखरेल र गुरुङ पनि प्रधानमन्त्री ओली निकटका नेता हुन् ।

उता कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट छन् । मुख्यमन्त्रीद्वय शाही र भट्ट अध्यक्ष दाहाल निकटका नेता हुन् । यसअघि नै शाहीविरुद्ध अविश्वासको प्रस्ताव ओली र नेपाल समूहका नेताले ल्याएका थिए । तर आपसी सहमति पछि नेपाल समूह ब्याक भएकाले शाही सरकार जोगिएको थियो । नेकपा विभाजन हुनुको एक कारण कर्णाली प्रदेश विवाद पनि हो ।

नेकपा औपचारिक रूपमा विभाजन भएर दुई राजनीतिक दल भएको अवस्थामा सबै प्रदेशमा सरकार बनाउन कांग्रेसको समर्थन अनिर्वाय हुन्छ । तर अहिले कांग्रेसले समर्थन दिने विषयमा कुनै निर्णय गरेको छैन ।

काठमाडौंमा शक्ति प्रदर्शन गर्दै दाहाल–नेपाल समूह

यसैबीच भोली (मंगलबार) काठमाडौंमा नेकपा दाहाल–नेपाल समूह शक्ति प्रदर्शन गर्ने तयारीमा जुटेको छ । कोटेश्वर, पेरिसडाँडास्थित नेकपा कार्यालयमा दाहाल–नेपाल समूहको आइतबार बसेको सचिवालय बैठकले प्रदर्शनमा ५० देखि १ लाखसम्म कार्यकर्ता उतार्ने तयारीबारे छलफल भएको छ ।

आन्दोलन परिचालन कमिटीको संयोजकसमेत रहेका नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले काठमाडौंमा विशाल प्रदर्शन गर्ने तयारी भइरहेको बताए । ५० देखि १ लाखसम्म कार्यकर्ता प्रदर्शनमा सहभागी हुने श्रेष्ठको दाबी छ ।

प्रदर्शनको तयारीका लागि विद्यार्थी, युवा, महिलालगायतका जनवर्गीय संगठनका बैठक भइरहेको उनले बताए । संसद् पुनस्र्थापनाको मागसहित जिल्ला जिल्लामा आन्दोलन भइरहेको बताउँदै उनले आइतबार नै ७७ वटै जिल्लामा जिल्लाका अगुवा नेता कार्यकर्ताको भेला सम्पन्न भएको बताए । काठमाडौंसहित एकै दिनमा देशैभरि विशाल प्रदर्शन हुने उनले बताए । आइतबार नै दाहाल–नेपाल समूहले काठमाडौंमा सिट्ठी जुलुस निकालेको छ ।

तपाइको प्रतिक्रिया

(Visited 186 times, 1 visits today)

आजको समाचार

विवादमा संगीत रोयल्टी संकलन समाजको नयाँ कार्यसमिति

काठमाडौं । संगीत क्षेत्रका १५ सय स्रष्टाहरूको रोयल्टी संकलन गरेर वितरण गर्ने जिम्मेवारी बोकेको संस्था ‘संगीत रोयल्टी संकलन समाज नेपाल’ यतिबेला आफैं विवादमा छ...

करिश्मादेखी शान्ता चाैधरी समेतले होम सेन्टरमै दिए कक्षा १२ को परीक्षा

काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ ।...

काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि...

कहिले पूरा होला सेती राजमार्ग ?

धनगढी । सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरेको राष्ट्रिय गौरव आयोजनाको सडक सेती राजमार्गले गति लिन सकेको छैन । दुईवटा कार्यालय स्थापना गरी...

सुदूरपहाडमा भूकम्पको धक्का

बैतडी ।  बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का...

साताका लोकप्रिय समाचार

काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि...

किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?

काठमाडौं । कञ्चनपुरमा सोमबार साँझ भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी...

राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् ।प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा...

कर्मचारी संगठन कार्यालयमा प्रहरी हस्तक्षेप,एकसय बढी पक्राउ

  काठमाडौ । प्रमुख प्रतीपक्षी नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको कार्यालयमा प्रहरीले हस्तक्षेप गरि १ सय बढि कर्मचारीलाई पक्राउ गरेको छ । नेकपा...

रत्नजित र रशिला च्याम्पियन

काठमाडौं । शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन प्रथम रिभाइभ लिजर पार्क खुला राष्ट्रिय ब्याडमिन्टन...

ट्रेन्डिङ

सूर्य चिन्ह आफुले नपाए मुलुकमा आँधीबेहरी आउने प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा दाहान–नेपाल समुहका नेता पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिन्ह आफ्नै पार्टीको हुने बताएका छन् । सूर्य चिन्ह नपाए मुलुकमा आँधीबेहरी आउने चेतावनी दिएका...

बलात्कारपछि बालिकाको घाँटी थिचेर हत्या गर्ने तेली जेल चलान

रौतहट । १४ बर्षिय बालिका सन्झा कुमारी साहको हत्या आरोपी चुनु तेली बुधबार कारागार चलान भएका छन् । रौतहटको गढीमाई नगरपालिकाको वडा नम्बर १...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)