धनगढीमा प्रहरी हत्याका मुख्य योजनाकार राना पक्राउ

कैलाली । कैलालीको धनगढीमा भएको प्रहरी हत्याका मुख्य योजनाकार पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका १० जुगेडा अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक (असई) र जवान रामबहादुर साउँद हत्याका मुख्य अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय कैलाली र प्रदेश प्रहरी कार्यालय डोटीको अनुसन्धको टोलिले पक्राउ गरेको हो ।

मुख्य योजनाकार धनगढी उपमहानगर–१० जुगेडा बस्ने बर्ष ३४ का सुक बहादुर भन्ने अमर रानालाई कैलाली प्रहरीले सोमबार सार्वजनकि गरेको हो । उनलाई प्रहरीले नेपाल भारत सीमामा पर्ने फूलबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घट्ना लगत्तै भारत पसेका उनलाई ढाई महिना पछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अनुपम शमसेर जवराले बताए ।

‘असई विक र जवान साउँदको गएको १ कात्तिकमा गस्तीमा गएका बेला तस्कर समूहले हत्या गरेको थियो । त्यो हत्याका मुख्य योजनाकार अमर राना उथिए’, प्रहरी उपरीक्षक जवराले भने । राना लामो समयदेखि नेपाल–भारतको सीमा पारी गाउँ वनकट्टी र सलियापारबाट नेपालमा अवैध सामान र नेपालबाट अवैधरूपमा भारत सामान पठाउने कार्यमा संलग्न रहेको अनुसन्धानमा खुलेको जवराको भनाई छ ।

असई विकको शव घटना भएको भोलिपल्ट बिहान मोहना नदीमा फेला परेको थियो भने त्यसको दुई दिनपछि प्रहरी जवान साउँदको शव पनि मोहना नदीमै फेला परेको थियो । यसअघि सो घटना अभियोगमा पक्राउ परेका ८ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । तर, मुख्य अभियुक्त भनिएका राना भने फरार थिए ।

राना स्थानीय व्यापारीसँग मिलेर सामान भारत पठाउने गरेको र चकमलीमा उनको गोदामसमेत रहेको अनुसन्धानबाट खुलेको थियो । पछिल्लो समय उनी मटर (केराउ) को तस्करीमा संलग्न थिए । त्यही मटर लैजाने क्रममा अवरोध भएपछि रानाकै नेतृत्वमा रहेको टोलीले असई र जवानको हत्या गरेको प्रहरीले अनुसन्धानले देखाएको छ । प्रहरीले पक्राउ गरेको टिम लामो समय देखि विभिन्न व्यापारीहरुको भरियाका रुपमा तस्कर गदैँ आएको प्रहरीको अनुसन्धानमा देखाएको छ । हत्या गरिएका प्रहरीद्वयको एक तह पदोन्नती समेत गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 397 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जब प्रतिस्पर्धीलाई काँधैमा बोके विजयीले