असावधानीले कोरोना संक्रमणको जोखिम झन् बढ्दै

काठमाडौं । कोरोना संक्रमण जोखिम बढ्दै गए पनि असावधानीका कारण भयावह स्थिति आउनसक्ने देखिएको छ । दैनिकजसो भेला, प्रदर्शन, सभा भइरहेका छन् । सवारी साधन, फिल्म हल, भौतिक उपस्थितिमै सञ्चालन भएका छन् ।

चिकित्सकले कोरोना जोखिमबाट बच्न भौतिक दूरी कायम, मास्क समुचित प्रयोग, आत्मानुशासन भने पनि कार्यान्वयन हुन सकेको छैन । सरकार स्वयंले पनि हेलचेक्रयाईं सन्दर्भमा अनुगमन नियमन गरेको छैन ।

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन कोरोना जोखिमबाट जोगिन स्वयं व्यक्ति सचेत र सजग हुनुपर्ने बताउँछन् । ‘जोखिमबाट बच्न मास्क समुचित प्रयोग गर्नुपर्छ,’ उनले भने, आत्मानुशासनबाटै जोगिन सकिने पाटो हो ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जोखिम कायम रहेकाले सावधानी अपाउन आग्रह गरे । ‘कोरोनाबाट जोगिन भौतिक दूरी कायम गरौं । कहीँकतै जाँदा मास्क लगाऔं । अझै जोखिम कायमै छ,’ उनले भने ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोनाबाट बच्न सजग रहनुपर्नेमा जोड दिए । ‘अनिवार्य सही तरिकाले मास्क लगाउने, दूरी कायम गर्ने, भीडभाडमा नजाने, भेन्टिलेसन भएको ठाउँमा मात्र भेटघाट गर्ने तथा हात नियमित धुने गरे कोरोनाबाट बच्न सकिन्छ,’ उनले भने ।

त्यस्तै, सरकारले कोरोना जोखिम मध्येनजर गर्दै ल्याएको जनस्वास्थ्यका मापदण्ड कागजमै थन्किएका छन् । मापदण्डमा भौतिक दूरी कायम, मास्क समुचित प्रयोग, सेवाग्राहीको व्यक्तिगत विवरण खुल्नेगरी अभिलेख राख्ने, सवारी साधनमा एक पंक्तीमा एक जना राख्नेलगायत समेटिए पनि कार्यान्वयनमा आउन सकेको छैन ।

यसैबीच, स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ को नयाँ प्रजातिको उद्गमस्थल बेलायत हुँदै नेपाल फर्किएका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणक्रममा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

युकेमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको तथ्य बाहिर आएपछि स्वास्थ्य मन्त्रालयले गत १ पुसदेखि नेपाल प्रवेश गरेकालाई पीसीआर परीक्षण गर्न आग्रह गरेको थियो । उनीहरूमा देखिएको भाइरस ‘नयाँ हो वा होइन ?’ अझै प्रमाणित भइसकेको छैन ।

नेपाल प्रवेश गरेका २ सय ७७ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । उनीहरूमा देखिएको कोरोना भाइरस ‘नयाँ प्रकारको भाइरस हो वा होइन ?’ भनेर पत्ता लगाउन कोरोना पोजेटिभ आएकाको ‘जीन सिक्वेन्सिङ’ गरेर थप अध्ययन गरिनेछ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना पोजेटिभ भएकाको पुनः जीन सिक्वेन्सिङ गरिनेछ । त्यस्तै, नेपालमा सोमबार थप ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमित संख्या २ लाख ५८ हजार ८ सय ४० जना पुगेको छ । हाल, देशभर ६ हजार ४ सय २७ जना सक्रिय संक्रमित छन् । हालसम्म १९ लाख १५ हजार २ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 218 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अन्तिम चुनावी अभियानमा ह्यारिस र ट्रम्प

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीको लम्कीमा दुई मेयर र एक सदस्यको उम्मेदवारी रद्द