चेल्सीको खराब प्रदर्शन कायमै

Aston Villa's Anwar El Ghazi, left, and Chelsea's N'Golo Kante vie for the ball during the English Premier League soccer match between Chelsea and Aston Villa in London, England, Monday, Dec. 28, 2020. (Richard Heathcote/Pool via AP)

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको खराब प्रदर्शन कायमै छ । गएराति भएको खेलमा चेल्सीले एस्टन भिल्लासँग १–१ गोलको बराबरी खेल्यो । पछिल्लो समय सोचे अनुसारको प्रदर्शन गर्न नसकेको चेल्सीले ५ खेलबाट संभावित १५ अंकमध्ये ४ अंक मात्रै जोडेको छ ।

चेल्सी अंक तालिकाको छैटौं स्थानमा झरेको छ । क्लबले लगातार खराब प्रदर्शन गर्न थालेपछि प्रशिक्षक फ्राङ्क लाम्पार्डमाथिको दबाब बढिरहेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा गएराति क्रिष्टल प्यालेस र लेष्टर सिटीले १–१ गोलको बराबरी खेलेका छन् ।

यता, कोरोना भाइरसले प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर सिटी र एभर्टनबीचको खेल स्थगित भएको थियो । पूर्वनिर्धारित तालिका अनुसार गएराति हुनुपर्ने खेल खेलाडीमा कोरोना देखिएपछि स्थगित गरिएको छ । यही डिसेम्बर ५ मा सिटीका खेलाडी गाब्रियल जिसस र डिफेन्डर केली वाल्केरलाई कोरोना देखिएको थियो । खेलाडी ट्रेसिङमा परेकाले यो खेल स्थगित गरिएको हो ।

पछिल्लो पटकको परीक्षणमा सिटीका अन्य खेलाडी तथा पदाधिकारीमा पनि कोरोना पोजेटिभ देखिएको छ । एभर्टनको घरेलु मैदानमा हुने खेल स्थगित गर्नका लागि सिटीले प्रिमियर लिगलाई आग्रह गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुमा मेयरमा काका भतिज प्रतिस्पर्धामा