Saturday, April 4, 2020
Home प्रदेश प्रदेश ३ ११ बजेअघि कार्यकक्षमा भेटिँदैनन् कर्मचारी

११ बजेअघि कार्यकक्षमा भेटिँदैनन् कर्मचारी

सेवाग्राहीलाई सकस, सधैं आधा घन्टा मिटिङ

काठमाडौं । औषधिको नियमन गर्ने नेतृत्वदायी संस्था औषधि व्यवस्था विभाग जहिल्यै पनि कार्यालय समयकै सुरुवाती चरणमा ३० मिनेट बैठक बस्ने गर्छ । सेवाग्राहीको सहजताका लागि राजधानी दैनिकको टिम एक साता विभाग धाएको थियो । सरकारी कार्यालय खोल्ने समय बिहान १० देखि बेलुका पाँच बजेसम्म हो ।

तर, प्रायः १० देखि ११ बजे एक घन्टा सेवाग्राहीको काम हुँदैन । कारण त्यो समयमा महाशाखा प्रमुख महानिर्देशकको कार्यकक्षमा बैठक हुन्छ । महानिर्देशकको कार्यकक्ष बैठक भइरहेकाले एक घन्टापछि मात्र आउन सेवाग्राहीलाई त्यहाँ कार्यरत कर्मचारीले भन्ने गर्छन् । कहिलेकाही एक घन्टा ३० मिनेटभन्दा बढी बैठक लम्बिन्छ । बैठकमा विभागका महानिर्देशकदेखि महाशाखाका प्रमुखको सहभागिता हुन्छ ।

विभागमा कार्यरत एक कर्मचारीले भने, ‘सधैं सुरुमा मिटिङ बस्छ । मंगलबार भेटेनरी व्यवसायीहरू आउनुभएको थियो । हिजो बुधबार पनि छलफल नै थियो ।’ त्यस्तै, कार्यालय समयमा कर्मचारी भेटिँदैनन् । केही दिनअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कर्मचारी कार्यालय समयमा आउनुपर्ने र सेवाग्राहीलाई सहज तरिकाले सेवाप्रवाहमा कुनै कन्जुस्याइँ गर्न नहुने प्रतिबद्धता जनाएका थिए ।

विभागमै भएको कार्यक्रममा स्वास्थ्यमन्त्री ढकालले कर्मचारीको कामको लेखाजोखा गरिने पनि बताएका थिए । विभागका महानिर्देशक नारायण ढकाल पनि बैठक बसेको स्विकार्छन् । उनले भने, ‘सेवाप्रवाहमा त समस्या परेको छैन । सेवाग्राहीलाई सहज तरिकाले सेवाप्रवाह गर्न तल्लीन छौं । कहिलेकाहीँ मिटिङ लम्बिन सक्छ ।’

विभागको केन्द्र कार्यालयमा हाल ४९ जना कर्मचारी छन् । विभागमा सेवाप्रवाहका लागि तारकेश्वरबाट आएका दिनेश थापाले भने, ‘औषधि दर्ता सन्दर्भमा आएको हुँ । तर, खोइ कर्मचारी ?’

सेवाग्राही अमिर अन्सारीले भने, ‘१० बजेदेखि कुरेर बसेको छु । कार्यकक्षमा कोही आउनुभएको छैन । ११ बजेर २० मिनेट भइसक्यो । कति बेला कर्मचारी आउँछन्, भन्न सकिन्न ।’ उनले यो समस्या अन्य दिन पनि बेहोर्दै आएको बताए ।

कार्यालय समयमा बैठक बस्नुले सेवाग्राही मर्कामा परेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले सेवाग्राहीको चाप हुने समयमा बैठक बस्दा सेवाग्राही मर्कामा पर्ने गरेको बताए । उनले भने, ‘सेवाग्राहीको चाप हुने समयमा मिटिङ बस्नु राम्रो होइन । सेवाग्राहीलाई अल्झाउनु सुशासनविपरीत हो ।’

(Visited 94 times, 1 visits today)
Loading comments...

HAMRO PATRO

प्रमुख

नेपालभित्रै पहिलोपटक कोरोना संक्रमित भेटियोे, संक्रमितको संख्या ९ पुग्यो

काठमाडौं । नेपालमा नै बस्दै आएका व्यक्तिमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि विदेशबाट आएका व्यक्तिमा मात्र कोरोना संक्रमण...

अब लकडाउन बढ्छ कि बढ्दैन ? आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकमा मुलुकभर लगाइएको...

कोरोनाबाट भारतमा एकै दिन १६ को मृत्यु, संक्रमणको उच्च जोखिम

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या...

स्वास्थ्य सेवा विभागका महानिर्देशकसँग अख्तियारको सोधपुछ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्यजन्य उपकरण खरिदमा अनियमितता भएको विषयमा छानबिन प्रक्रिया अघि बढाउँदै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग...

भर्खरै

कोरोना संक्रमित कोरियाली चिकित्सकको मृत्यु

सउल । कोरोना भाइरसबाट संक्रमित एक कोरियाली चिकित्सकको शुक्रबार बिहान मृत्यु भएको छ । दक्षिण कोरियाको थेगुस्थित एक अस्पतालमा कार्यरत...

नेपालभित्रै पहिलोपटक कोरोना संक्रमित भेटियोे, संक्रमितको संख्या ९ पुग्यो

काठमाडौं । नेपालमा नै बस्दै आएका व्यक्तिमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि विदेशबाट आएका व्यक्तिमा मात्र कोरोना संक्रमण...

थप ३ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेका छन् । आज शनिबार ३ जनामा संक्रमण भएको पुष्टि भएको हो ।...

प्रधानमन्त्रीद्वारा एक्यबद्धता प्रकट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति एक्यबद्धता प्रकट गरेका छन् । कोरोना भाइरसको सामना गर्दागर्दै दिवङ्गत भएका...

धेरै पढिएका

ई-पेपर

(Visited 23 times, 1 visits today)