Tuesday, July 14, 2020
Home Not-to-be-missed महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैतमा हुने निर्वाचनको मिति नजिकिएसँगै अहिले व्यवसायीबीच चुनावी महोल तात्न थालेको छ । सो निर्वाचनका लागि महासंघमा आबद्ध व्यवसायीले अहिले धमाधम आगामी वरिष्ठ उपाध्यक्षमा भिन्दाभिन्दै समूह बनाएर आआफ्नो उम्मेदवारी घोषणा गर्ने क्रमले तीव्रता पाएको छ । जसका लागि व्यवसायीले आआफ्ना पक्षमा लबिङ गरिरहेका छन् ।

सोही तीव्रतासँगै महासंघको आगामी वरिष्ठ उपाध्यक्ष पदमा आईएमई ग्रुपका अध्यक्ष एवं व्यवसायी चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । महासंघका पूर्वअध्यक्ष सुरज वैद्य, चण्डीराज ढकाल, महासंघकै वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ, अन्य व्यवसायीहरू शशिकान्त अग्रवाल, साहिल अग्रवाल, कृष्ण ताम्राकार र लोकमान्य गोल्छालगायतको उपस्थिति थियो । सो कार्यक्रममा ६३ जिल्लाका जिल्ला अध्यक्ष तथा पाँच प्रदेशका प्रदेश अध्यक्षहरूको पनि उपस्थिति रहेको थियो । उनीहरूकै उपस्थितिमा ढकालले वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रममा उनले वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको पनि प्रशंसा गरेका थिए । ‘समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार’ भन्ने नारासहित उम्मेदवारी घोषणा गरेका ढकालले आगामी अध्यक्ष शेखर गोल्छालाई पनि सम्झिएका थिए । ‘महासंघको भावी अध्यक्षका रूपमा हामीले आगामी तीन वर्षका लागि एउटा डायनामिक नेतृत्वका रूपमा सफल उद्यमी शेखर गोल्छालाई पाइसकेका छौं,’ ढकालले भने,’ उहाँको नेतृत्वमा हाम्रो एउटा व्यावसायिक र गतिशील समूह बन्नेछ । यो समूह महासंघमा, उद्योग वाणिज्यको क्षेत्रमा, सरकासँग नीतिगत डाइलगको क्षेत्रमा, सरोकारवाला र साझेदारहरूसँग साझेदारी गर्न सफल हुनेछ ।’

कार्यक्रममा सहभागी व्यवसायी एवं सम्बन्धित सरोकारवालाहरूबीच आफ्नो उम्मेदवारी घोषणा गर्दै ढकालले भने, ‘शेखर गोल्छाको डायनामिक व्यक्तित्वको नेतृत्वमा अब नयाँ समूह बन्दै छ । त्यो समूह बनेपछि एक÷एक जोडेर दुई होइन, ११ बन्नेगरी उहाँको नेतृत्वमा महासंघको गरिमा थप उचाइमा पु¥याउने काम गर्नेछौं ।’ उनले निजी क्षेत्रलाई बलियो र थप सशक्त बनाउनका लागि र राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आफूले उम्मेदवारी घोषणा गरेको बताए । उनले अहिले उद्योगी व्यवसायीले गरेको निर्णयले भोलि महासंघ थप सशक्त बन्ने र मुलुकको आर्थिक विकासमा सहयोग पु-याउने दाबी गरे ।

को हुन् ढकाल ?
नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति रहेका ढकाल यसअघि दुई कार्यकाल महासंघको कार्यसमितिको सदस्य भइसकेका सफल व्यवसायी हुन् । यसैगरी, उनी आईएमई गु्रप, ग्लोबल आईएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिसहोम मिडिया प्रालिका प्रवद्र्धक पनि हुन् । त्यसैगरी, नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिका उपाध्यक्षको जिम्मेवारी वहन गरिरहेका ढकाल अहिले नेपालका लागि इन्डोनेसियाका अवैतनिक महावाणिज्य दूतसमेत हुन् । बागलुङ जिल्लाको सामान्य परिवारमा जन्मिएका ढकालले एउटा सहायकस्तरको जागिर छाडेर सबैभन्दा पहिले सानो लगानीमा कार्गो व्यवसायबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए । अहिले ढकालको जलविद्युत्, पर्यटन, सूचनाप्रविधि, ट्राभल्स एन्ड टुर्स, अटोमोबाइल र केबुलकारलगायतका करिब दुई दर्जनभन्दा बढी क्षेत्रको व्यवसायमा लगानी रहेको छ ।

(Visited 118 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

नारायणगढ–मुग्लिन सडक थप धसियो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सोमबार राति सडक थप धसिएपछि सवारी एकतर्फी भएको छ । सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा...

हाम्रा पाखोमा घाँस काट्ता लय गुन्जन्छ : प्रधानमन्त्री ओली

काठमाडाै‌ं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवत्खण्डको भूगोल र संस्कृति व्यापक भएको बताएका छन् । मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आदिकवि भानुभक्त आचार्यको २०७...

थप १४४ जनामा कोरोना संक्रमण पुष्टि, १७०५ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४४ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका...

मनसुनपछि बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु, ४६ जना बेपत्ता

काठमाडौँ । सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ...

भर्खरै

पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवल । अविरल वर्षाका कारण खसेको पहिराका कारण पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत...

आफ्नै मालिक दम्पतीको हत्या गर्ने १४ वर्षपछि पक्राउ

काठमाडौं । आफैँले काम गर्ने सःमिल सञ्चालक दम्पतीको हत्या गर्ने एक जनालाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)...

बराबरीले म्यान्चेस्टर युनाइटेडको अवसर गुम्यो

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडलाई साउथह्याम्प्टनले २–२ गोलको बराबरीमा रोकेको छ । गएराति ओल्ड ट्याफोर्डमा भएको खेल बराबरीमा रोकिएपछि म्यान्चेस्टर युनाईटेडले तालिकाको...

पूर्वाधार विकास र वातावरण प्रदूषणका नाममा ५५ अर्ब रकम असुली

काठमाडौं । सरकारले पाँच वर्षमा उपभोक्ताबाट पूर्वाधार विकास र वातावरण प्रदूषणका नाममा ५५ अर्ब २ करोड रुपैयाँ असुल गरेको छ । सरकारले पेट्रोलियम पदार्थ...

धेरै पढिएका

पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवल । अविरल वर्षाका कारण खसेको पहिराका कारण पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत...

आफ्नै मालिक दम्पतीको हत्या गर्ने १४ वर्षपछि पक्राउ

काठमाडौं । आफैँले काम गर्ने सःमिल सञ्चालक दम्पतीको हत्या गर्ने एक जनालाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)...

बराबरीले म्यान्चेस्टर युनाइटेडको अवसर गुम्यो

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडलाई साउथह्याम्प्टनले २–२ गोलको बराबरीमा रोकेको छ । गएराति ओल्ड ट्याफोर्डमा भएको खेल बराबरीमा रोकिएपछि म्यान्चेस्टर युनाईटेडले तालिकाको...

पूर्वाधार विकास र वातावरण प्रदूषणका नाममा ५५ अर्ब रकम असुली

काठमाडौं । सरकारले पाँच वर्षमा उपभोक्ताबाट पूर्वाधार विकास र वातावरण प्रदूषणका नाममा ५५ अर्ब २ करोड रुपैयाँ असुल गरेको छ । सरकारले पेट्रोलियम पदार्थ...

ई-पेपर

(Visited 42 times, 1 visits today)